दाङ,४ मंसिर । वडास्तरिय खेलकुद बिकास समिति घोराही उपमहानगरपालिका–१२ को आयोजना तथ वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलवारदेखि हापुर बिजौरी खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । वडास्तरीय खेलकुद विकास समिति घोराही १२ का अध्यक्ष बिनोद बिकको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष दोर्ण बहकरीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियोे ।
घोराहीमा पुस ५ गतेदेखि हुन गइरहेको सातौ मेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने वडास्तरीय फुटवल टिम निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको ।