बारबर्दिया–२ बालविवाह मुक्त वडा घोषणा

बर्दिया,२३ मङ्सिर । बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियानअन्तर्गत बारबर्दिया नगरपालिका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह ‘बि’ ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियाको अथक प्रयास र संयुक्त सहकार्यबाट यो उपलब्धि सम्भव भएको बारबर्दिया नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामफेन थारुले बताएका छन् ।

बारबर्दिया नगरपालिका वडा नं २ का वडा अध्यक्ष थारुको अध्यक्षतामा भएको वालविवाह मुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले बर्दियालाई वालविवाह मुक्त जिल्ला बनाउन सबैले लाग्नुपर्ने बताए । यसका लागी लुम्विनी प्रदेशले बिभिन्न खालका कार्ययोजना बनाएको बताउँदै बिद्यालयको गुणस्तरीय शिक्षामार्फत मात्र सम्भव हुने बताए ।

बालविवाह मुक्त गराउने अभियानमा हातेमालो गर्ने प्लान इन्टरनेशनल नेपाल तथा यसका साझेदार सस्थालाई बिषेश धन्यबाद दिएका छन् । सो अवसरमा बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डे, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्ध मिना पराजुली, बि ग्रूप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारलगायतले बारबर्दिया नगरपालिकालाई बालविवाह मुक्त घोषणा गर्ने अभियानमा तिव्रता ल्याईएको र अभियानलाई सफल बनाउनका लागि नागरिकको महत्वपूर्ण भूमिका हुने बताएका थिए ।

कार्यक्रममा वारबर्दिया नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवा, पत्रकार, समाजसेवीलगायतको सहभागिता रहेको थियो । करिब आठ सय बढी सर्वसाधारण सहभागि सो कार्यक्रमको विशेष आकर्षण मोडल दिपा भण्डारी लाइभ प्रस्तुति रहेको थियो । जसमा भण्डारीको नृत्यले दर्शकहरुलाई रोमाञ्चित बनाएको थियो ।

वारबर्दिया नगरपालिी महिला तथा जेष्ठ नागरीक शाखाकी निरिक्षक लक्ष्मी पौडेल र प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुलीले वालविवाह मुक्त घोषणाका लागि गरिएको सामूहिक प्रयासका बारेमा बिस्तृत रुपमा जानकारी गराएका थिए । प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणिय बिशिष्टता समुह ‘बि’ ग्रुप बाँके र राधा कृष्ण थारु जनसेवा केन्द्र बर्दियालागायत बिभिन्न सामाजिक संघसस्था तथा अभियानमा सक्रिय सहभागीता जनाउनेलाई सम्मान गरिनुका साथै ऐतिहासिक घोषणाले बारबर्दिया नगरपालिकाको बालबालिकाको उज्ज्वल र सुरक्षित भविष्यप्रतिको सामूहिक दृष्टिकोण र प्रतिबद्धता प्रष्ट गरेको छ ।