महिला साना किसानको स्थापना दिवसमा रक्तदान

दाङ, २ फागुन । महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड घोराही ६ फचकपुरले विहीवार रक्तदान कार्यक्रमको आयोजना गरी संस्थाको २२ औ स्थापना दिवस मनाएको छ । अहिले अस्पतालमा रगतको माग बढ्दै गएकोले सामाजीक उत्तरदायीत्व बहन गर्न संस्थाले रक्तदान कार्यक्रको आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष विष्णुराम आचार्यले चुलोचौको सिमित स्थानीय महिलाहरुलाई गोलवन्द गर्दै, सानो सानो पुजीलाई एकत्रित गरेर अहिले बार्षिक २१ करोडको कारोवार गर्न संस्था सफल भएकोमा धन्यवाद दिए । “वडामा सामजीक उत्तरदायीत्वअन्तर्गत कुवाँ कल्भर्ट निर्माण जस्ता काम गर्दै आईरहेको संस्थाले अहिले रक्तदान गरेर मानवताको पहिचान दिएको छ” अध्यक्ष आचार्यले भने । वडाका १ हजार २ सय महिला सेयर सदस्य रहेको संस्थामा संकटमा रहेका सदस्यलाई राहतका कार्यक्रम ल्याउन उनले सुझाव दिए ।
कार्यक्रममा बोल्दै रक्तसञ्चार सेवा केन्द्रका दाङ जिल्ला प्रमुख दिलिप न्यौपानेले रक्तदान भन्दा ठुलो दान अरु नभएकोले सहकारीहरुले नियमित रक्तदान गर्नुपर्ने बताए । “तपाईको एक पिन्ट रगतले कसैको ज्यान बाच्न सक्छ, त्यसैले नियमति रक्तदान गरी महापुण्य कमाउनुस्” न्यौपानेले भने । त्यस्तै जिल्ला कृषि सहकारी संघका अध्यक्ष पद्मा आचार्यले मासीक एक सय रुपैयाको बचतले पनि दुखको वेला राहत दिने सहकारी भएकोले आफ्नो सम्झेर लेनदेन गर्नुपर्ने बताईन् । सो अवसरमा जेष्ट नागरिक फणादेवि पौडेललाई सम्मान गरिएको थियो ।
रक्तदान कार्यक्रममा शेयर सदस्य तथा सदस्यका परिवार गरेर २० जनाले रक्तदान गरेका छन् । जसमा रञ्जु खनाल अधिकारी, लक्ष्मी पाण्डे खनाल, जीतवहादुर केसी, अनिल डाँगी, दिपक मोहरा, पुष्पा महरा, पार्वती बोहरा, टिका वली, सिता डाँगी, सुनिल चौधरी, पुष्पा रोका, निर्मला चौधरी, यमकली खत्री, यमकला पुन मगर, मेनका अधिकारी कालाथोकी, मिना डिसी, अनिता शाह, सरीता बुढा, केशवराज चन्द, र रामशरण चौधरी रहेका छन् । संस्थाका अध्यक्ष प्रेमदेवी डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रवन्धक गंगा घर्तिले संस्थाको परिचय दिएकी थिईन् ।
संस्थाकी सदस्य नारायणी पन्तको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रवन्धक रञ्जु खनाल अधिकारीले गरेकी थिईन् ।