भुपेन्द्र सुवेदी
जीवन र जगतको बारेमा मानिसलाई अनेकौ जिज्ञासा र प्रश्नहरु उठ्ने गरेका छन् । कतिपय जिज्ञासा र प्रश्नको विज्ञानले सटिक उत्तर दिन थालेको छ । जीवन र जगतसम्बन्धी रहस्यको पर्दालाई विज्ञानले विस्तारै उधार्दै लगेको छ । ब्रहमण्डदेखि जीवनसम्मको धेरै अनेकौ नयाँ–नयाँ तथ्य र जानकारी आउन थाले पछि जीवन र जगतबारे मानिसको सोचाईमा समेत आमूल परिवर्तन देखिन थालेको छ । जीवन र ब्राहमण्डसम्बन्धी धेरै जिज्ञासा अझै रहस्यको पर्दाभित्र लुकेर रहेको भए तापनि विज्ञानले क्रमश ः रहस्य चिर्दै आएको छ । सोही जीवन र ब्रहमण्ड सृष्टिबारे विज्ञानमा आधारित रहेको विषयमा, यहाँ धेरै विषय समेटन नसके तापनि केही विचारलाई समेटने प्रयासमा यो जिज्ञासा राखिएको हो ।
जस्तै जीवन र जगत भन्ने वित्तिकै मानव होस् जीवजन्तु होस् जो कोही प्राणी जगतभित्रै पर्छन् भन्ने हाम्रो मान्यता छ । जस्तै आज हाम्रो समाजमा आ–आफ्ना बनस, कुलकुटुम्बको खोजी गर्ने तिव्र रुपमा वृद्धि हुँदै आउनुमा हामी सबैको लागि महत्वको विषय पनि हुन सक्ला । जस्तै आ–आफ्नो बंशावली तयार गर्ने क्रममा धेरै टाढाको हो यो त भन्नेको बिचमा आफ्नो नजिक देखिन आएको अवस्थाले पनि हामी टाढैबाट पनि नजिकिन सक्ने रहेछौ भन्ने परिणाम हाम्रो सामु खडा भएको छ ।
सबैजसो प्राणीले आ–आफ्नो पहिचान र अस्तित्व खोजिरेको हुन्छ । यही अस्तित्वको रक्षाका लागि बिना संघर्ष पूर्ण रहन्छ, व्यस्त रहन्छ । यही संघर्षका लागि परिणाम स्वरुप जिवका विगत र वर्तमानमा समानता रहन सक्दैन । त्यसैले हरेक जिवको विकासको इतिहास छ आफ्नै यात्रा र गन्तब्य छ । पश्चिमले यसलाई विकास वाद भन्छन् भने हाम्रो पूर्वीय दर्शनले अवतारवाद भन्दछ । दुवैको मुलविन्दु श्रृष्टिको प्रारम्भ हो । पूर्र्वीय दर्शनले ब्रह्माण्डलाई सृष्टिकर्ता मानेको छ भने पश्चिमा भौतिक परिवर्तनको चरणमा देखा पर्ने भौगर्भिक हलचललाई मुलकारण ठान्दछन् अथवा अज्ञातकारण पन्छिने गर्दछन् दुवैले श्रृष्टिको मुलमा जलचर जिवकै प्रादुर्भाव स्वीकारेकाबाट हेर्ने दृष्टि मात्र फरक देखिन्छ, तत्व एउटै रहेको स्वीकार्ने गरेको प्रष्ट हुन्छ ।
यसैको परिणाम स्वरुप सांस्कृतिक विविधता जन्मन पुगेको यसका विज्ञको भनाई रही आएको छ र एकै मुलका सन्तान पनि विभिन्न स्थानको बसाईको परिणाम स्वरुप अलग मुलका देखिन पुग्छन् । मानिसको भौतिक र मानसिक सुस्वाथ्यका लागि रक्त शुद्धताको महत्वपूर्ण भूमिका रहन्छ भन्ने वैज्ञानिक शिर्षकलाई पूर्र्वीय सभ्यतामा पहिले नै अनुभव गरी निश्चित पुस्ताभित्र समेत गरिएको थियो तर अहिले बसाई र अन्यकारणले आआफ्नो बंसवामुलभित्र पनि अज्ञानता बस अन्धो प्रेमलाई महत्तव दिएर पूर्वजको बन्देज तोड्ने प्रवृति बढ्दै गएकोले सन्तानमा विभिन्न संकट भोग्नु परेको अवस्था छ ।
जस्तै मानव र अन्य जीवजन्तु तथा प्राणी जगतको पनि आ–आफ्नै सन्तानको खोजिमा आ–आफ्नो बसोबास गरेको क्षेत्रको घेराभित्रै रहेर दोहोर गरेको र बसोबास गरेके देखेका छौ । जस्तै मानव र वन्यजन्तु बिचको द्वन्द्वको अवस्था समेत उस्तै हुन सक्ला हाम्रो बिचको वन, वन्ययजन्तु, जैविक विविधताको संरक्षणको पाटो हेर्दा समेत सवारी साधन हिड्ने स्थानमा यो बाघ भालुको किन आगमन हुन्छ होला ? उसको जन्मदेखि नै त्यो आ–आफ्नो सुरक्षित आवास तथा चारो खोज्ने खाने मुख्य स्रोत नै त्यही छ कता जाओस् ? आज गाडी हिड्ने सडक हिजो त्यही वन जंगल थियो त्यही वन जंगलमा वन्यजन्तुको बस्ती थियो आज त्यो वन मासेर सडक बन्न पुग्यो त वन वन्यजन्तु कहाँ जाओस् बासन र खान नखोज्नु ?
अब सरकार या गैर सरसकार बिच वन क्षेत्रको विकास विस्तार हुँदै त गएको छ भनिन्छ यसका माध्यामबाट वन्यजन्तुको बास स्थान संरक्षित र विस्तार हुनु आवश्यक छ । यस्ता वन्यजन्तुको उचित व्यवस्थापन हुन नसक्दा जसबाट मानव वन्यजन्तुको बिच द्वन्द्वका घटना निकै बढ्दो छन् र जनधनको क्षती भइरहेको छ । अझै हाम्रो सरकारले यसको उचित व्यवस्थापन गर्न सकिरहेको छैन ।
यसै सन्दर्भमा शिर्षक मै जीवन रजगतको सृष्टि र विकास क्रमः विश्वमा सिर्जित जीवजन्तु सबै प्राणी जगतको पनि मानिसको जीवन र अवस्था एउटै होला तर मानिस र अन्य प्राणी जगतको व्यवस्था अर्को होला तर सबैको यो पृथ्वीमा उत्पत्ती भएका सबैको यही माटो यही पानी, यही हावामा बाच्न पाउने अधिकार सुनिश्चित हुन आवश्यक छ र आ–आफ्नो धर्म कर्म, सांस्कृतिक सस्कारको परिपालनबाटै हाम्रो जीवनमा सहजता आउन सक्ला तर आफ्नो अस्तित्व जोगाउन पहिला संस्कार जोगाउ । यही जीवन र जगतलाई सहजता होस् भन्ने क्रममा पृथ्वी, हावापानी जलजमिनको उत्पत्ती भएको होला । यसैमा जलवायुको उतारचढाव, जलवायु परिवर्तनको कारण हुँदै आएको विश्वको वातावरण प्रदुषणले गर्दा जीवन र जगतको लागि हुँदै आएको संकटले आज विभिन्न दैविक प्रकोप र रोग व्याद आदिको मारमा यो जीवन र जगतमा परेको छ ।