सुभाष न्यौपाने
जिते पो युद्ध हुन्छ लड्दैमा युद्ध हुन्न रे ।
कसैसँग भएको झगडा त्यो लडाइ कहिन्न रे ।।
दुई पक्ष लड्दा उ मैदान छाडेर भागे पनि ।
राज्य सत्ता वा भूमि कब्जाले मात्र बताउँछ त्यो युद्ध भनी ।।
झगडा द्वन्द्वले मात्र त्यो युद्ध ठहर्दैन ।
स्वरुप भयंकर होला तर युद्ध मानी छैन ।।
घोषणा जनयुद्धको गर्छौ निहत्या मान्छे मार्दछौ ।
अझ हाम्रो जनयुद्ध त्यसै म¥यो भन्दछौ ।।
सम्बोधनमा सशस्त्र द्वन्द्व लेखिसकेपछि कसरी जनयुद्ध हुनसक्छ ? सम्बोधनमा सशस्त्र द्वन्द्व भन्ने शब्द उल्लेख भएकै कारण पनि अदालतले सरकारी कामकाजमा जनयुद्धभन्ने शब्द प्रयोग गर्न नपाइने भन्ने उल्लेख गरेको हे । आदेश गरेको र निर्णय गरेको हो । युद्धरत दुवै पक्ष बिना परिणाम सम्वादद्वारा सहमतिमा आइसकेपछि त्यो झगडालाई न त युद्ध भनेर न त जनताले स्वीकार्छन् न त सम्बोधनले नै स्वीकार्छ ? सशस्त्र द्वन्द्वलाई स्वीकार्दै शान्ति सम्झौतामार्फत् सम्बोधनमा उल्लेख गरिसकेको शब्दलाई अब कहाँ जनयुद्ध लेख्न पाइन्छ ? अब जनयुद्ध लेख्नलाई त फेरि माओवादीको नाममा अर्को युद्ध सिर्जना गरेर लडेर जितेछि मात्र जनयुद्ध लेख्न पाइन्छ कमरेड ।
माओवादी नेताहरुले आफ्नो सभा सोसायटीमा जनयुद्ध भनेकै छन् । व्यक्तिगत रुपमा कसले त्यसको विरोध गरेर बसेको छ र ? तर नेकपा माओवादीले सम्बोधनलाई नै मिचेर शान्ति प्रक्रियाको अवज्ञा र सहमतिलाई लत्याउँदै सरकारी कामकाजमा समेत जनयुद्ध भन्ने शब्दलाई हाबी गराउन खोजेको कारण पनि पछिल्लो समयमा आएर अदालतले जनयुद्ध लेख्न नपाइने भन्ने आदेश गर्नु परेको हो । जितेर आउनु पर्दथ्यो झगडालाई लडाई बनाउनमा युद्ध कायम गर्न त । नेपालमा भएको सशस्त्र द्वन्द्व नागरिक र राज्यको हितका निमित्त शान्ति प्रक्रियामा आएको भन्ने जनताले महसुस गरिरहेका छैनन् । दुवै पक्ष एकले अर्कालाई हराउन सक्ने क्षमता नभएकै कारण शान्ति सम्झौताको नाममा युद्ध बिराम गर्न आएको बुझिरहेका छन् । घटनाले पनि त्यही नै देखाइरहेको छ ।
अब भन्नुस् मुलुकले के भनेर जनयुद्ध स्वीकार गर्ने ? सहमतिबाट आउदा त द्वन्द्वरत विपक्षी समूह सख सयल र मोजमस्तिमा समग्र नेपाली जनतालाई पछि पार्दै आफू प्रथम श्रेणीमार्फत् विशिष्टता हासिल गर्दैछ, अब भन्नुहोस् युद्ध जितेर जनयुद्ध कायम गरेर राज्यसत्तामा पाइला टेक्न पाएको भए के हुन्थ्यो होला ? जसले सर्वहाराको पक्ष पोषण गर्न राजनीति र सशस्त्र युद्ध गरेका थिए रे । आवाज हिनको आवाज बुलन्द गर्न सशस्त्र युद्ध गरेका थिए रे ती विशिष्ट श्रेणीका नेपाली नागरिकले ? सम्बोधन म जनयुद्ध लेख्ने गरी जनयुद्ध नै जितेर आएको भए कस्तो गर्थे होलान् ती जसले आफूलाई सुप्रिमो र सुप्रिम कमाण्डर भन्न रुचाउँथे लडाकुका । उनीहरु अझै पनि जनता अर्थात् उनका लडाकु र कार्यकर्तालाई अझै जनयुद्ध ऐसा, बैसा भनेर अल्झाइरहेका छन्, झुक्याइरहेका छन् र अझै ढाट्दै छन् । हाम्रो जनयुद्ध र माओ विचार धारा भन्दै ।
उनीहरले त शान्ति सहमतिको पत्रमा हस्ताक्षर गरेर ठुलो वाउ अनमिनलाई साक्षी राखेर सशस्त्र द्वन्द्व भन्ने पत्र जहाँ शान्ति सम्झौताको लागि हस्ताक्षर गरिएको थियो । त्यही पत्रमा गरिएको हस्ताक्षरसँगै जनयुद्धलाई खाराको खोल्सामा मिल्काएर सशस्त्र द्वन्द्वलाई विर्षजन गरेको भन्न आकाशे रंगको एक रुपको पोषाक (युनिफर्म) लगाएर काठमाडौँमा अवतरण गरेको बिर्सेउ ? नपत्याए सोधन मोहन वैद्य बाबुराम भट्टराई र नेत्र विक्रमलाई । जसको फलस्वरुप आज माओवादीका नेताहरुले क्रिसमस डे मनाइरहेका छन् । अझै पनि माओवादीका नेताहरु आफ्ना लडाकु तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा होस् वा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षिण दिने क्रममा होस् सधै भन्ने गर्छन् कमरेड हामीले युद्ध हारेका छैनौ, शान्ति सम्झौतामार्फत् युद्ध अझै जितिरहेकै छौँ ।
तपाईहरुले पड्काएको एसएलआरमाउजर र गृनेड, प्रिनटको आवाजले अझै पनि दुस्मन तर्सिरहन्छ, पहिलो संविधान साको निर्वाचन मत परिणाम पनि जनयुद्धको विजयकै कारण हो । तपाईहले पडकाएका रकेट लंचर र ८१ एमएसको मोटर वमले दुस्मनको एयिामा गरेको क्षति र हामीले हासिल गरेको विजयकै कारण मुलुक सहमति मै शान्ति सम्झौतामार्फत् युद्ध विश्रामतिर गएका मात्र हौ । हामीले युद्ध जितिसकेका थियौ, सम्बोधनमा जेसुकै लेखियोस् । माओवादीका युद्धकर्मीहरु सफल र रक्षम हुन्थे भने जनयुद्ध लेखिन्थ्यो नि, जाबो शाहीसेनासँग लडाई लडेर जित्न नसक्नेले जनयुद्ध प्राप्त गर्न सक्छन् ? त्यो त शसस्त्र द्वन्द्व नै हो । त्यतिबेला शाहीसेनामा उनीहरुलाई साथ प्रत्यक्ष रुपमा साथ दिने कुलबहादुर खड्का, कुमारबहादुर फुदुङ जस्ता रथिहरु पनि त थिए नि ? खै त तिनीहरुले पनि जनयुद्ध लेखाउन सकेनन् ? अब माओवादीले त बम र बन्दुक पड्काएर द्वन्द्व मात्र सिर्जना गरेका रहेछन्, युद्ध लडेका रहेनछन् भन्ने सञ्चार अब आम नेपालीमा पुगेको छ ।
नेपालको बारेमा चासो राख्ने अन्य नेपालका शुभचिन्तक राष्ट्रका नागरिकले पनि राम्रोसँग बुझ्न र आफूमा रहेको सन्दिग्धता हटाउने मौका पनि पाए । राष्टमा राष्टको नाममा गरिएका कुनै पनि गतिविधि जनतालाई ढाटेर वा ठगेर गरिनु हुँदैन नागरिक साक्षी राखेर गरिनुपर्छ । नागरिक संलग्न कुनै पनि क्रियाकलाप नागरिक विरुद्ध प्रयोग र उपयोग गरिएको हुनु हुँदैन । के प्रचण्ड बाबुराम पुनः विद्रोह गरेर आन्दोलन गर्न सक्छन् ? सम्बोधन संसोधन गराएर फेरि जनयुद्ध लेखाउन ? त्यसैले जनयुद्धको इतिहास समाप्त भइसक्यो अब सशस्त्र द्वन्द्वकै व्याख्या र परिभाषा दिनेतर्फ लागौँ । अझै पनि जनयुद्ध कै परिभाषा खोजेर जनमतमा सहानुभूति प्राप्त हुन्छ कि भन्ने झिनो आशा पनि नगरे हुन्छ ।
जनयुद्ध भन्ने भ्रामक र डर लाग्दो शब्दको जाल हालेर जनताको लागि जनताको जनयुद्ध भन्दै आफूसँग राजनैतिक असहमति राख्नेरुलाई शोषक सामन्त भन्दै जो जनताको जनयुद्धमा सहभागी हुँदैन र सहयोग गर्दैन त्यो जनताको मान्छे हैन, त्यो जन कारबाहीमा पर्छ, आउनुस् जानकारबाही गर्न जनयुद्धमा सहभागी हुनुस् भन्ने उर्दि र नारा दिँदै जनतालाई कथित जनयुद्धमा होम्नेहरुले पछि बुझ्दा त त्यो जनयुद्धको परिभाषा धनयुद्धमा रुपान्तरण गरिसकेका रहेछन्, आलिसान महल र चिल्ला गाडीसँग साटिसकेका रहेछन् ।
रक्त चन्दन र यार्सागुम्बा, घुच्चि च्याउसँग साटिसकेका रहेछन् । विडम्बना जनतालाई आजसम्म थाहा थिएन जनयुद्ध भन्ने त जनताको लागि हात्ति तर्साउने मात्र थियो भन्ने । माओवादीmे माओ विचार धारालाई प्रवाह गर्ने नाममा जसरी आफ्नो विचारसँग असहमत पक्षका निमुखाहरुलाई लुटपाट गर्ने, अंगभंग हुनेगरी कुटपिट गर्ने र सफाया गर्ने तथा गाउँ निकाला गर्ने सम्मका व्यथितिहरु गरे त्यसबाट पनि प्रष्ट भइरहेको थियो कि माओवादीले जनयुद्ध लडिरहेको छैन । पुरानो राज्य सत्तासँग सत्ता हत्याउन त उ सँग लडेर उसलाई परास्त गरेर उसको सत्ता आफूले कब्जा गर्ने पो हो त, उसँग लुकेर आक्रमण गरेर न त पुरानो राज्यसत्ता नियन्त्रण तथा कब्जामा लिन सक्थ्यो, न त छोडेर जान सक्ने अवस्था भइसकेको थियो ।
उता पुरानो राज्य सत्ताको सञ्चालकलाई पनि ज्ञान हुँदै गयो कि यो तालको लडाई जित र हारमा जान सक्दैन तर कठिन परिस्थिति के थियो भने जित, हार पनि हुन नसक्ने, राज्य सत्ताले आफ्नो सुरक्षा फौज पनि लडाईबाट फिर्ता गर्न नसक्ने परिस्थिति मुलुकमा उत्पन्न भइसकेको थियो । सत्तामा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन मुलुकमा सञ्चालनमा आउँदा मुलुकको बहुदलीय शासन पद्धति निलम्वनमा परिरहेको थियो उनी पनि केवल पञ्चहरुको सल्लाहमा प्रजातान्त्रिक पद्धतिको शासन व्यवस्था सञ्चालन गरेको देखाउन चाहन्थे । उता माओवादी पनि लुकेर टाढाको दुरीमा रहेर पुरानो सत्ताको सुरक्षा निकाय माथि आक्रमण गर्थे र गर्न खोज्थे । जन गतिविधिमा सफलताको सम्भावना र कुनै आधार देखिँदैनथ्यो । उनीहरु पनि नलड्नु नभाग्नुको अवस्थामा पुगिसकेका थिए ।
त्यत्तिकै छोडेर हिडौँ त राज्यले आतंककारीको निशाना बनाउने युद्ध विरामको घोषणा गरौ भने युद्ध नियम अनुसारको लडाई थिएन । यतिबेला सत्तापक्ष र प्रतिपक्षको रुपमा नेपालमा ज्ञानेन्द्र शाहले नेतृत्व गरेको शाही सरकार सत्तापक्षको पहिचानमा रहन चाहन्थ्यो भने द्वन्द्वरत माओवादी प्रतिपक्षीको पहिचानमा आफूलाई राख्न चाहन्थ्यो । मुलुक यो अवस्थाको राजनीतिबाट गुज्रिरहँदा राजा र माओवादीको आम्ने साम्नेको झगडाबाट मुलुक तहसनहस भइरहेको थियो । दरबार पनि यो द्वन्द्वका भुमरीबाट उम्कन चाहन्थ्यो भने प्रचण्डलगायत माओवादीका अन्य नेताहरु पनि आफ्नो प्रमुख सुप्रिमो र सुप्रिमोको के हविगति हुने हो भन्ने विषयमा चिन्तित थिए तर यसको निराकरणको सुत्र उनीसँग थिएन, जसले गर्दा उनी पनि अत्तालिरहेका र भौतारिरहेका थिए र पनि उनी अरुभन्दा आफूलाई सुपर सम्झन्थे । किनभने उनको नागरिक वृत्तमा द्वन्द्वको दबदबा थियो ।
यसबेला नेपाली कांग्रेस, नेकपा एमाले जस्ता प्रजातन्त्र र परिवर्तनको लागि क्रान्ति गरिसकेका परिवर्तन गरिसकेका दलहरु झ्वाट्ट हेर्दा ओझेलमा देखिन्थे । यसैबेला तत्काल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मुलुकलाई सशस्त्र द्वन्द्वबाट कसरी निकाशा दिन सकिन्छ भन्न चिन्तामा थिए गिरिजाप्रसाद कोइराला भन्दथे । बरु म हासँ कांग्रेस हार्न सक्छु तर मुलुकले हार्नु हुँदैन । मुलुकभित्रको द्वन्द्वलाई जसरी भए पनि व्यवस्थापन गरेर शान्ति प्रक्रियामा रुपान्तरण गर्नु जरुरी छ । यसरी गिरिजाप्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापनाको मार्ग अवलम्बन गरे । हरेक मान्छेमा मानवीय स्वभाव र महत्वाकांक्षा हुन्छ, मात्राको कमवेसी मात्र हो । हुनसक्छ शान्ति प्रक्रिया र शान्ति स्थापनाको क्रममा गिरिजाप्रसाद कोइरालाका पनि कमीकमजोरीहरु भए होलान् तर ती अक्षम्य अपराध थिएनन्, सुधार्न सकिने गल्ती थिए । शान्ति प्रक्रिया र सम्रि स्थापनामा माओवादी लगायतका अन्य सबै दलहरुको साथ सहयोगबाट नै मुलुक शान्ति प्रक्रियाको बाटोमा अगाडि बढ्न सकेको हो ।
त्यतिबेलासम्म जनताको नाममा जनयुद्ध भन्ने माओवादीका नेताहरुको पनि ओठ तालु सुकिसकेको थियो । किनभने उनीहरु आफूलाई निमुखाको नेतृत्व गर्ने राजनैतिककर्मी भन्ने तर आफूसँग असहमत राख्ने तिनै निमुखाको गोली हानेर वा घाँटी रेटेर हत्या गर्ने जुन गलत प्रवृतिलाई बढावा दिएर अघि बढ्न खोजे त्यो नै उनीहरुको ठुलो अपराध थियो । उनीहरुको गतिविधि हत्या, आतंक र लुटपाटतर्फ अगाडि बढ्दै जादा नेतृत्वकर्ताहरु धन कुम्ल्याउने दिशातर्फ उन्मुख भएको पाइयो भने कार्यकर्ताहरुले गाउँ–गाउँमा ज्यादति मच्याउन थाल्यो जसको कारण उनीहरुको युद्ध नामको नाटक सो तह द्वन्द्वमा परिणत हुँदै जान थाल्यो । तै पनि उनीहरु आफूलाई जनताभन्दा सुपर सम्झने कतै माओवादी भन्नेहरु जंगलका बाघ, भालु त हैनन् भन्ने खालको त्रास पनि दिन थाले ।
मान्छे मान्छेको संसर्गमा आउने कि भाग्ने ? उनीहरु आफ्ना गतिविधि कै कारण जनताबाट क्रमश टाढा भएको महसुस पनि गर्न थाले तर धङधङी चाही उस्तै । माओवादीको जनतासँग गर्ने जन व्यवहारमा उन्माद देखाउनु र उनका नेताहरुको युद्ध कै बेला पनि विलासिताको जीवनशैलीले पनि सशस्त्र युद्धलाई जनयुद्धमा परिणत गर्नुको साछो सशस्त्र द्वन्द्वतर्फ धकेलेका हुन्, अन्तमाा विशेष गरी माओवादी कै आग्रहमा बोलाइएको अनमिनको युद्ध व्यवस्थापन टोलीले पनि सशस्त्र द्वन्द्व भन्ने नै सिफारिस ग¥यो जसको कारण प्रधानमन्त्री सुशिल कोइरालाले जारी गरेको २०७२ को गणतान्त्रिक नेपालको पहिलो सम्बोधनको भावना भनौ कि मुख पृष्टमा समेत सशस्त्र द्वन्द्व भनेर उल्लेख गरिएको थियो । यसबाट नेपाली जनता खुसी छन् माओवादी कार्यकर्ताले धिक्कार्ने हो वा जे जे गर्ने हो आफ्नै नेताहरुलाई गर्दा हुन्छ । एकपटक सुप्रिमो प्रमुख प्रचण्ड बाबुराम मोहन वैद्य, नेत्रविक्रम आदिलाई सोधि हेर त किन सशस्त्र द्वन्द्व गरायौ भनेर ? लडाई जिते पो जनयुद्ध हुन्छ ।