गोरक्ष समाचारदाता
दाङ, ५ मङ्सिर । घोराही उपमहानगरपालिकाले पोषणमार्फत जीवन रूपान्तरण परियोजना सञ्चालन गरेको छ । व्याकवार्ड सोसाइटी एजुकेसन (बेस) र हेलम किलर संस्थाको सहयोगमा घोराही उपमहानगरपालिकाले पोषणमार्फत जीवन रूपान्तरण परियोजना सञ्चालन गरेको हो ।
जसका लागि उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाले पहिलो चरणमा नगरका एक सय बढी स्वास्थ्यकर्मीलाई तालिम दिन थालेको छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था के–कस्तो छ ? कमजोर देखिएका बालबालिकाको स्वास्थ्यमा कसरी सुधार ल्याउने र नागरिक स्वास्थ्यमा जनचेतना जगाउन अपाउने विधिका विषयमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन लागिएको हो । मङ्गलवारदेखि सुरु भएको तालिममा नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाको पोषणको अवस्था यकिन गरी स्वस्थताको कार्यक्रम सञ्चालन गर्न यस तालिम र कार्यक्रमले सघाउ पु¥याउने बताए ।
तथ्याङ्कको आधारमा स्वास्थ्यको सुधार र लगानी हुनु पर्ने उनले बताए । कम तौलका र छिटो बच्चा जन्मने, ख्याउटेलगायत शारीरिक र मानसिक रूपमा अस्वस्थ बच्चा अहिले पनि जन्मने देखिएको भन्दै उनले स्वास्थ्यकर्मीलाई त्यसतर्फ विशेष ध्यान दिन सुझाए । गर्भवती भएदेखि नै आमा र बच्चाको स्वास्थ्य अवस्था कुनै पनि कारणले कमजोर हुन नदिन नियमित स्वास्थ्य जाँच, खानपानको सन्तुलन र नियमित स्वास्थ्य परामर्श आवश्यक पर्ने भएकाले त्यसलाई नियमित निगरानीमा राख्न समेत उनले स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले स्वास्थ्य नै सम्पत्ति भएकाले मातृशिशु स्वास्थ्यमा कमजोरी आउन दिन नहुने गरी स्वास्थ्यकर्मीको निगरानी र परामर्श आवश्यक रहेको बताइन् ।
निरोगी बच्चा जन्माउनका लागि पोषिलो खानामा परिवारले ध्यान अझैँ दिन नसकेको भन्दै स्वास्थ्यकर्मी, स्वयम्सेविकामार्फत् सचेतना र महत्वका विषयमा जागरण ल्याउनु पर्ने उनले बताइन् । जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख राधा पौडेलले जनचेतनाको अभावले अहिले पनि पोषणको अवस्थामा सुधार हुन नसकेकाले संस्थाको सहयोगबाट पोषणमार्फत् जीवन रूपान्तरणको कार्यक्रम