नेपाल निवृत्त राष्ट्र सेवक समाजको अध्यक्षमा गौतम
तुलसीपुर, १६ पुस । नेपाल निवृत्त राष्ट्र सेवक समाज जिल्ला कार्यसमिति तुलसीपुर दाङको अध्यक्षमा ध्रुव गौतम निवार्चित भएका छन् ।
निमकान्त ढकालको सभापतित्व एव केन्द्रिय अध्यक्ष चतुरमाण डाँगीको प्रमुख आतिथ्य एव शान्तराज अधिकारी, नवराज रजौरेको विशिष्ट अतिथ्यमा तुलसीपुरमा भएको प्रथम अधिवेसनलेबाट सर्वसमत रुपमा गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै नेपाल निवृत्त राष्ट्र सेवक समाज जिल्ला कार्यसमिति तुलसीपुर दाङका उपाध्यक्षमा टोपबहादुर पार्धे, सचिवमा बामदेव शर्मा कोषाध्यक्षमा गगनकुमार गौतम सहसचिवमा चेतराजसिंह ठकुरी, सहकोषाध्यक्षमा घनस्याम शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पार्वती भुसाल, मिना गिरी, बसन्तप्रसाद न्यौपाने, टंकराज न्यौपाने, दुर्गाबहादुर थापा, वमबहादुरसिंह खत्री क्षेत्री र भुपेन्द्र बस्नेत चयन भएका छन् ।
