गोरक्ष समाचारदाता
दाङ, ८ कात्तिक । मंसिर ७ र ८ गते घोराहीमा हुन लागेको २९औँ राष्ट्रिय बाल साहित्य सम्मेलनको तयारी व्यापकरूपमा अगाडि बढेको छ ।
घोराहीको गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा हुन लागेको सम्मेलनका लागि बरिष्ठ साहित्यकार डा. टीकारा उदासीको संयोजकत्वमा साहित्यकार सूर्य बिसी सदस्य सचिव एवम् साहित्यकारहरू कमलमणि देवकोटा, दुर्गालाल केसी, डा. लोकराज पराजुली, सविन प्रियासन, चन्द्रराज पन्त, मानसिंग घर्ती मगर, आदिम केसी, चन्द्रबहादुर थापा, हरि पोख्रेल, बसन्त पुन, केशव सुवेदी, शारदा शर्मा, सुशीला आचार्य, मधुसूदन केसी, केशव थापा र दीपक समीर सदस्य रहेको २९औँ राष्ट्रिय बालसाहित्य सम्मेलन मूल आयोजक समिति गठन गरिएको छ ।
मूल आयोजक समितिको बुधवार घोराहीमा बसेको बैठले सम्मेलनलाई भव्य बनाउन डा. उदासी, बिसी, सविन प्रियासन, आदिम केसी, दिपक समीर रहेको सचिवालय समेत गठन गरेको छ । सम्मेलनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा बालसाहित्यको विकासमा कलम चलाउँदै आएका एक सय बढी साहित्यकार लेखकको विशेष उपस्थिति रहने सम्मेलनमा दाङमा रहेका सबैजसो विद्यालयमा अध्ययन गरिरहेका १८ वर्षमुनिका बालबालिकालाई बालसाहित्यसँग सम्बन्धित विभिन्न विधामा विशेष प्रशिक्षण दिने, गोष्ठी अन्तरक्रिया गर्ने, बालसाहित्यमा योगदान पु¥याएकालाई सम्मान गर्नेदेखि बाल साहित्यसँग सम्बन्धित रहेर दाङ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी सम्मेलनलाई व्यवस्थित बनाउन डा. उदासीको संयोजकत्वमा कार्यक्रम उपसमिति, बिसीको संयोजकत्वमा आर्थिक उपसमिति, दुर्गालाल केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, घर्ती मगरको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, केसीको संयोजकत्वमा पुरस्कार तथा प्रमाणपत्र उपसमिति, प्रियासनको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति, चन्द्रराज पन्तको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, बसन्त पुनको संयोजकत्वमा आवास तथा भोजन उपसमिति, डा. पराजुलीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी सम्मेलनलाई आवश्यक सल्लाह सुझावका लागि अग्रजहरू पुरुषोत्तम खनाल, सुशील गौतम, विपुल पोख्रेल, नोवल जिएम, डा. सुदीप गौतम, शरद अधिकारी, केएल पीडित, डा. गोविन्द आचार्य, डा. कृष्णराज डिसी, खगराज न्यौपाने, बुनु लामिछाने, पद्मप्रसाद शर्मा, लक्ष्मी आचार्य, निमबहादुर थापा, सुन्दर गौतम, विनोद केसी, डा. कृष्णराज सर्वहारी, बिमला योगी, आशमानी चौधरी, विकिरण गौतम, यादव गिरी, नारायण अधिकारीलाई सल्लाहकारमा चयन गरिएको छ ।
बाल साहित्य समाज र राप्ती साहित्य परिषद्को आयोजनामा हुन लागिरहेको सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थाले सम्मेलनलाई सफल बनाउन सहआयोजकका रूपमा समेत भूमिका खेलेका छन् ।