Goraksha

National Daily

कांग्रेस सभापति देउवा दाङ आउने

गोरक्ष समाचारदाता
दाङ, ५ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधामन्त्री शेरबहादुर देउवा दाङ आउने भएका छन् । कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका अनुसार पार्टी सभापति देउवा माघ २६ गते दाङ आउन लागेका हुन ।

दाङको दंगीशरण गाउँपालिका–३ चखौरा स्थित थारू सङ्ग्रहालयमा आयोजना हुने महटावाँ महासंघ, बडघर र थारू सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न सभापति देउवा दाङ आउन लागेको पूर्वमुख्यमन्त्री चौधरीले बताएका छन् ।

कार्यक्रममा दाङसहित पश्चिम कञ्चनपुरसम्मका थारू अगुवाहरूको चखौरामा जमघट हुने कार्यक्रम तय भएको छ । कार्यक्रममा थारू सांस्कृतिक कार्यक्रम पनि हुने भएका छन् । कार्यक्रममा उत्कृष्ट हुने समूहलाई पुरस्कार प्रदान गरिने भएको छ ।