शिक्षक नेता ज्ञवालीको सम्झनामा श्रद्धाञ्जलीसभा
हेमराज शर्मा
दाङ, २१ मंसिर । शिक्षक नेता मोहन ज्ञवालीको निधनको शोकमा नेपाल शिक्षक संघ दाङले आज शुक्रबार घोराहीमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता र नेपाल शिक्षक संघ लुम्बिनि प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेस दाङका सचिब अर्जुन कुमार योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको श्रद्धाञ्जली सभामा बोल्ने बक्ताहरुले ज्ञवालिको शिक्षकको हकहितसगै प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको चर्चा गदै उहाले निधनले सिङ्गो शिक्षा क्षेत्रमा ठूलो क्षती पुगेको बताएका छन ।
कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष गाेविन्द प्रसाद न्यौपाने,नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिकी उपमहासचिब शुसिला सुवेदी, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष युबराज बस्नेत,सल्लाहकारहरु कुमुद पोख्रेल, देवा पौडेल, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य लेवेन्द्र के.सी. लगाएतका नेताहरुले नेपाली शिक्षकहरुकाे हक र हितका लागि गर्नुभएको योगदानको विषयमा चर्चा गर्दै उहाँकाे निधनले नेपाल शिक्षक संघमा अपुरणीय क्षती पुगेको बताउनुभयाे ।
कार्यक्रममा सहभागीहरुले भावपूर्ण श्रद्धाञ्जली एवं शाेकाकुल परिवारजनप्रति गहिराे समवेदना प्रकट गरिएको नेपाल शिक्षक संघ दाङका सदस्य बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
नेपाल शिक्षक संघ केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष,वर्तमान समितिका सल्लाहकार,नेपाल शिक्षक युनियन राष्ट्रिय कार्यसमितिका संस्थापक महासचिब,सार्क शिक्षक महासंघका पूर्व अध्यक्ष समेत रहनुभएका शिक्षक नेता ज्ञवालीको ५९ वर्षको उमेरमा २०८१ मंसिर १४ गतेका दिन निधन भएको थियाे । श्रद्धाञ्जली सभा कार्यक्रमकाे सहजिकरण नेपाल शिक्षक संघ दाङका सचिब सूर्यबहादुर बस्नेतले गर्नुभएको थियाे ।