जन्मदिनका अवसरमा शैक्षिक सामग्री वितरण
तुलसीपुर,१३ मंसिर । अष्टिमिष्ट क्लव अफ तुलसीपुरका अध्यक्ष एकराज भण्डारीले जन्मदिनको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । आफुले अध्यापन गराउने विद्यालयका बालबिकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने बिबिध कारणले बुवाआमा गुमाएका साथै न्यून आर्थिक अबस्था भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेका हुन ।
विद्यालय प्राथनाको समयमा पारी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेवाप्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गुप्रसाद अधिकारी, बिद्यालयका प्रधानाध्यापक रुपेश गुप्तालगायत विद्यालयका शिक्षकको उपस्थितिमा शैक्षिक सामग्री बितरण गरेका हुन । उनले यो कार्यलार्इ आगामी बर्षमा पनि तुलसीपुरका अन्य बिधालयहरुमा पनि निरन्तरता दिने बताएका छन् ।
साथै उनले कक्षा ८ का बिद्यार्थीलार्इ विद्यालय समय बाहिर एक महिनाको अंग्रेजी बिषयको निशुल्क रेमिडेयल कक्षा समेत संचालन गर्ने जनाएका छन ।समाजमा निराशाको कारण धेरै समस्याहरु देखापरिरहेको अबस्थामा आफुले पढने चाहना राखेमा आर्थिक अबस्था बाधक नबन्ने र सहयोगी हातहरु हातेमालो गर्न तयार रहेको भन्दै बालबालिकामा देखिएको मानसिक समस्या निराकरणमा समेत क्लबले आफ्नो स्थापना कालदेखिनै मोटिभेसनल र मनोसामाजिक परामर्श लगायतका कार्यहरु गर्दै आएको छ ।
उनले आफू अध्यक्ष रहेको क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुलार्इ समेत यस्तै फरक कार्य गरि जन्मोत्सव मनाउने बाताबरण बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन । उक्त कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेवाप्रसाद चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष झग्गु प्रसाद अधिकारी, प्रधानाध्यापक रुपेस गुप्ताले जन्मोत्सवको शुभकामनासहित अन्य शिक्षकलाई पनि सहयो पनि अन्य खानपिन र रमाइलोमा भन्दा यस्तै उदाहरणिय कार्य गर्न र बिधालयमा यस्तै अबसर पारेर एउटा कोष समेत खडा गर्ने र उक्त कोष बिद्यार्थीहरुकै हकहित र भैपरी आउने घटनामा प्रयोग गर्न सकिने बताउनु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रतिनिधि यज्ञ बहादुर केसीले गरेका थिए ।