गोरक्ष समाचारदाता
दाङ, ६ मङ्सिर । नेपाली कांग्रेसले आन्तरिक संगठनलाई सुदृढ गर्दै संघसंस्थाहरूसँग सहकार्य गर्न सके बलियो संगठन निर्माणमा सहयोग पुग्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क) को आयोजनामा बुधवार घोराहीमा भएको पार्टी र संघसंस्थाबिचको अन्तरसम्बन्ध विषयक विचार गोष्ठीका सहभागीले पार्टीलाई सशक्त बनाउँदै संघसंस्थासँग समन्वय र सहकार्य गरेर देश र जनताको सेवामा प्रभावकारी बनाउन सकिने बताएका छन् ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले कांग्रेसलाई जनतासँग जोड्न संघसंस्थाको महत्वपूर्ण भूमिका हुने भन्दै संघसंस्थाहरूसँग सम्बन्ध स्थापित गर्न सके नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए । त्यसका लागि पार्टीले आन्तरिक तथा सामाजिक विभिन्न संघसस्थाहरूसँग नियमित संवाद र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठको सभापतित्व एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डेयको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताले संघसंस्थासँग नियमित संवाद र सहकार्य गरेर पार्टी निर्माणमा अघि बढ्न सके जनताको समस्या बुझ्नुका साथै जनतालाई पार्टीसँग जोड्न सहयोग पुग्ने बताए । त्यसका लागि पार्टीसँग जोडिएका विभिन्न संघसंस्थासँगै अन्य सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था तथा व्यक्तिसँग समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले नेपाली कांग्रेसलाई सशक्त बनाउन जनतासँगको सम्बन्ध सुदृढ बनाउने र त्यसका लागि संघसंस्थाहरूसँगको सहकार्यलाई अघि बढाउन आवश्यक रहेको बताए । विभिन्न क्षेत्रमा क्रियाशील संघसंस्थासँगको सहकार्यले पार्टीको जनाधार बढाउन र संगठन विस्तारमा टेवा पुग्ने भन्दै उनले पार्टीका भ्रातृ, शुभेच्छुकसँगै सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाहरू निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताएका थिए । नेता पाण्डेयले कांग्रेसलाई जनताको बिचमा लैजान र जनताका समस्या बुझ्नका लागि पनि संघसंस्थासँगको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले कांग्रेसका विचारलाई जनतासँग लैजान र जनतालाई कांग्रेससँग निकट बनाउनका लागि संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य अनिता देवकाटाले पार्टी र संघसंस्थाबिचको भूमिका निकट गराउन आवश्यक रहेको बताइन् । तल्लो तहदेखि पार्टी र संघसंस्थालाई जोड्न सके नयाँ क्षमतावान् नेतृत्वको उत्पादनसँगै नेता कार्यकर्तालाई व्यवस्थापन गर्न सहयोग पुग्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले पार्टीलाई जनताकाबिच संगठित र सशक्त बनाउन वडा तहदेखि नै संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले पार्टीले संघसंस्थाहरूसँग निरन्तर संवाद र सहकार्य गरी अगाडि बढ्नु पर्ने बताएका थिए ।
सहभागीलाई नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. नहकुल केसीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पार्टी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव माया पोख्रेल गरेकी थिइन् ।