तुलसीपुर, ५ पुस । नेपाली कांग्रेसले संगठनलाई सुदृढ र सक्रिय बनाउने उद्देश्यले सुरु गरेको १०० दिने विशेष अभियानले संगठनलाई बलियो बनाउन मद्धत गरेको कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरीले यो अभियानले कांग्रेस कार्यकर्ता माझ उत्साह र आशा जगाएको बताए । बबई गाउँपालिका वडा नं। ३ को १०० दिने अभियानको समापन गदै गिरीले कार्यकर्ताले आपसी मनमुटाव र असन्तुष्टिलाई थाँती राखेर पार्टीलाई बलियो बनाउन लाग्नु पर्ने बताए ।
अभियानका क्रममा सानातिना तिक्तता मेटाउने र आगामी दिनमा पार्टीलाई एकीकृत बनाएर अघि बढ्ने सन्देश प्राप्त भएको भन्दै सो सन्देश केन्द्रिमा आफुले पु¥याउने बताए । ‘ यो अभियानले नेपाली कांग्रेसका कार्यकर्तालाई आफ्नो जिम्मेवारीबोध गराउँदै सांगठनिक क्रियाकलापलाई अझै बलियो बनाउने काम गरिरहेको छ, तपाईहरु संगठलाई कसरी बलियो बनाउने भन्नेमा लाग्नुहोस कार्यक्रमको समापन गदै उनले भने ।’
बबई गाउँपालिका वडा नं. ३ का सभापति चन्द्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले १०० दिने विशेष अभियनाले पार्टिलाई बलियो बनाउने काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम ल्याउने पर्ने बताएका थिए । अभियान अन्तर्गत वडामा पार्टीका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन र जनस्तरमा पार्टीलाई थप मजबुत बनाउने गरी विभिन्न कार्यक्रम गरि कार्यक्रमको समापन गरेको गिरीले बताए ।
सो अवसरमा वडा समितिले सो कार्यक्रम ल्याएकोमा केन्द्रिय कार्यसमितिलाई धन्यवाद दिने निर्णय समेत गरेको छ । त्यस्तै बबई गाउँपालिका वडा नं। ३ मा नेपाली काँग्रेसलाई ससकक्त रुपमा बलियो बनाउन सवै कृयासिल कार्यकर्ता सवैको हातेमालो गरी अगाडी बढने निर्णय समेत भएको छ ।
त्यस्तै वडाको समग्र विकासका लागि जिल्ला कार्यसमिति दाङ लाई अनुरोध गर्ने तथा काँग्रेसको संगठनलाई मजवुद गराई वडाको विकासमा लाग्ने निर्णय गरिएको छ । अभियानको समापन कार्यक्रममा वडा कार्यसमिति, टोल समिति, कृयासिल सदस्य तथा तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिका सदस्य ताराप्रसाद पोख्रेल समेतको सहभागीता रहेको थियो ।
कार्यक्रममा वडा सभापति वलीले १०० दिने अभियानमा सहभागी भई काँग्रेसको संगठनलाई बलियो बनाउन सल्लाह सुझाव तथा आफ्नो अमुल्य समय दिने सवैलाई धन्यवाद दिएका थिए । अभियान अन्तर्गत वडामा अन्तरक्रिया, छलफल भेटघाटलगायतका कार्यक्रमहरु भएका थिए । बबई गाउँपालिका वडा नं। ३ मा काँग्रेसले गिरीलाई प्रतिनिधिको रुपमा अभियानमा खटाएको थियो ।