सुभाष न्यौपाने
देखिँदै छन् राजनीतिका ती चतुर खेलाडीहरु ।
खनेको काल्टोमा आफैँ पसी पुर्छन् कि के हो ?
कोट्याए रविलाई रवि कम त कहाँ थे र ?
धनराज पनि अहिले आउँदैछन् लाइन लागेर ।।
ओली, आरजु, बालकृष्ण, टोपबहादुर हुन रे डन ।
अनन्त पासाङ बादल महरा पनि त्यस्तै हुन् ।
विश्व र गगनको स्वर कांग्रेस पार्न खोज्छ मत्थर
कांग्रेस, कम्युनिस्ट मिले यहाँ कसको के लाग्छ र ?
अन्त्यमा धनराज गुरुङ पनि सहकारी प्रकरणमा जाकिएपछि सबै राजनैतिक दलका नेता भन्नेहरु सबै एउटै ड्याङका मुला हुन् भन्नेमा जनतामा कत्ति पनि भ्रम बाँकी नरहेको स्पष्ट भएको छ । धनराज रातो पासपोर्टका पनि अभियुक्त हुन् । जनजातिकै नामले उनको रातो पासपोर्ट प्रकरण नेपथ्यमा थपेको हो कि जस्तो अहिले परि लाग्न थालेको छ ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा पार्टी संस्थापना इतर पक्षको उम्मेदवार बनेर संस्थापन पक्षको तर्फबाट उम्मेदवार बनेका नेता विजयकुमार गच्छेदारलाई पराजित गर्दै नेपाली कांग्रेसको सभापतिमा विजयी हुँदा जनजातिको तर्फबाट भीमबहादुर तामाङ, कुलबहादुर गुरुङको लिगेसीको रुपमा आएको नेपाली जनताले गर्भानुभूत गरेका थिए । सोही सन्दर्भमा नेपाली जनताले एकपटक वीपी, गणेशमान, सुवर्ण र किसनुजीलाई सम्झने अवसर धनराजले दिएका थिए ।
द्वन्द्वात्मक अवस्थामा विजयकुमार गच्छेदारको पनि नेपाली कांग्रेस पार्टीमा कमजोर भूमिका थिए । उनको एउटा आँखा पनि पार्टी राजनीतिमा रहेको क्रियाशीलताका कारण उब्जेको द्वन्द्वबाटै गुमेको भन्ने सुनिन्छ । यसरी उच्चतम प्रसिद्धि र सम्मान पाएका नेता धनराज गुरुङ जब–जब सरकारमा पुगे तब–तब दुर्गन्धित बन्दै आइरहेका छन् । यसभन्दा पहिले धनराज कानुमन्त्री हुँदा आफ्नो चरित्रको बारेमा समाजमा राम्रो छाप छोड्न सकेका थिएनन् भने सहकारी प्रकरणले उनी नाङ्गिइसकेका छन् । राजनैतिक आडमा कानुनमन्त्री हुँदा विवादित भइसकेका व्यक्ति फेरि कसरी मन्त्री बन्न पुगे ? त्यो प्रश्न गर्नलायक विषय भए तापनि दलभित्र रहेको समूह विभाजनको आधारमा फेरि पनि मन्त्री भएका हुन् सक्छन् ।
रविको सन्दर्भमा सूर्य दर्शनलगायतका सहकारी संस्थाहरुबाट कसरी गोर्खा मिडिया सेन्टरको खातामा पैसा ट्रान्सफर भयो ? यदि भुलबस रकम गएको हो भने कारण देखाएर आफ्नो रकम सहकार वित्त संस्था वा बैंकहरुले फिर्ता गर्न सक्ने आर्थिक ऐनमा पनि प्रावधान छ । गोर्खा मिडिया ग्रुपको एमडी भइसकेको कारणले पनि रविको उत्तर दायित्व गोर्खा मिडिया सेन्टरमा पहिलो नै रहन्छ । उनको निवेदन, माग फारामबिना नै आफ्नो खातामा जम्मा भएको पैसा रविले फिर्ता गर्न छोडेर किन खर्च गर्नलाई चेक काटे ?
आफ्नो नभएको सम्पत्ति आफ्नो खातामा जम्मा हुन आयो भन्दैमा खर्च गर्न पाइन्छ ? त्यो त चोरी हो । यस प्रकरणमा रवि पानीमाथि ओवानो बन्न खोज्दै छन् । पानीमा डुबेर म भिजेको छैनन भन्न सकिन्छ ? कहाँसम्म भिजेको छ भन्ने त किनारामा आएपछि देखिहाल्छ नि । चीन, अमेरिका गुहार्दैमा नेपालको कानुनले कसैलाई छुट दिनु हुँदैन र दिँदैन, महोदय ! कसैको पनि राजनीति सकिन्छ कि रहन्छ भन्ने कुरा नेपाली जनता नेपालको कानुन कसैले पनि जम्मा लिँदैन ।
धनराजको लागि पनि नेपाली जनताले कारबाही नचलाउ भनेर त भनेकै छैनन् नि । प्रमाण जुटाऊ सरकार अदालत अख्तियार वा प्रहरीकहाँ पेस गर्नु पर्ने हो, पेस गर आदेश दिलाउ । अन्य दलका अन्य नेताहरु पनि छन् भने तिनलाई पनि छानबिन र न्यायको कठघरामा उभ्याउ तर रविको छानबिन भइसकेको छ । उनका गतिविधि सन्देहपूर्ण छन् । उनीमाथि कारबाही हुनै पर्छ । रविलाई लागेको हुन सक्छ माग्ने र ल्याउनेमा मेरो हस्ताक्षर छैन, म कसरी दोषी हुन्छु ? तर रविलाई थाहा छ कि छैन, यो मुलुकमा जङ्गली जनावरसम्बन्धी ऐन जुन ऐनमा शिमार गर्न र मार्न निषेध गरएका जनावरहरु जसले मारे पनि ती जनावरको मासु खानेहरु पनि कारबाहीमा पर्छन् ।
त्यसैले रविजीले उन्मुक्ति पाउने वा कारबाही गर्नु नपर्ने कुनै कारण छैन । त्यसैले जो जति बाटो भए पनि जनतालाई ठग्न नखोजे हुन्छ । तिमीहरु सबैको जति जनता सबैले बुझेका छन् । यहाँ व्यक्तिविशेष कसैसँग कुनै सरोकार छैन । गल्ती कल्ले ग¥यो र कुन प्रकृतिको गल्ती ग¥यो त्यसले कुन हदसम्मको सजाय पाउनु पर्ने हो त्यति मात्र जनताले बुझ्न खोजेका हुन् । न कि जनता कुनै चोर डाँकालाई कुनै पनि हालतमा माफी दिने र दिनु पर्ने भन्ने धारणा कहिलै राख्दैनन् । कुनै पनि वहाना गरेर कोही पनि अपराधबाट जोगिन नखोजे हुन्छ ।
नेपाली कांग्रेसभित्र चन्द्र भण्डारी, गगन थापा र विश्वप्रकाशले सदनमा होस् वा सञ्चारमा होस्, उनीहरुले उठान गरेका विषयहरु जायज छन् । गलती उनीहरुले गरेका छन् भने उनीहरुलाइृ पनि प्रमाण जुटाएर कारबाही गर्न, बिनाप्रमाण निराधार रुपमा कसैमाथि आरोप लगाउन पाँदैन । हो, आफ्नो निर्वाचन क्षेत्रमा आफूले वाचा गरेका र त्यहाँका तत्कालका आवश्यकता तथा समस्यालाई सम्बोधन गर्न सकेका छ्रैनन् वा गर्न चाहेका छै्रनन् भने आउँदो निर्वाचनमा मतदान नगरौँ, अर्को जुझारु खोजौँ, अर्को कर्मशील खोजौँ, त्यो पो हो तरिका । कसैमाथि पनि निराधार र निरर्थक आरोप लगाउन पाइन्छ ?
कांग्रेस, कम्युनिस्ट पार्टीमा दुई–चार जनता नेता भन्नेहरु जेल जाँदैमा संगठनलाई र राज्यलाई कुनै नोक्सान व्यहोर्नु पर्ने अवस्था आउँदैन तर रास्वपामा रविमाथि कारबाही सुरु भयो भने उनीहरको पार्टी संगठन नै तहसनहस हुन्छ । त्यसैले पनि रविलाई निरपाराधी बनाउन संगठन भित्रको उच्च तहको तप्का नै लागिरहेको छ । पटक–पटकको सरकारमा रविको रोजाइँमा गृहमन्त्री नै किन रह्यो ? के गठबन्धन सरकारबाट रविले अपराध अनुसन्धानसम्बन्धी कानुनलाई संशोधन गर्न सक्थे ?
गृह भनेको अपराधी तथा चोर, डाँकाहरुलाई कारबाही गर्ने निकाय हो नि । कतै आफूले गरेको यस्तै अपराधपूर्ण कार्यको मिसिल लुकाउन गृहमन्त्री भएका त होइनन् ? यी सबै विषयमा जनता जानकार छन् । ठिक छ रविले मिसिल लुकाउन या नलुकाउन त्यस विषयमा जनताले ध्यान दिन्छ त, बोल्दैन । किनभने त्यो प्रकरण अनुसन्धानको घेराभित्र पसिसक्यो ।
किनभने अनुसन्धान अधिकारीहरुले समेत छानबिन समितिको प्रतिवेदनले हामीलाई अनुसन्धान गर्न सहज बनाएको छ भन्ने अभिव्यक्ति समेत सार्वजनिक रुपमा दिइसकेका छन् । अब लोलोपोतोमा वा कुनै पनि निर्णयको आधारमा सरकारले रवि केन्द्रित सहकारी प्रकरणलाई ढाकछोप गर्न वा लुकाउन सक्ने अवस्था छैन । त्यसमा अनु थपिनेहरु जोसुकै वा जतिसुकै थपिनु त्यसमा जनताले त्यो लाइन हेर्न चाहन्छन् । त्यसमा जुनसुकै तहका नेता भए पनि अनुसन्धान निकायले लाइन लगाएको जनता हेर्न चाहन्छन् ।
कांग्रेस र कम्युनिस्टका अन्य नेताहरु पनि यस प्रकरणको लाइनमा लाग्न सक्ने धेरै सम्भावना पनि जनताले देखिसकेका छन् । त्यसैले ती अपराधीहरुलाई कठघरामा उभ्याएको हेर्न चाहन्छन् भने ती चोरहरुलाई मुसिका नै भएको हेर्न चाहन्छन् । सूर्य दर्शन, शिवशिखरलगायतका सहकारीको रकम फिर्ता हुने र गराउनेतर्फ सरकारले अझै कदम चालेको जस्तो देखिँदैन भने ती सहकारीहरल्े रकम जम्मा गर्ने गरेका प्रभु बैंक, सिद्धार्थ बैंक तथा कामना सेवा विकास बैंकमा रहेको रकम समेत अतिक्रमित भएको अवस्थामा गोरखा मिडिया सेन्टरका अध्यक्ष रवि लामिछानेले गोर्खा मिडिया सेन्टरको छविराज ओझाको शेयर समेत आफूले खपाएको भन्ने बुझिएको छ ।
संसदीय छानबिन समितिको १२ सय पेजको प्रतिवेदन अनुसार प्रहरी रास्वपाको पार्टी कार्यालय घेर्न समेत पुग्यो तर रविलाई गिरफ्तार गर्न सकेको छैन । यो सरकारको निर्लज्जापन हो । उता रविले न्यूयोर्कबाट समेत आँखा नझिक्काउन भन्दै चुनौती दिए भने अन्य सबै राजनेतिक दलका नेताहरुसँग हारगुहार माग्थे, सिद्धार्थ वनस्थलीबाट ।
गिरफ्तार गर्न नसक्ने पुलिसलाई रमेश लेखकले किन वनस्थली पठाए । कुनै ठाउँमा निहत्था विद्यार्थी मारेर सवारी चलाउने नेपाल सरकार छानबिन समिितले १२ सय पृष्ठको दोषी करार गरिएको प्रतिवेदन पढेर कार्यान्वयन गर्नलाई दिएको हो कि आगो ताप्न ? यदि सरकारसँग रविलाई गिरफ्तार गर्न सक्ने सामथ्र्य छैन भने रमेशको गृह र केपीको प्रधानमन्त्री हुतिहारा सावित भइसक्यो, केको नाटक गर्नु प¥यो ?
वासिङटन वेल, कल वेल नभएर च्यालेन्ज बेल रहेछ तिमीहरु त्यो घन्टीको आवाज सुन्यो भने दायाँवायाँ गर्न सक्दैनौ । तिमीहरु त हुतिहारा पो रहेछौ । रवि नै जिउँदो तिमीहरुभन्दा त कमसेकम प्रभुलाई त तिमीहरुले भन्दा बढ्ता खुसी राखेका रहेछन् । घटना केलाउँदै र अध्ययन गर्दै जाँदा दुवै बाबुछोरा केपी र रविका घटना एउटै प्रवृत्तिका देखिए ।
रविले पनि कुनै सहकारी प्रकरणमा आफूले निवेदन पिदएर तमसुकमा सही छाप गरेर पैसा बुझिएको प्रत्यक्ष नै देखिए पनि निकाशी चाहिँ उनकै गोरखा मिडिया केन्द्रको नाममा निकासी देखियो । जहाँ उनी म्यानेजिङ डाइरेक्टरसमेत रहेर मिडिया हाउस सञ्चालन गरिरहेका थिए ।
अर्को हेर्नुस् मिनबहादुर गुरुङ जो नेपालमा अहिले प्रख्यात हुँदै कुख्यात हुन पुगेका व्यापारी हुन् । घटना अनुसार उनी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धमा रहेको निकटता पछिल्लो सम्पत्ति दान कर्मबाट पुष्टि हुँदै गइरहेको छ । हो, एमालेले ििकनेको होइन, पैसा तिरेको छैन, त्यसैले त्यो सम्पत्ति दान नै हो । उनले त्यो कीर्तिपुरको १२ रोपनी जमिन दिए भने सँगै नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग शिलान्यास कार्यक्रममा पनि सहभागी भए, मिनबहादुर गुरुङ, आफैँ पार्टी कार्यालय भवन निर्माण गरिदिने सहमतिमा ।
त्यो सम्पत्ति न त मिनबहादुरले दान गरेको ठहर्छ, शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा आपतकालीन सेवा सञ्चालनको लागि निर्माण गरिउको भवन जसरी । किनभने पार्टीहरु त अन्य गैरसरकारी संस्था जस्तै ठुला एनजिओ हुन् । एनजिओ, आइएनजिओलाई दिएको सम्पत्ति दान भन्न र कर छल्न पाइँदैन । जवाफ देओस सरकारले, किन मिनबहादुरले एमालेका निमित्त लगानी गरेको ? त्यो तीन अर्बभन्दा बढी रकमको कर मिनाहा गर्न सक्छ ? अहिले आएर पछिल्लो चरणमा घटेको मिनबहादुर गुरुङ र एमाले प्रकरणले हेर्दाहेर्दै रविको भ्रष्टाचारको शैलीलाई ओझेलमा पा¥यो ।
अब भन्नोस् न त मिनबहादुरले दिएको सम्पत्ति दान भनेर लेख्न पाइन्छ ? न त मिनबहादुरले भनेको तीन अर्बको सरकारले कर छुट गर्न पाउँछ ? अब भन्नोस् यो भ्रष्टाचार न भएर के हुन्छ ? रवि त सञ्चारदेखि नै बाटो मुसोको रुपमा देखापरेका व्यक्ति हुन् । उनले जाल काट्ने र प्वाल खोल्ने काम गर्दै नै आएका थिए । राजनीति आहारको कारण हात्ती बन्ने अवसर प्रापत गरेका केपी ओली पछिल्लो समयमा आफ्नै कारण कतै मुसीका बन्ने त होइनन् ? अन्ततः मुसीका भवः ।
छेक सहयोगको महङ्खव हुन्छ, शैली हुन्छ, धारणा पनि हुन्छ तर मिनबहादुर गुरुङले नेकपा एमालेलाई गरेको सहयोगको चर्चा नभएर एमालेले आदान गरेको गुरुङको सहयोग र गुरुङले प्रदान गरेको सहयोगको जुन चर्चा छ त्यो केपी शर्मा ओलीले गरेको बढता व्याख्या र शिरोधार्यताको मात्र जनमानसमा चर्चा भएको हो । जुन सकारात्मक पनि हो । त्यसैले मुसो मोटाएर हात्ती हुँदैन, मुसिका भवः ।