प्रतिष्ठानद्वारा आँखा रोग विशेषज्ञ डा. रसाइलीलाई स्वागत
दाङ,४ पुस। लामा्समयदेखि आँखा रोगको उपचारदेखि अप्रेसनसम्म सक्रिय चिकित्सक आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वागत गरिएको छ ।
प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले एक कार्यक्रमकाविच डा. रसाइलीलाई टिका, खादा र मालाले स्वागत गरेका हुन् । रसाइली यसअघि लामोसमयसम्म राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा कार्यरत रहेका थिए। रसाइलीले पुस १ गतेदेखि प्रतिष्ठानमा हाजिरी भई सेवा सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिएका छन् ।
स्वागत कार्यक्रममा वोल्दै प्रतिष्ठानका उपकुलपती डा. लामिछानेले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आँखा उपचारको केन्द्र बन्ने बताए । दाङ, घोराही निवासी वरिष्ठ आँखा रोग विषेशज्ञ डा.रसाइली प्रतिष्ठानमा हाजिरी भएपछि अव प्रतिष्ठानवाट आँखाको सम्पूर्ण उपचारदेखि अप्रेसनसम्मको सेवा विरामीले पतिष्ठानमा सेवा पाउने बताए उ ।
