भालेको डाँकोसँगै एयरपोर्ट …

खेमराज रिजाल
टरिगाउँ (दाङ), २० माघ । बिहानीको मर्निङवाक जेसीस चोकदेखि टरिगाउँ विमानस्थलसम्मको थियो । बिहानै डा किशोर खत्रीले मर्निङवाकको निम्तो दिएका थिए, तुलसीपुरको जेसीस चोकमा । त्यसका लागि हामी दुधरासबाट बिहान चार बजे नै पैदल यात्रामा थियौँं । एक घण्टामा तुलसीपुर पुग्दा हामी थकित भइसकेका थियौँ । तैपनि जानु थियो एयरपोर्ट ।
जेसीज चोकमा भेला भइरहँदा हामी स्वास्थ्यका लागि भन्दै दौडिरहेका थियौं, खासमा त्यो दौड एयरपोर्टका लागि थियो भन्ने हामी अन्तिम गन्तव्य पुग्नेबेला मात्रै थाहा पायौँं अनि आनन्द पनि लाग्यो । किनकि मलाई त्याहाँसम्म डोराउने पत्रकार राकेश र निम्तो दिने डा खत्रीलाई साधुवाद नदिइरहन सक्दिनँ । तुलसीपुरमा पुग्दा भाले बास्न छाडिसकेका थिए । भालेले नयाँ गन्तव्यका लागि आह्वान गरिरहेका थिए । त्यो भालेको गन्तव्य थियो, टरिगाउँ विमानस्थल । भालेहरूको इसारा थियो, हामी आकाशमा उडेजस्तै मान्छे निश्छल रूपमा आकाशमा उडेर गन्तव्यमा पुग्न सकून् । बिरामीलाई आकाश यात्राबाट सुरक्षित अस्पतालमा पु¥याउन सकून् तर खासमा लुम्बिनी प्रदेशको सदरमुकाम रहेको जिल्लामा अहिले आकस्मिक हवाई सेवा मात्र उपलब्ध छ ।
ागरिकले चाहे अनुसारको हवाई सेवा तुलसीपुरमा चल्नसकेको छैन । खासमा तुलसीपुर विमानस्थल ‘वेट एण्ड सी’को भुमरीमा रुमलिइरहेको छ । यहाँ हवाई सेवा नियमित गर्न जसले राजनीतिक दलहरूको मतभिन्नताका कारण यो एयरयोर्ट आज यो मर्निङवाक स्थलमा परिणत भयो ।तुलसीपुरको जेसीज चोक मर्निङ वाकमा जाँदै गार्दा खासमा नागरिक अगुवाइ थियो । त्यसको सामान्य चाँजोपाजो मात्रै मिलाएका थिए, डा खत्रीले । त्यसो त डा खत्री मिसनभन्दा कार्यान्यवन चाहन्छन् ।
त्यसैले उनले पार्टीलाई भन्दा नेपाललाई माया गर्दछन् । कतै राजनेतालाई दाङको चुच्चे तक्सा दिन्छन् । कतै खास नक्सा दिन्छन् । बच्चाका डाक्टर भएर पनि उनी समाज सेवाको अभियानजमा जोडिएका छन् । अन्ततः समाज सेवामार्फत् आफूलाई अभियन्ताका रूपमा प्रस्तुत गर्दैछन् । त्यो त भयो मर्निङ यात्रा, तर जसरी पनि दाङलाई एयरपोर्ट चाहिएको छ । यहाँका नेता बोलाइ एयरपोर्ट चाहिएको छ । यहांका नेता बोल्छनु सरकार सुन्दैन । यहि कारण यो जिल्लामा प्राद्ेशिक राजधानी हुदा पनि हवाइ सेवा डाइर्भट भएको छ ।
‘मलाई एयरपोर्ट चाहिएको छ, यसमा कुनै पनि पार्टीका नेतासँग म सहकार्य गर्न तयार छु’, तुलसीपुर बाल अस्पतालका सञ्चालक एवम् सामाजिक अभियन्ता डा खत्रीले भने । उनी त उत्प्रेरक मात्रै हुन तर उनलाई साथ दिन प्रदेश सभा सदस्य धनबहादुर मास्कीदेखि एमाले दाङका नक्षत्र शोभाराम बस्नेत समेतको सहमागिता रहेको थियो । साथै यो बिहानी दैडमा कांग्रेस एमालेभन्दा अभियान्ताको बाहुल्यता रहेको थियो । युवा नेतृ सूस्मा गिरी स्वतःस्फुर्त रूपमा त्यो अभियानमा जोडिएकी थिइन् । कांग्रेसका अन्य अभियन्ता यो अभियानमा जोडिएका थिए । सबैले शारीरिक अभ्यास गरिरहँदा जहाजको पुकारा गरिरहेका थिए ।
उत्प्रेरकको भिन्नै भूमिका हुन्छ । सयासन शास्त्रमा पनि यस्ता केमिललाई उत्प्रेरक एजेन्टका रूपमा हामीले पढ्दा अनुभव गरेको सिद्धान्त हो तर व्यवहारमा एउटा क्याटलाइटिक एजेन्ट चाहित्थ्यो । जसको भूमिकामा डा खत्री देखिए । मर्निङवाकलाई तुलसीपुरको हवाई अड्डामा लैजाने अभियन्ता नै थिए, डा खत्री । थप बयान गरे उनलाई केही समस्या होला तर खासमा टरिगाउँ विमानस्थालमा नियमित सेवा डा खत्रीको अभियान नै हो । डा खत्री जहाँ पुग्छन् त्यहाँ भाले बास्न कुरिरहेका हुन्छन् । किनकि एउटा अभियन्ताले मात्रै मुलुकलाई व्युँझाउन सक्छ ।
लेख्दालेन्दै कसैको प्रशंसा र कसैलाई दुरुत्साहन गर्ने मेरो उद्देश्य होइन र्। एमालेका सादगी नेता शोभाराम बस्नोतले मृत्युसँग लडिहेका छन् । तैपनि उनको टरिगाउँ विमानस्थलमा नियमित हवाई उडानको चाहमा मृत्यु पर्खिरहेका छन् । दुवै मृगौला फेल भएर टरिगाउँ विमानस्थलमा पुग्दै गर्दा उनले पहिलो प्रश्न गरेका थिए, ‘टीकाराम मेयर किन आएन ?’ तर त्यहाँ थिएनन्, तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का ।
मर्निङवाकको यो अभियानमा नेकपा एमालेका नेतृ कोमल वली, कांग्रेसका आधिकारिक प्रतिनिधि नभए पनि सुरेन्द्र खड्का, सूस्मा गिरीलगायतका थुप्र्रै अभियन्ता जोडिएका थिए । माओवादी केन्द्रका त धनबहादुर मास्कीसँगै अगुवा पत्रकार र अभियन्ताहरुको पनि उपस्थिति थियो । विसंं २०११ सालदेखि नै सञ्चालनमा आएको तुलसीपुरको हवाई सेवा पछिल्लो समयमा कामयाव हुनसकेका छैन । पटके उडानका कारण नियमित सेवा नहुँुदा यो विमानस्थलमा हवाई सेवाको नियमित प्रत्याभूति समेत हुन सकेको छैन । धेरै मन्त्री, नेता, पूर्व प्रधानमन्त्रीहरू समेत अएपछि यो हवाई सेवाको धावन मार्ग स्तरवृद्धि गर्नतर्फ कुनै पनि पहल भएको छैन । यसमा अभियन्ताको निरन्तर दबाबको आवश्यकता रहेको अभियन्ताहरूले बताइरहेका छन् ।
क्यान पोजेटिभ भएन
यसैबिच यहाँका विमानस्थलको धावनमार्गको स्तरोन्नति गर्न नागरिक उड्ययन प्राधिकरण अझैसम्म पोजेटिभ भएको छैन । नागरिक प्राधिकरणका त्यो बेला तुलसीपुरको धावन मार्गको कालोपत्रे गर्ने इन्जिनियर हुन्, प्रदीप अधिकारी । उनलाई भैरहवा र नेपालगन्जको हवाई मार्गलाई धक्का नपु¥याउने गरी तुलसीपुरमा हवाई सेवा सञ्चालनका लागि त्यहाँका नेता तथा व्यापारीले लबिङ गरिरहेका थिए । त्यसैमा उनी ढले । यस्तो संरचना बनाइदिए कि टरिगाउँ विमानस्थललाई विस्तार नगरी पुनःर्संरचना गर्न परोस ता कि यसमा राज्यको अर्बौ रुपैयाँ खर्च होस् ।
उनी प्रदीप अधिकारी अहिले नागरिक उड्ययन प्राधिकरणका जिएम छन् । उनी नेपालगन्ज र भैरहवाको विकल्प तुलसीपुरलाई कहिल्यै सोच्दैनन् तर यहाँका राजनेताहरू उनकै बहकाइमा लागिरहेका छन् । यो विषयमा राजनेताहरूको कहिल्यै सोच भएन । उनै प्रदीपको लबिङमा चलिरहेको छ, नागरिक उड्ययन प्राधिकरण । खासमा यहाँका उद्योगी व्यवसायीको एउटै गुनासो छ, ‘प्रदीप रहेसम्म दाङको धावनमार्ग स्तरोन्नति हुने छैन । प्रदीपको माताहतकाले जहिल्यै पनि भारी बजेट देखाएर यो विमानस्थललाई स्तरोन्नति गर्न दिने छैनन् ।’
हेलिकोप्टरमा आउँदै प्रधानमन्त्री
खासमा अहिले मुलुकका प्रधानमन्त्री नेकपा एमालेका केपी शर्मा ओली छन् । सम्भवतः उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा कुलपतिको हैसियतमा उपस्थित हँदै छन् । उनीसँगै निकटतम व्यक्तित्व एवम् एमालेका महासचिव शंकर पोख्रेल आउँदै छन् । त्यो दिन नेकपा एमालेको पार्टीको कार्यक्रम हुनेछ तर यहाँको चल्तीमा रहेको विमानस्थललाई नियमित हवाई सेवाका विषयमा उनी बोल्छन् या उतै राजधानीमा गएर स्वीच थिच्छन्, त्यो त यहाँका नागरिकले बुझ्नेछन् ।
प्रधानमन्त्री यहाँ आइरहँदा यहाँका नागरिकले चाहेका भनेको लमही–घोराही–तुलसीपुर चारलेन, हवाई सेवाको नियमितताका लागि धावनमार्गको स्तरोन्नति र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल पहिलो प्राथमिकता हो । यति हुँदाहुँदै पनि नागरिक उड्ययन प्राधिकरणका सिइओलाई दाङप्रति पोजेटिभ हुन पनि त प्रधानमन्त्रीको अभिव्यक्ति होला । यसमा प्रधानमन्त्रीका निकट महासचिव तथा यहाँका नेता शंकर पा्ख्रेलले प्रदीप अधिकारीको नियतका विषयमा चिरफरा गर्नुपर्ने यहाँका हवाई सेवाका अभियन्ताहरूले बताएका छन् ।