शैक्षिक भ्रमण : सिकाइको एक माध्यम

सपना वि.क.
परिचय
विगत लामो समयदेखि हाम्रो यस पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयले प्रत्येक कक्षा तथा संकायका प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक भ्रमण कार्यक्रम गर्दै आइरहेको छ ।
यसपालि पनि उक्त कार्यक्रमलाई निरन्तरता दिँदै कक्षा ६ देखि कक्षा १२ सम्मका उक्त विद्यार्थीहरुलाई बुटवल, पाल्पा हँुदै पोखरासम्म पठाइएको थियो । यस भ्रमण कार्यक्रममा म पनि कक्षा १२ व्यवस्थापन संकायतर्फ द्वितीय स्थान हासिल गरेर उक्त कार्यक्रममा संलग्न हुने अवसर पाँए । विद्यालयले भ्रमणको लागि भनेर दुई रात तिन दिन छुट्ट्याइएको थियो त्यसैले हामी २०८१ साल मंसिर १८ गतेदेखि २० गतेसम्म बुटबल, पाल्पा हुँदै पोखरासम्म पुग्यौँ । हामी १८ गते बिहान ८ बजेतिर पोखराको लागि हिडेका थियौं ।
विवरण
भ्रमणको क्रममा सबैजना विभिन्न ऐतिहासिक, धार्मिक प्राकृतिक रुपले झल्किएका धेरै ठाँउमा अवलोकन गर्न गयौँ । सुरुमा पाल्पाको रानीमहल हेर्न गएका थियौँ । पाल्पाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तरकालिगण्डीको छेउमा रहेको रानीमहलको इतिहास बुझ्दा झन रोचक लागेको थियो ।
वि.सं १९४५ मा आफ्नी अत्यन्त प्रिय रानी तेजकुमारी देविको स्मृतिमा भारतदेखि इन्जिनियर बोलाएर ५ वर्ष लगाई उक्त दरबारको निर्माण गराएका रहेछन । उक्त दरबारलाई नेपालको ताजमहलका साथसाथै प्रेमको प्रतिकको रुपमा पनि चिनिने गरिँदो रहेछ । त्यहाँ पुगेपछि सबैजना साथीहरु हर्षित देखिनु भएको थियो । त्यस महलको सौन्दर्यता कालिगण्डकीले झन बढाएको जस्तो महसुस गरेका थियौँ । वरपर हेर्दा कालिगण्डकी कलकल बगिरहेको थियो भने बगिरहेको नदीलाई रानीमहलले एकोहोरो भएर हेरिरहेको महसुस भएको थियो ।
रानीमहल हेरिसकेपछि दोस्रो दिन हामी अवलोकनका लागि गएका थियौँ । उक्त दरबारको इतिहास बुझ्दा सन् १९२७ मा उक्त दरबारको निर्माण प्रताप शम्सेर जंगबहादुर राणाले गराएका रहेछन् । त्यतिबेला उक्त दरबार पाल्पाकै राणाशासकहरुको आधिकारीक निवासको रुपमा चिनिदो रहेछ । वि.सं २०६२ साल माघ १८ गते भने पाल्पाको लागि कालो रात सावित भएको थियो ।
किनकि १०० वर्षभन्दा पुरानो ऐतिहासिक धरोहरहरु माओवादी विद्रोहको क्रममा धोस्त पारिएको रहेछ तर उक्त दरबारलाई जस्ताको तस्तै पुनःस्थापन गरिएको रहेछ । दरबार अहिले पाल्पा जिल्लाको जिल्ला सचिवालयको रुपमा पनि चिनिदो रहेछ । जसको संरक्षण पाल्पा नगरपालिकाले गरिरहेको रहेछ । पाल्पाको दरबार हेरिसकेपछि करिब दिउँसोको १ बजेतिर पोखरा पुगेका थियौँ र खाना खाएर फेवातालतिर घुम्न गएका थियौँ ।
फेवाताल हेर्नजान सबैको सपना हुन्छ । उक्त भ्रमणको क्रममा फेवातालको सौन्दर्यता प्रत्यक्ष हेर्न पाइयो । फेवातालको बारेमा पढ्दै र सुन्दै आएको भन्दा पनि प्रत्यक्ष त्यहाँ गएर हेर्दा थोरै पढ्दै र सुन्दै आएको जस्तो महसुस सबैजनाले गरिरहेका थिए । फेवातालबाट नजिकै गएर हेर्दा आँखाहरु आँफै एकोहोरो भएर टोलाउँदा रहेछन् । फेवातालले प्रकृति र सांस्कृतिलाई समेटेर एक अद्वितीय अनुभव दिन्छ जो स्वयम् आफैले महसुस गर्न पाइँदो रहेछ ।
समुद्री सतहबाट करिब ७४२ मिटर उचाइमा रहेको उक्त तालको क्षेत्रफल करिब ४.४ वर्गकिलोमिटर रहेको रहेछ । उक्त तालको औसत गहिराई लगभग ८.६ मिटरसम्म पुग्दो रहेछ । यो ताल रारा ताल पछिको दोस्रो ठुलो ताल पनि हो । यस तालबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको छाया पनि देख्न सकिँदो रहेछ । जसले त्यहाँको प्राकृतिक सुन्दरतालाई अझ बढी आकर्षक बनाएको रहेछ । साथै तालको बिचमा रहेको तालबराही मन्दिर प्रमुख आकर्षण रहेछ जुन हिन्दु धर्मलम्बीहरुको लागि पवित्र स्थल मानिँदो रहेछ । फेवातालको सौन्दर्यतालाई हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउदा रहेछन् । उक्त तालको कारणले गर्दा नै पोखरा पर्यटकीय स्थलको केन्द्रविन्दु हुन पुगेको रहेछ ।
फेवाताल घुमिसकेपछि पोखरामै रहेको अर्को एउटा डेबिसफल भन्ने झरनामा गइयो । झरना एकदमै राम्रो अनि डरलाग्दो पनि देखिन्थ्यो । त्यस झरनाको पानी जमिनको सतहभन्दा तल सिधै गुप्तेश्वर महादेवको गुफामा फर्दोरहेछ । धेरै समय पहिला एकजना जोडी जुनचाहिँ नेपाल भ्रमणको लागि आएका थिए । पौडि खेल्दै गर्दा डेविल नाम गरेकी एक युवती उक्त खोजमा चिप्लिएर निधन भएको रहेछ । उनको मृत शरीर तीन दिन लगाएर कठिनाइका साथ निकालिएको रहेछ त्यसैले उक्त झरनाको नाम डेबिसफल राखिएको रहेछ ।
झरना हेरिसकेपछि सबैजना गुप्तेश्वर महादेवको गुफामा गएका थियौँ । बाहिर एकदमै चिसो भए तापनि भित्र जादा एकदमै न्यानो महसुस भएको थियो । गुफा एकदमै आकर्षक अनि आश्चार्यजनक पनि थियो । त्यस गुफामा डेबिसफलको पानी निस्किने भएकोले उक्त गुफा र डेबिस फलबिच घनिष्ट सम्बन्ध रहेको देखिन्छ । उक्त ठाउ हेरिसकेपछि पोखराकै होटलमा सबैजना बास बसेका थियौँ ।
२०८१ साल मङ्सिर २० गते ३ दिनको भ्रमणको अन्तिम दिन भएकोले सबैजना फेरि घोराही फर्कने हिसाबले हिडेका थियौँ । नवलपुरमा एउटा प्रशिद्ध मन्दिर (सि.जी) रहेछ त्यस सिजी मन्दिर पनि हेर्न गएका थियौँ । मन्दिर एकदमै शान्त अनि सुन्दर पनि थियो र हामी सिधा घोराहीको लागि फर्केका थियौँ । हामी करिब घोराही रातिको साढे १० बजेतिर पुगेका थियौँ ।
उक्त भ्रमणका उपलब्धिहरु
१. यस भ्रमण कार्यक्रमले हामीलाई थप हौसला प्रदान गराएको छ ।
२. सबैजनाले पाठ्यक्रमभन्दा बाहिरका भौगोलिक, सामाजिक तथा धार्मिक पहिचान बोकेका ठाउँहरुको बारेमा जानकारी पाएको छौँ ।
३. विद्यालयभन्दा बाहिरका परिवेशसँग समायोजन हुन पायौँ ।
४. उक्त भ्रमण कार्यक्रमले समूहमा बस्न र एकअर्कामा घुलमिल अथवा सहकार्य गर्ने कौशल पनि विकास गराएको छ ।
५. नेतृत्व विकासमा सहयोग पु¥याएको छ ।
विद्यार्थीको ज्ञानको क्षितिजलाई अझ फराकिलो बनाउने उद्देश्यले सञ्चालित उक्त भ्रमण कार्यक्रमको व्यवस्थापन गर्नु हुने हाम्रो यस विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेत सर, व्यवस्थापन संकायका संयोजक निश्चल आचार्य सर र अन्यहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै भ्रमणमा हाम्रो संरक्षक भएर उभिनुभएका पदम भण्डारी सर, सिर्जना न्यौपाने म्याम र युवराज अधिकारी सरलाई पनि धन्यवाद भन्न चाहान्छु । हामीलाई पोखरासम्मको यात्रामा सहजताकापूर्वक पु¥याइदिनु हुने यस विद्यालयका बस चालक तथा सहचालकलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहान्छु र हामीलाई अध्ययन गराउनु हुने अन्य शिक्षकहरु प्रति पनि आभारी छु र आगामी दिनहरुमा पनि यस्तै–यस्तै ज्ञानमूलक कार्यक्रम गर्न विद्यालयलाई अनुरोध गर्दछु ।
कक्षा–१२ व्यवस्थापन समूह
पद्मोदय पब्लिक नमुना मा.वि.