Goraksha

National Daily

दाँतको उपचार सम्बन्धी कार्यशाला

गोरक्ष समाचारदाता
दाङ, १३ माघ । नेपाल डेण्टल एशोसियसन दाङले घोराहीमा दाँतको उपचार सम्बन्धी पोष्ट एण्ड कोर कार्यशाला गरेको छ । कार्यशालामा स्रोत व्यक्ति डा. श्यामकाजी महर्जनले सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा विभिन्न उपचार पद्धतिका बारेमा सहजीकरण गरेका थिए ।

एशोसियसन दाङका अध्यक्ष डाक्टर मुक्तिनाथ रौनियारको अध्यक्षा एवम् स्रोत व्यक्ति डा. श्यामकाजी मर्हजनको प्रमुख आतिथ्यतामा भएको कार्यशाला उद्घाटनका अवसरमा बोल्ने वक्ताहरूले दण्तरोग राज्यको प्राथमितामा पर्न नसकेकोमा बताएका थिए । दाँतको उपचारलाई शौन्दर्यकरणसँग जोडेर हेरिनु गलत भएको भन्दै वक्ताहरूले दातको सबै उपचार स्वास्थ्य बिमाअन्र्तगत राख्नु पर्नेमा जोड दिए ।

राज्यले अहिले पनि दण्त चिकित्सकका लागि निकै कम मात्र दरबन्दी सिर्जना गरेको भन्दै उनीहरूले यसतर्फ तिनै तहका सरकार गम्भिर बन्न नसकेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख किशोर आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यशालामा दाङ र नेपालगञ्जका ३० जना दण्त चिकित्सकको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन एशोसियशनका महासचिव डाक्टर चेतनारायण पाण्डेले गरेका थिए ।