calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

पूर्व मन्त्री चौधरीद्वारा विद्यार्थीलाई कपडा वितरण

सूर्य विसी
दाङ,२१ माघ । एकीकृत समाजवादीका उपमहासचिव एवम् सङ्घीय सांसद मेटमणि चौधरीले घोराही–५ स्थित महेन्द्र आधारभूत विद्यालय दलजितपुरका दुई सय विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेका छन् ।

सोमवार सरस्वती पूजाको अवसर पारेर विद्यालयले आयोजना गरेको एक कार्यक्रममा सांसद चौधरीले निजी सहयोगमा करिब तीन लाख बराबरको कपडा विद्यार्थीलाई बाँडेका हुन् । ‘कमजोर आर्थिक अवस्थाका विद्यार्थी मात्र सरकारी स्कुलमा पढ्ने स्थिति बनेको छ । गरिब दुखी जनताका छोराछोरीले मात्र यस्ता विद्यालयमा पढ्ने वातावरण बनेको छ ।

यस्तो स्थिति अन्त्य गर्न पनि सरकारी स्कुललाई सहयोग गर्न जरुरी छ’ सांसद चौधरीले भने । शिक्षामा लगानी नगरी समाज बलियो नहुने भन्दै पूर्व मन्त्री समेत रहेका चौधरीले थपे, ‘केन्द्र, स्थानीय सरकार , समुदायका असल मानिस सबैको साथ सहयोगले सामुदायिक विद्यालय सुधार्न जरुरी छ । स्थानीय सरकारले नमुना विद्यालय घोषणा गरेको तर खासै ठोस योजना ल्याएको देखिँदैन । यो दुःखद् पक्ष हो ।’

कार्यक्रममा हिराबहादुर केसी, पोसन नेपाली, जुद्दबहादुर केसी, सूर्यलाल नेपाली, विष्णुमणि दाहाल, घनश्याम केसी, मानसिङ पछाई, कृष्ण गिरी, प्रदिपकुमार केसी, प्रेमबहादुर वली, विष्णुप्रसाद विश्वकर्मालगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण निर्मला हमालले गरेकी थिइन् ।