सौडियारमा महायज्ञका लागि तयार हुँदै यज्ञ मण्डव

दाङ,१८ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत श्री माध्यामिक विद्यालय सौडियारमा यज्ञ मण्डव निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विद्यालयको भौतिक सुधारका लागि यहि मंरि २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुन थालेको श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञ–२०८१ लागि यज्ञ मण्डव निर्माणको काम अन्तिम चरणमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले जानकारी दिनुभएको छ ।

सहायक प्रधानाध्यापक पाण्डेयका अनुसार विद्यालयको प्राङ्गनमा निर्माण गरिएको यज्ञ मण्डव आउन बाँकी रहेको छ । त्यसैगरी श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञलाई व्यापक र भव्य बनाउने गरि मञ्च, हवनकुण्ड निर्माण, प्रचारप्रसार, विशिष्ट व्यक्तिहरुलाई पत्राचार गर्ने काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले जानकारी दिनुभएको छ । अध्यक्ष भटराईका अनुसार महायज्ञलाई व्यापक बनाउनका लागि बनेका उपसमितिहरुले जिम्मेवारी पूर्वक काम गरिरहेको बताए ।

२०३० सालमा स्थापना भएको विद्यालयमा अहिले शिशु कक्षादेखि १२ सम्म पढाइ हुँदै आएको छ । यमहायज्ञबाट संकलन भएको पैसाले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने विद्यालयले जनाएको छ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय रहनुभएको छ ।