छोराको पढाइ कि पिटाइ

युवराज शर्मा

बाबुआमालाई छोराले पढेन भन्ने पीर हुन्छ । बाबुको अपेक्ष आमालाई छोराले पढेन भन्ने मानसिक पीडा महसुस गर्छिन् । छोरालाई अक्षराम्भदेखि उच्च शिक्षा र विश्वविद्यालय शिक्षासम्ममा ख्याल गर्ने नै आमा हुन्छिन् । अहिले सामुदायिक स्कुलको पढाइभन्दा बोर्डिङ स्कुलको पढाइ राम्रो मान्छन् । विद्यार्थीका बाबुआमा भन्छन्–छोरालाई बोर्डर्स गरायो भने राम्रोसँग बिर्सिन्छन् । छोराको पढाइ निखार्न बोर्डिङ स्कुलको छात्राबासमा राखेर पढाउने बाबुआमाहरु धेरै संख्यामा छन् । विद्यार्थी साथीसंगीको संगतले राम्रो बानी व्यवहारका हुन्छन् भन्ने सोचाई छ तर बाबुआमाले त्यस्तो पाउन सक्दैनन् । अन्तमा बोर्डर्स गरेको छोरोको शारीरिक पीडा दर्दनाक देख्छन् । उसले पिटाइ खान्छ ।

पिट्नुको कारण होमवर्क नगरेकोले पिटाइ खाएको रहस्य हुन्छ । शारीरिक पीडाका कारण बिरामी हुन्छ र लामो व्यथाले मृत्यु हुन्छ । छोराको पढाइ पनि पिटाइका लागि हुन्छ । घरमा एउटा मात्र छोरा थियो । पढाउँदा शिक्षको पिठाइबाट मृत्यु भए पनि उसको कुकुर मराई भयो । उमेरले १२ वर्ष पुगेको बालकलाई मरासन्न हुने गरी पिट्नु दुःखद् निधन हो । विद्यार्थीलाई शिक्षकले पढाउदा शारीरिक पनि दिने होइन, बुद्धि विकास गराउनु हो । उनीहरुलाई विषयगत ज्ञान र सिपको विकास गराएर उसको बुद्धिलाई परिस्कृत गराउनुपर्छ । शारीरिक यातना दिनु हुँदैन ।

मोबाइलको दुःखमा एउटा यस्तो भिडियो भाइरल भएको थियो । त्यस घटनामा करिब १२ वर्षको केटा थियो । एउटा बोर्डिङ स्कुलको बोर्डर्स थियो । त्यहाँ धेरै विद्यार्थी पनि थिए । सबैले होमवर्क गरिरहेका थिए । त्यो १२ वर्षे विद्यार्थीले गणित विषयमा नजानेको समस्या साथीसँग सोधिरहेको थियो । वार्डेन आएर त्यसलाई लाठी कुटले धमाधम पिट्न लागे । विद्यार्थीले रुदै भन्यो–मैले नजानेको गणित सोधेको हु भन्दा पनि मानेनन् । एक छोरो भनेर पिट्दै गए । त्यो पिटाइले बालक घाइते भयो । अन्तमा उसको ज्यान गयो । पढाइ कि पिटाइ ठुलो हो ? त्यस स्कुलका प्रिन्सिपल र वार्डेनले भन्न सक्दैनन् । त्यहाँ भएका वार्डेनलाई गणितको ज्ञान र समस्या समाधान गर्ने सिप पनि रहेनछ । पिट्न मात्र जानेका रहेछन् ।

प्रिन्सिपल पनि स्कुलका संस्थापक सदस्य रहेछन् । अधिकांश बोर्डिङ स्कुलले फेरि पैसाका मात्र शिक्षक राख्छन् । जसलाई ज्ञान र सिपको विकास गर्ने ज्ञान हुँदैन । तैपनि प्रिन्सिपल भएपछि ठुलो सानो विद्यार्थी र शिक्षकका लागि हुँदा रहेछन् । त्यस्तै वार्डेन बन्ने व्यक्ति पनि रिसाहा प्रवृतिका हुँदा रहेछन् । हुनुपर्दथ्यो, मनोवैज्ञानिक व्यक्ति हुनु पर्ने थियो तर संस्थापकले पैसा कमउाने मनसाय राख्दा रहेनछन् । अब पैसा कमाउने व्यापारिक संकाय शिक्षालाई हेरियो तर अवोध बालकलाई पढाइ महत्वपूर्ण थियो ।

ज्ञानको विकासका लागि घरमा नराखेर बोर्डर्स गरिदएको दुखेसो बुबआमाको थियो । बालकलाई पढाइबाट ज्ञान भएन, पिटाइले ज्यान गयो । कस्तो स्कुल हो ? वार्डेनलाई समझदारीसम्म भएन । शिक्षा ज्ञानको विकासका लागि हो । पिटाइ शारीरिक दक्ष हो । मानसिक र शारीरिक यातनाका लागि पिटाइ हुन्छ । यस्ता विषयमा वार्डेन चलाक बन्नुपर्छ । प्रिन्सिपल पनि निर्देशनकारी बन्नुपर्दछ ।

बाबुआमाले आफ्ना छोराछोरीलाई स्कुलमा ज्ञानीगुणी बनाउन पठाउँछन् । उनीहरुले साथीसंगीबाट धेरै विषयको ज्ञान गर्छन् । शिक्षकले विषयगत ज्ञान र सिपको विकास गराउँछन् । विषयगत ज्ञान र सिप घरमा आफूले अध्ययन गरेर नआउने चलन शिक्षकमा छ । स्कुल आएर पाठ्यपुस्तको विषयमा मात्र पढाउँछन् । उनीहरुलाई पाठ्यक्रम सम्बन्धमा ज्ञान गरेका हुँदैनन् । सामुदायिक स्कुल होस् वा संस्थाग निजी बोर्डिङ स्कुलका शिक्षकलाई सामाजिक व्यवहार र आत्म अनुशासन नभएपछि विद्यार्थी कसरी अनुशासन पालन गर्न सक्छन् ? कतिपय शिक्षक राजनीतिक दलका अनुयायी बनेका छन् । यस्तो हुनु उनीहरुको बाध्यता हो ।

यदि अनुयायी बन्न सकेनन् भने नगर वा गाउँपालिकामा भएक सामाजिक सेवाका नेतृत्वकर्ताले सरुवा गरिदिने गर्छन् । उनको इशारामा चल्नु सामुदायिक स्कुलका धेरै शिक्षक छन् । राजनीतिक दलका भक्त भएकोले शिक्षामा राजनीतिकरण भयो भनिन्छ । त्यस्तै संस्थागत स्कुलका शिक्षक पनि संस्थापकप्रति बफादर बन्छन् । यदि संस्थापकप्रति शिक्षक बफादर बन्न सकेनन् भने जागिरबाट हट्नुपर्छ । बेरोजगार बन्नुपर्छ । डर र त्रासमा शिक्षक छन् । अझ बोडर्स भएका विद्यार्थी धेरै प्रताडित छन् । पढाइ कि पिटाइ भन्ने मानसिकले विद्यार्थी त्रसित छन् । पिटाइले गर्दा विद्यार्थीको ज्यान जाने वातावरण बन्नु हुँदैन । विद्यार्थीमा अनुशरण कायम बन्नुपर्दछ ।

विद्यार्थीको पढाइ कक्षा १२ मा सीमित भएको छ । कक्षा १० सम्म पढेर परीक्षा दिने र एसइई परीक्षामा केन्द्रित हुने शैक्षिक वातावरण थियो । परीक्षाको आधार बनाएर स्कुलले पाँचभारलाई शिक्षण कार्य पूरा गर्थे । अब स्कुलीय परीक्षाको महत्व नराख्ने विद्यार्थी छन् । पढाइमा उनीहरुको झुकाव हट्छ । पढाइ छोड्छन् । पढाइको महत्व हुँदैन । धनपैसा कमाउने झुकाव हुन्छ । अहिले पनि कक्षा १२ पछिको पढाइ छोड्ने विद्यार्थीको संख्या बढ्दो छ ।

उनीहरुको सोचाई चार वर्षसम्म स्नातक तह पढेर आर्थिक हानी हुन्छ, रोजगारको ग्यारेन्टि सरकार दिन सक्दैन । पढाइ छोडेर धनपैसा कमाउन राजनीति गरे हुन्छ सोचाई बढ्दो छ । पढेर के गर्ने ? नेपालको शैक्षिक योग्यताले खाडी मुलुकमा बेल्चा चलाउने नै हो । उनीहरु भन्छन्– नेता पदमा पुगेर छोरालाई तस्करी कार्य गराई नवधनाढ्य बनेका छन् । हामीले पढाइ छोडेर र मिठो खाने र राम्रो लगाउने आशमा बिदेसिनु बाहेक अर्को विकल्प नेपालमा छैन । पढाइ गर्दा पनि पिटाइ खानु पर्ने वातावरण नेपालमा बढ्दो छ ।

शिक्षा राज्यको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने निकाय हो । पढाइले रोजगार बन्छ र सभ्य नागरिक बनिन्छ भन्ने हो तर नेपालको शिक्षा नीति र उद्देश्य गणतन्त्रमा के हो ? स्पष्ट छैन । २०२८ सालमा बनेको शिक्षा ऐन ५२ वर्ष बित्दा पनि बन्न सकेको छैन । नेपालका दुईथरीका शिक्षण संस्था छन् ।

सामुदायिक र संस्थागत निजी बोर्डिङ स्कुल छन् । राष्ट्रको नीतिमा शिक्षा चल्नुपर्छ तर यहाँ राजनीतिक दलीय व्यवस्थाका दलगत भावनानुसार चल्नुपर्छ, भनाइले शिक्षालाई भिक्षको रुपमा हेरिन्छ । कतै धनपैसा कमाउने आधार बनाइन्छ तर विद्यार्थीको पढाइ कि पिटाइकमा निर्भर भएको छ । पढाइमा सुधार हुनुपर्छ ।