calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

विद्यालय समाज रुपान्तरणको जग : निवर्तमान अध्यक्ष पोख्रेल

दाङ,२१ माघ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले बिद्यालय समाज रुपान्तरणको जग भएको बताएका छन् । घोराही उपमहानगरपालिका–१५ मा रहेको हिन्दू बिद्यापीठ नेपाल घोराही दाङको ३३ औ बार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउँदा शैक्षिक गुणस्तर बढने बताएका हुन ।

विद्यालय भनेको विद्यार्थीहरुको सिर्जनशिल प्रतिभा प्रस्फुटन हुने ठाउँ हो भन्दै पोख्रेलले भने,‘बालबालिकाको सिर्जनशिल मनोविज्ञान बुझेर उनीहरुको रुचि अनुसार अध्ययापन गर्न सके बालबालिकाको व्यक्तित्व निर्माण हुनेछ ।’ हिन्दु विद्यापीठ स्कुलले बालबालिकालाई शिक्षासँगै संस्कार, संस्कृती र राष्ट्रियताको पक्षमा जानकार बनाएको भन्दै अध्यक्ष पोख्रेलले त्यसको प्रशंसा गरे ।

विद्यालय सञ्चालक समितिका सदस्य रामदयाल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ योगी, प्याव्सन घोराही नगरका सचिव बिमल भण्डारी, शिक्षक अभिभावक समन्वय समितिका अध्यक्ष गिरिराज लम्साल, विद्यालयका प्रधानाध्यापक पिताम्वर रिजाल, बिद्यार्थी जेसिका गुप्तालगायले शैैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीकाविचमा समन्वय आवश्यक रहेको बताएका थिए । बक्ताहरुले विद्यालयमा बालबालिकालाई शिक्षासँगै नैतिक सस्कार सिकाउन आवश्यक रहेकोमा जोड दिएका थिए । साथै सहभागी बक्ताले विद्यालयसँगै बालबालिकालाई घरमा पढ्ने बातावरण अभिभावकले बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा रेबता योगी छात्रा पुरुस्कारबाट कक्षा १० मा अध्ययनरत छात्रा जेशिका गुप्तालाई नगत पाँच हजार पाँचसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी खगराज शारदा लोहनी प्रतिभा पुरस्कारबाट कक्षा १० मा अध्ययनरत छात्रा अनु शर्मालाई नगद ५ हजार ५ सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयमा लेबल उत्कृष्ट र कक्षा उत्कृष्ट छात्रछात्रालाइ पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले बिज्ञान प्रदर्शनीका साथै गीत, नृत्य, कविता र चित्रकला प्रस्तुत गरेका थिए । उत्कृष्ट शिक्षकका रुपमा मन्टेस्वरी प्रमुख पुष्पा रावत, अभिभावक कुर्सी दौडका बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका शिक्षक राज शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सन्चालन विद्यार्थीहरु शिला बुढाथोकी र निर्दोष बिश्वकर्माले गरेका थिए ।