Goraksha

National Daily

कटाई सिलाई तालिमले स्वरोजगार बन्न सहयोग

दाङ, १३ माघ । नेपाल टे«ड युनियन कांग्रेसको आयोजनामा र जिल्लाको आर्थिक सहयोगमा तथा तालिम प्रदायक संस्था शुभ जनज्योति प्राविधिक शिक्षालय तुलसीपुर दाङको सहकार्यमा घोराहीमा तीन महिने कटाई सिलाई तालिमको सम्पन्न गरिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस दाङका अध्यक्ष तीर्थराज न्यौपानेको सभापतित्व एवम् नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा तालिम सम्पन्न गरिएको हो । असङ्गठित क्षेत्रका श्रमिकलाई सिपको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित तालिम तालिमले व्यावसायिक रूपमा पेसालाई अंगाल्न मनोबल बढ्ने, सिप हस्तान्तरण हुने कुरामा प्रमुख अतिथिले जोड दिएका थिए ।

सहभागीले तालिममा सिकेका सिपलाई व्यवहारमा उतारे मात्र तालिमको उपलब्धी हुने साथै तालिमका सैद्धान्तिक पक्षलाई व्यवहारमा लैजाने कुरामा जोड दिएका थिए । उक्त अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय सदस्य लक्ष्मीमान चौधरी, नेपाल थारू संघका केन्द्रीय सदस्य गणेशकुमार चौधरी, इम्व्रोडरी तथा सिलाई कटाई श्रमिक संघका अध्यक्ष कमल नेपाली, राष्ट्रिय थारू कलाकार मञ्च लुम्बिनी प्रदेश
सचिव रचना चौधरी, प्रशिक्षक शारदा शर्मा,शुभ जनज्योति प्राविधिक शिक्षालय निर्देशक पार्वता दाहाल, नेपाल ट्रेड युनियन कांग्रेस दाङका जिल्ला सदस्य जिवराज अधिकारी, जिल्ला उपाध्यक्ष इन्द्रबहादुर चौधरीलगायतले भनाइ राखेका थिए ।

तालिम समापन कार्यक्रम उपाध्यक्ष श्रीधर शर्माले स्वागत मन्तव्यबाट सुरु भएको थियो । सहभागीकोतर्फबाट रमिता तामाङले तालिममा सिकेका अनुभव राखेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव यज्ञबहादुर के.सी.ले गरेका थिए । उक्त अवसरमा नेपाल नेपाल ट्रेड युनियन कांग्रेस दाङका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर चौधरी नेपाल थारू संघको केन्द्रीय सदस्यमा मनोनित भएकोमा सम्मान गरिएको थियो । तीन महिने तालिमका प्रशिक्षार्थी घोराही उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकाका गरी जम्मा १० जनाको सहभागीता रहेको थियो ।