लक्ष्मण बस्नेत
तुलसीपुर, ४ मङ्सिर । टरिगाँउ युवा क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर–५ को आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा साहारा फुटबल क्लब लखनउ लाई सर्ट एण्ड डेथमा ३ का विरुद्ध ५ गोलले पराजित गर्दै टरिगाउले सेमिफाइनल यात्रा तय गरेको हो ।
दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा,रोमाञ्चक अनि शानदार खेलमा दुबै टिम निकै आक्रमक रुपमा प्रस्तुत भईरदा सहाराका जर्सी न ५ खेलाडी कमल डिसिले फस्ट हाफ्को ११ औ मिनेटमा स्कोर गर्दै टिम लाई १–० को अग्रता दिलाउन सफल भए । दोस्रो हाफ्मा आक्रामक प्रदर्शनमा उत्रिएको टरिगाउका जर्सी न ८ का खेलाडी अजित लामाले दोस्रो हाफ्को २८ औ मिनेटमा जवाफी गोल गर्दै टिम लाई १–१ को बराबरीमा पुर्याउन सफल भए ।
निर्धारित ९० मिनेटको समय सम्म तुप्रै गोल गर्ने सुनौला अवसर गुमाएका दुबै टिमले निर्धारित समय सम्म बरबरी खेलेपछी खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो । खेलको म्यान अफ द म्याच टरिगाउ युवा क्लबका किप्पर विशाल केसी भए । उनले म्यान अफ म्याचको नगद पुरस्कार एक हजार पाच सय, ट्रफी हात पारे ।
यसैबिच प्रतियोगिताको बुधवार हुने अन्तिम क्वाटर फाईनल खेलमा बिर्गेड ब्वाईज ललितपुर काठमाडौ र कपिलबस्तु ११ भिड्नेछन् । खेल दिउँसो २ बजे देखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रिती बहादुर गिरी प्रेसले जानकारी दिएका छन् । मङ्सिर ८ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ।