आत्मनिर्भर लघुुवित्तको ५ महिनाको खुद नाफा ४४ लाख बढी
गोरक्ष समाचारदाता
दाङ,१ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको पाँच महिनाको अवधीमा ४४ लाख बढी खुद नाफा गरेको छ । संस्थाले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा ४४ लाख २५ हजार नाफा गरेको छ ।
संस्थाको छैटाँै वार्षिक साधारण सभाका अध्यक्ष मिरा चौधरीले यस्तो जानकारी दिइन् । उनका अनुसार संस्थाले अघिल्ला वर्ष २०८० मङ्सिर मसान्तसम्ममा ९५ लाख ९९ हजार खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष खुद नाफा घटेको हो । यस अवधिमा संस्थाको सञ्चालक मुनाफा ७० लाख २५ हजार भएको छ भने अघिल्लो वर्ष एक करोड ५२ लाख ३७ हजार भएको थियो ।
संस्थाले मङ्सिर मसान्तसम्म १३ अर्ब ३४ करोड ९१ लाख १३ हजार कर्जा वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा १२ अर्ब १७ करोड ७२ लाख ६४ हजार कर्जा वितरण गरेको थियो । पाँच महिनाको अवधिमा एक अर्ब ४६ करोड १४ लाख ६९ हजार कर्जा लगानीमा रहेको छ । अघिल्लो वर्ष एक अर्ब ३९ करोड १८ लाख ६१ हजार कर्जा लगानी गरेको थियो ।
त्यसैगरेर सदस्यको बचत (निक्षेप) नौ करोड ८३ लाख ३३ हजार रहेको छ । अघिल्लो आर्थिक वर्ष ८१ करोड ३० लाख तीन हजार गरेको संस्थाले जनाएको छ । पाँच महिनाको अवधिमा संस्थाका ऋणीको संख्या १२ हजार ६ सय ५६ जना रहेका छन् । जुन अघिल्लो वर्ष १३ हजार चार सय एक रहेका थिए ।
एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिई कर्जाको सदुपयोग नगर्ने प्रवृतिबाट उत्पन्न हुने जोखिम, बंैक तथा वित्तीय संस्थाको तरलतामा संकुचन आउँदा संस्थाले प्राप्त गर्ने थोक कर्जाको वित्तीय स्रोतमा हुन सक्ने कमिबाट उत्पन्न समस्या, देशमा आकस्मिक रूपमा आउन सक्ने घटना र लघुवित्त क्षेत्रमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाको कारणले कर्जा अनुशासनमा नकारात्मक प्रभाव पर्न गई भाखा नाघेको कर्जाको मात्रा अत्यधिक बढ्ने कारणले कारोवारमा असर पुग्ने गरेको अध्यक्ष चौधरीले बताइन् । त्यसैगरेर देशको आर्थिक मौद्रिक तथा वित्तीय नीतिलगायत नेपाल बैंकले गर्ने नियमन निर्देशनको अप्रत्याशील परिवर्तनबाट हुने सिर्जना जस्ता कारणले कारोबारमा असर पार्ने गरेको उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने वक्ताले आत्मनिर्भर लघु वित्तीय संस्थाले वित्तीय पँहुच नपुगेका नागरिकलाई वित्तीय पँहुच पु¥याउन सहयोग गरेको बताएका थिए । सहभागिले लिएको कर्जाको सही सदुपयोग गरेर अगाडि बढ्न सक्ने सफल उद्यमी तथा व्यवसायी बन्न सफल भएको भन्दै कर्जाको सदुपयोग गर्न आग्रह गरे । कार्यक्रम संस्थाका अध्यक्ष मिरा चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत सोगतविर चौधरी, प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, सञ्चालक समितिका सदस्य अमरबहादुर खड्का, स्वतन्त्र सञ्चालक सदस्य गोमा महरा, स्वतन्त्र सञ्चालक सदस्य अन्तबहादुर बस्नेत, इन्जिनियर डिल्ली स्वर कार्की लगायतकाले भनाइ राखेका थिए । सञ्चालक समितिका सदस्य मिना गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गरेकी थिइन् । कार्यक्रममा गोमा महरा, सेयर सदस्य सरिता चौधरीलाई सम्मान गरिएको थियो ।
