calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

कविता : वसन्त पर्व

श्रीराम दहित
माघ शुक्ल पञ्चमी तिथि महत्त्वपूर्ण पर्व हो सनातन !
विद्या कि देवी चेतना कि खानी सृष्टिमा भयो आगमन !

ब्रह्ममाजीको सृष्टिमा सरस्वती देवीको भयो अलौकिक अवतरण !
देवी सरस्वतीले बजाउनु भयो, विणा जीवजन्तूमा छायो जागरण !
वसन्त हो ऋतुराज पुष्प पहेँलै छन, जगत बेहुली झैँ सिंगारिएको !
कामदेव का लागि अनुकुल मानिने ऋतु वसन्त पञ्चमी प्रेम बनी आएको !

माघ शुक्ल पञ्चमी तिथि गुप्त नवरात्र ज्ञान विद्या आरम्भ गराउने !
अटल सौभाग्य प्राप्त गर्न नाक कान छेडेर सरस्वती प्रतिमा गराउने !
वाल्मीकि, व्यास ,वशिष्ठ ,विश्वामित्र ,शौनक ऋषिगण को जीवन किर्ताथ भयो !

देवी सरस्वती को प्रेरणा बाट ऋषि वाल्मीकि द्वारा रामायण कथा रचियो!

शुक्लां ब्रह्मविचारसारपमामाधं जगद् व्यापिनीम् ,
वीणापुस्तकधारिणिमभयदां जाड्यान्धकारापहाम् !
हस्ते स्फातिकमालिकां विदधतिं पद्मासने संस्थिताम् ,
वन्दे तां परमेश्वरी भगवती बुद्धधिप्रदां शारदाम् !