कांग्रेस दाङले खटायो क्षेत्र नं २ मा प्रतिनिधि
गोरक्ष समाचारदाता
दाङ, १५ कात्तिक । नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत क्षेत्र नम्बर २ मा खटिने प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । कांग्रेसले एक कार्यक्रमको आयोजना गरेर बुधवार प्रशिक्षण दिएको हो । नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी अभियान अन्तर्गत क्षेत्र नं. २ को वडाहरूमा खटिने प्रतिनिधिलाई प्रशिक्षित गरेको हो ।
नेपाली कांग्रेस क्षेत्र नं. २ का कार्यवाहक सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले अभियानलाई सफल बनाउन सम्पूर्ण वडामा खटिने प्रतिनिधिलाई अनु्रोध गरे । उनले वडामा संगठनको गतिविधि, नियमित बैठक, रिक्त पदपूर्ति, संगठनमा समावेशीकरण, क्रियाशील सदस्यको विवरण, सदस्यता नविकरणलगायत संगठन सुदृढीकरणका लागि काम गर्न सम्पूर्ण प्रतिनिधिहरूलाई अनुरोध गरे । उनले पार्टीले गरेका विकास र समृद्धिका विषयहरू वडा तथा टोल तहका कार्यकर्ता र सर्वसाधारणलाई बुझाउन आवश्यक भएको बताउँदै वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरूको सन्देश दिन पनि आग्रह गरे ।
नेपाली कांग्रेस दाङले अभियानका लागि क्षेत्र नं. २ मा अग्रज नेता, महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधिहरू खटाएको छ । जस अनुसार घोराही उपमहानगरपालिका ४ मा श्याम सुवेदी, ६ मा गोमा रावत, ७ मा बमबहादुर डिसी, ८ मा दीपक पाण्डेय, ९ मा दीपक रेग्मी, १० मा भूपबहादुर डाँगी, ११ मा निर्मल न्यौपाने, १२ मा किरणकिशोर घिमिरे, १३ मा लीला नेपाली, १४ मा पुष्पा श्रेष्ठ, १५ मा सावित्रा राना, १६ मा विणा बिसी, १७ मा भोजराज पाण्डे, १८ मा अर्जुनकुमार श्रेष्ठ, १९ मा बद्रीकुमार खड्कालाई प्रतिनिधि पठाएको छ ।
यसैगरी बंगलाचुली गाउँपालिका वडा नं १ मा पूर्ण मल्ल, २ मा निर्मला खनाल, ३ मा विपुल पोख्रेल, ४ मा कृष्णप्रसाद सुवेदी, ५ मा बिमला योगी, ६ मा मोहनलाल वली, ७ मा तेजबहादुर विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा श्यामकुमार रेग्मी, १८ मा भरतबहादुर न्यौपाने र १९ मा गोविन्द मजगैयाँलाई खटाइएको जिल्ला सचिव बालिका लम्सालले जानकारी दिएकी छन् ।