तुलसीपुर–काकडभित्ता पोखरा बस सेवा सञ्चालन

तुलसीपुर, २३ मंसिर । तुलसीपुर यातायात प्रालिले आफ्नो सेवालाई थप गदै लगेको छ । प्रालिले तुलसीपुरदेखि काकडभिट्टा पोखराको बेनीका लागि यातायात सेवा सञ्चालन गरेको जनाएको छ ।
आइतवारदेखि यात्रुहरूको मागलाई मध्यनजर गर्दै तुलसीपुरदेखि काकडभिट्टा र पाल्पा–पोखरा हँुदै वेनीसम्म डिलक्स बसहरु सञ्चालन गरेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।

तुलसीपुर–काकडभिट्टा तुलसीपुरबाट दिउँसो १२ बँजे र पाल्पा पोखरा हुदै बेनीसम्म दिनको ३ : ३० बजे डिलक्स बस सञ्चालन गरेको बुढाथोकीले जानकारी दिए । दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसी बस थप गरेको प्रालिले अन्य छिमेकी देशमा समेत सुविधा सम्पन्न बसहरुको सेवा सुरू गरेको जनाएको छ ।

‘हामीहरूले नेपालका विभिन्न सहर तथा भारतका विभिन्न स्थानमा यात्रुहरुको मागलाई मध्यनजर गँर्दै सुविधा सम्पन बसहरु सञ्चालन गरेका छौ’, अध्यक्ष बुढाथोकीले भने । समयको माग अनुसार यात्रुहरुको चाहना र आरामदायी यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न यातायातका साधनहरुबाट सेवाहरु थप गदै नेपालका विभिन्न रुट र छिमेकी देश भारतमा सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।

तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामाभित्र सवै स्थानमा सेवा प्रदान गदै आएको प्रालीले जनाएको छ । तुलसीपुर यातायात प्रालिले हालै सुविधा सम्पन्न तुलसीपुर कुइन एसी बस थप गरेर दाङ–काडमाण्डौ रुटमा सेवा प्रवाह गरि रहेको समितिका प्रशासनिक सचिव निमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।