दाङ,१८ बैशाख । लकडाउनका क्रममा अत्यावश्यक भन्दा अन्य पसल खोलेको आरोपमा दाङको तुलसीपुर प्रहरीले बिहिवार बिहान ७ जना व्यापारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फेन्सी पसल, स्टेसनरी, जुत्ता पसल लगाएतका व्यवासी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिएका छन ।
पटक पटक सम्झाई बुझाई गर्दा समेत अटेरी गरेर लकडाउनको उलंघन गरेकाले पक्राउ गरेको पसल प्रहरी निरीक्षक शर्माले बताए । प्रहरीले सम्झाउदा समेत उल्टै विवादगरी झगडा समेत गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीको भनाई रहेको छ ।
प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन । लकडाउन पालनाका लागि प्रहरीले कडाई गरेपनि व्यवसायीले लकडाउन उल्लघन गरेर पसल खोल्ने गरेका छन ।