सयदिने अभियानले कार्यकर्तामा उत्साह : नेता रसाइली

अमरराज आचार्य
दाङ, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले दाङमा सञ्चालन भएको सयदिने अभियानले जिल्लामा नेता तथा कार्यकर्तामा आशासँगै उत्साह थपेको बताएका छन् ।

दाङमा सञ्चालन भएको सयदिने अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले पार्टीको आन्तरिक संगठन निर्माणका लागि अभियानले उत्साह थप्ने काम गरेको बताएका हुन् । सयदिने अभियानले नेतामा भएको तिक्तता, बेमेल र मनमुटावलाई चिर्दै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन सहयोग पु¥याउने काम गरेको भन्दै अब व्यक्तिगत आरोपप्रत्यारोपलाई छोडेर संगठन निर्माणमा बल पु¥याउने काम गरेको बताए ।

जिल्लामा ८३ प्रतिशत सदस्यता नवीकरण हुनु भनेको उत्साहजनक भएको भन्दै नेता रसाइलीले भने, ‘वडादेखि जिल्लासम्मका नेता कार्यकर्ता लाग्नुभयो भने बाँकी १७ प्रतिशतले पनि गर्ने छन् ।’ दुईचार जना मानिस भनेको नमान्ने, राम्रो भन्दा पनि निउ खोज्ने जुनसुकै ठाउँमा हुने भएकाले त्यस्ता व्यक्तिबाट निराश नभएर पार्टीको संगठन निर्माणमा इमानदार नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए ।

पार्टीले कसैलाइ विभेद नगर्ने भन्दै सयदिने अभियानका क्रममा जिल्लामा केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका नेता रसाइलीले इमानदार रूपमा पार्टीको काममा खटिने नेता सबैलाई ढिलो चाँडै सम्मान गर्ने बताए । पार्टीलाइ बलियो बनाउन गुट, उपगुट त्यागेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई नेता रसाइलीको आग्रह गरेका थिए । समापन कार्यक्रममा बोल्ने अन्य वक्ताले पाटीलाई क्रियाशलि बनाउन सहयोग पु¥याएको बताएका थिए । पार्टीलाई एक्ताबद्ध बनाउन र नागरिकसम्म पुग्न अभियानले सहयोग पुगेको उनीहरूको भनाइ थियो । अभियानले पाटीलाई नागरिकसँग जोडेर पार्टीलाई बलियो बनाउन भूमिका खेल्ने समेत सहभागीले बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे, कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशवरी गौतम, संविधान सभा सदस्य द्वय अनिता देवकोटा र सुशीला चौधरी, प्रदेश सभा सदस्य लोका विश्वकर्मा, कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, कांग्रेस नेताहरू कमलकिशोर घिमिरे, भुपबहादुर डाँगी, किरणकिशोर घिमिरे, शूष्मा गिरी, बद्रीकुमार खड्का, प्रदीपराज शर्मालगायतले भनाइ राखेका थिए ।

नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको थियो । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए ।