रौतहटका थप दुई सहित नेपालमा संक्रमितको संख्या ५४

गोरक्ष समाचारदाता
रौतहट , १६ बैशाख । पछिल्लो पटक रौतहटको वृन्दावन नगरपालिका ९ भुषाहटोलका २४ बर्षिय युवक र देवाही गोनाही १ करुनिया टोलका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुवैजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना सक्रमितको ंसंख्या ५४ पुगेको छ ।

मंगलबार कोरोना पुष्टि भएका दुई मध्य एक युवक कलकत्ताबाट आएका थिए भने अर्का एक दिल्लीबाट आएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले दुवै संक्रमित रहेको स्थानलाई सील गरेको छ ।