शान्तिको चाहना

एकराज शर्मा अधिकारी
विश्व परिवर्तनको संघारमा छ । नेपालीको मानवीय स्वभावमा परिवर्तन भएको छैन । हाम्रा आधारभूत गुण परिवर्तन भएका छैनन् । आदर्शका कुरागरेर मात्र हुँदैन । आधारभूत आवश्यकता पूरा गर्न नेपालीले कठोर परिश्रम गर्नुपर्छ अनि मात्र भोलिको नेपाल बन्छ । प्रजातन्त्रबाट लोकतन्त्र, लोकतन्त्रबाट गणतन्त्र, गणतन्त्रबाट सङ्घीयतामा आइपुग्दासम्म पनि कुन सिद्धान्त सही हो कुन गलत हो भनी छुट्याउन सकेका छैनौँ । भेदभाव र असमानता अझै हट्न सकेको छैन । हामी छिमेकि मुलुकले गरेको प्रगति हेर्नुपर्छ ।
भारत, चीन, पाकिस्तान हाम्रा छिमेकि देश हुन् । यी सबै लोकतान्त्रिक देश हुन् । त्यहाँको शासन व्यवस्था कति परिपक्क छ । सिस्टमबाट चलेको छ । सरकार परिवर्तन भए पनि शासन व्यवस्था परिवर्तन हुँदैन । सरकारभन्दा जनता सक्रिय छन् । सरकारले अन्याय गरे जनता जुरुक्क उठ्छन् । जनतामा चेतना छ । जनता बिक्दैनन् । मतको ठुलो महत्व छ । अब नेपाल गरिब राष्ट्र हो भनेर भिक माग्न सुहाउँदैन । पहिले गरिब थियो अहिले छैन । स्वभाव र गुणमा परिवर्तन गर्न बाँकी छ । नेपालीले आफ्नो स्वभाव र गुणमा परिवर्तन गर्नसके नेपाल समृद्धिशाली बन्छ । उज्वल भविष्य बन्छ । प्रजातन्त्र आउनुभन्दा पहिले विकास कम भएको थियो । सरकार आफै सुख सुविधामा रमाउँथे । जनतालाई पर जा भनिन्थ्यो ।
प्रजा हुन् भन्न जानेका थिएनन् । आज प्रजातन्त्र आएपछि जनताले लेख्न, पढ्न, बोल्न पाए तर प्रजातन्त्र ल्याउन बलिदानी गर्ने सहिदलाई बिर्सिए । प्रजातन्त्र आएपछि हामीले के पायाँै ? प्रजातन्त्र आएपछि हामीले धेरै कुरा पायौँ । बाटोघाटो, बिजुली, पानी, खेती गर्ने आधुनिक औजार, स्वास्थ्य उपचारको लागि अस्पताल, जग्गामा हतबन्दी गर्दा सर्वसाधरण सुकुम्बासीहरुले जग्गा जोत्न पाए । त्यो ठुलो उपलब्धी हो । आज कोही अशिक्षित छैनन् । सबै वर्ग उच्च पदमा पुगेका छन् । जातिपाति भेदभाव छैन तर चरित्र बदल्न र स्वभाव बदल्न, गुण बदल्न सकेका छैनौ । यो मानिसमा हुने नैसर्गिक गुण हो । पाश्चात्य देशको प्रभावले हाम्रो मौलिकता, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रो राष्ट्रियता, आपसी प्रेम हराउँदै गएको छ । मानिस यान्त्रिक मानव बनेका छन् ।
कसैको कसैसँग सम्बन्ध छैन । सम्बन्ध भए पनि देखावटी छ । ठुलो देशले सानो देशलाई दबाई राखेको छ । हाम्रो मित्र देश भन्ने भारतले नेपाललाई दुःख परेको बेला नाकाबन्दी गरेको व्यहोरेकै छौ । के ग¥यौ असंलग्न राष्ट्रको शिखर सम्मेलनले ? आजसम्म नेपालले अन्तराष्ट्रसँग व्यापार गर्ने जलमार्ग पाएको छैन । हाम्रो देश भूपरिवेष्ठित छ । हाम्रो देशमा सबै बस्तु हुँदा हुँदै पनि निर्वाध रुपमा आयात निर्यात गर्न पाएका छैनौ । अब त भारतमा जाँदा पनि पासपोर्ट चाहिन्छ रे ? भारतीय शासकको नेपालप्रति हेपाहा प्रवृति छ । राजा महेन्द्रले शान्ति क्षेत्र हुनुपर्छ नेपालभन्दा सबैले समर्थन गरे भारतले गरेन र त्यो प्रस्ताव असफल भयो । भारतले बेलायतको अधिन हुँदा आफूले व्यहोर्नु परेको बेदना भुल्यो । भारतलाई जोगाउने नेपाल हो, नेपाल नरहे भारत पनि रहँदैन ।
नेपाल र नेपाली कहिले पनि पराधिन भएका छैनन् । इतिहास साक्षी छ । नेपाल समृद्ध हुन नसकेको अर्को कारण यस्तो छ ? त्यो कारण हो देशमा अन्तद्र्वन्द्व । देशमा उदारवादी र अनुदारवादीको जन्म भयो । अनुदारवादी क्रान्तिकारी उदारवादी यथास्थितिवादी । नेपाली दुई धारमा अलग–अलग भए । अहिलेसम्म देश समृद्ध बनाउनुपर्छ भन्ने कुरा शासकले सोचेकै छैनन् । खाली धन र पदमा मात्र अल्झिएका छन् । सुरुमा क्रान्तिकारीले राम्रो काम गरेका थिए । जुवाँतास बन्द गराएका थिए । लागुपदार्थ बन्द गरेका थिए । कमया कमलरी प्रथा बन्द गरेका थिए । समावेशी सरकार बनाउने निम्न वर्गलाई माथि उठाउने दलितका छोराछोरीलाई छात्रवृत्ति दिने जस्ता थुप्रै राम्रो काम गरेका थिए । हिंसाबाट आएको भए पनि मुलुकले शान्तिको सास फेर्न पाएका थिए तर पछि सत्ताको मोहले गर्दा उदारवादी र अनुदारवादी एक भए ।
देशको लागि होइन पदको लागि । देश बनाउने भन्ने नाटक मात्र रहेछ भन्ने जनताले बुझे । राजतन्त्र फालेको यसै कारणले रहेछ भन्ने जनताले भन्न थाले । हामीले राजतन्त्र मात्र होइन प्रजातन्त्रलाई पनि गुमाइरहेका छौ । हामी नेपाली कोही स्वतन्त्र छैनौ । परतन्त्र भइसकेका छौ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो स्वाभिमानलाई धर्म संस्कृति भाषाभेषलाई त्याग गरेर टोपी र गहना निकालेर फोटो खिचेर राष्ट्रिय परिचयपत्र बनाउन पठाइयो । के यो राष्ट्रिय स्वाभिमानलाई बेचेको होइन ? म त भन्छु बितेका सात दशकमा हामीले यही सिकेका रहेछौ ।
यति हुँदा हुँदै पनि नेपाली सहनशील छन्, नेपाली युवाहरु शान्ति सेनामा भर्ना भएर विश्वका कुना–कुनामा पुगेर संकटग्रस्त क्षेत्रमा गई आफ्नो जिउधनको माया मारेर सिंगो मानवताको परिचय दिइरहेका छन् । ती सबै जवानलाई साधुवाद ! अन्त्यमा म यो भन्छु कि– कर्तव्यको निर्वाह विश्वमा कसैले गरेको छैन । नत्र विश्वमा अशान्ति किन हुन्थ्यो ? आज सारा विश्वमा अशान्ति छ । दुई विशाल राष्ट्र चीन र अमेरिकामा शक्तिको प्रतिष्पर्धा छ । कुनै दिन तेस्रो विश्व युद्ध हुनसक्छ । अहिले दुई देशमा शितयुद्ध चलिरहेको छ । संयुक्त राष्ट्र संघले पनि आफ्नो दायित्व निर्वाह गर्न सकेको छैन । विश्वका जनताले युद्ध बिराम हुनुपर्छ भन्ने प्रयास गरिरहेका छन् तर हुन सकेको छैन । सबै मुलुक प्रजातन्त्र हुनुपर्छ । प्रजातन्त्रबाट मात्र देशको विकास हुन्छ । सानालाई ऐन, ठुला चयन हुनु हुँदैन ।
निष्पक्ष सेवा जनताले पाउनु पर्छ । राष्ट्र द्रोहीलाई कडा सजाय हुनुपर्छ । पृथ्वीनारायण शाहको नीति आत्मसात गर्नुपर्छ । शक्तिशाली राष्ट्र भनेका अमेरिका र चीन हुन् । यिनीहरुमा धनको र शक्तिको घमण्ड छ । यिनीहरुले विश्वलाई भष्म गर्न सक्छन् । भिटो पनि यिनै हातमा छ । साना मुलुकहरु एकातिर लाग्नै पर्छ । स्वतन्त्र भएर बाच्न सकिँदैन । यस्तो अवस्थामा पनि हामी नेपाली शान्तिको खोजीमा छौ । हाम्रो अन्तरात्माले (सर्वे भवन्तु सुखिन) भन्न छोडेका छैनौ । हामी विश्वमा शान्ति र सुमधुर सम्बन्ध भएको देख्न चाहन्छौ । मानिसको स्वभाव र गुणमा परिवर्तन भएको देख्न चाहन्छौ । हामीले मात्र स्वभाव र गुणमा परिवर्तन गरेर हुँदैन । शक्तिशाली राष्ट्रहरुले आनविक शस्त्रअस्त्रको उत्पादनको बन्द गरी अन्तरिक्षमा गर्ने खर्च समस्त मानवको कल्याणमा लगाउनु पर्छ । विश्वमा शान्ति कायम गर्न ढिलो भइसकेको छ ।