calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

नदीजन्य पदार्थ उत्खनन हुने राप्ती घाटहरुको अनुगमन

देउखुरी २ फागुन । लमही नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन हुने राप्ती घाटहरुको अनुगमन गरेको छ । विहीवार लमही नगरपालिका वडा नं. ४ को बुट्कहवा घाट, वडा नम्बर ६ को ढिकपुर र कश्यपुर घाट, वडा नम्बर ७ को वनगै, हसनापुर र वनघुस्री घाट, त्यसैगरी वडा नम्बर ९ को खयरभट्टी घाटको अनुगमन गरिएको हो ।

नदीजन्य पदार्थ उत्खननका लागि यी घाटहरुमा प्रारम्भिक वतावरणिय परिक्षण (आइई) स्वीकृत भैसकेको छ । अब राष्ट्रपति चुरे बाट उत्खननका लागि सहमति पाउनका लागि अनुगमन गरिएको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताउनु भयो । चुरेले सहमति दिएपछि प्रारम्भिक वतावरणिय परिक्षण (आइई) गरेका राप्ती घाटहरुमा टेन्डर भई कार्य प्रारम्भ हुने छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिका प्रमुख जोगराज चौधरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतम, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसाल, सशस्त्र प्रहरीका प्रहरी निरीक्षक इश्वरी बहादुर पुन, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, लमही नगरपालिकाका इन्जिनियर सौगात वली, जिल्ला समन्वय समिति दाङका इन्जिनियर सौभाग्य बुढाथोकी, निमित्त जिल्ला समन्वय अधिकारी हिरालाल भण्डारी, लमही नगरपालिकाका राजश्व शाखा प्रमुख रेशमलाल शर्मा, वरिष्ठ वन अधिकृत भक्त बहादुर चौधरी, आन्तरिक राजश्व कार्यालय दाङका प्रतिनिधि तिलक बहादुर रोका, लगायतको टोलीले अनुगमन गरेको हो ।