अजम्मरी सामुदायिक वनको १८ औँ साधारणसभा

टेकबहादुर पुन

देउखुरी,३० असोज । लमही नगरपालिका ५ मा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १८ औँ साधारणसभा सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको सभाध्यक्ष तथा डिभिजन वन कार्यालय देउखुरीका प्रमुखका महेन्द्रराज वाग्लेको प्रमुख आतिथ्य एवं लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यमा साधारणसभा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिति डिभिजनल प्रमुख महेन्द्रराज वाग्लेले लुम्बिनी प्रदेशको राजधानीले छोएको लमहीस्थित अजम्मरी सामुदायिक बनको भबिष्य उज्वल रहेको बताए । पर्यापर्यटनसंग जोड्न ग्रिनपार्क संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै वाग्लेले अझै आयआर्जनसँग जोड्न सशक्त रुपमा समिति लाग्नुपर्ने बताए ।

वनको संरक्षणसँगै त्यसबाट उपभोक्ताले फाईदा लिनेगरी काम गर्नुपर्ने र समिति र उपभोक्ताले बनप्रतीको चासो बढाए जस्तो सहयोग गर्नपनि डिभिजन बन तयार छ वाग्लेले बताए । उनले स्थानीय सरकारको बिकासमा वनले अड्को थापेको गुणासोलाई चिर्दै ब्यालेन्सिटमा काम गरे कसैलाई असर नपर्ने जिकिर गरे ।

ुसरकारको बिकाशमा बनले अड्काउँछ भन्ने हल्ला छ, डिभिजन बन सधै सरकार सँगै छ वाग्लेले भने आबस्यक बनको संरक्षण गरौ र विकास पनि गरौँ, हामी सधै साथमा छौँ ।ु उनले बनको कामकारबाहीको अनुगमन तथा निरिक्षण गर्न स्थानिय सरकारको पनि अधिकार भएकाले बनको अनुगमन गर्न अनुरोध समेत गरे ।

कार्यक्रममा विशिष्ट अतिथी लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले दैनिक जिवनमा आवश्यक पर्ने सामाग्री बनबाटै आउने भएकाले त्यसको संरक्षण गर्दै फाईदा लिनुपर्ने बताईन । सिकाईका लागी स्थानीय सरकारले लगानी लगाउने र सिक्नका लागि विभिन्न सामाग्री बनबाटै आउने भएकाले सरकार र बन एकआपसमा मिलेर जानेपर्ने बताईन । जसका कारण उद्यमी बनेर आयस्रोत सँग जोडिन यसको महत्वपुर्ण भुमिका रहने भएकाले बनको संरक्षणमा चासोका साथ लाग्नुपर्ने बताईन ।

अजम्मरी सामुदायिक वन समितीका सल्लाहकार शसिराम नेपालीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पत्रकार राधेश्याम गुप्ता, नेपाल रेडक्रस सोसाईटी लमहीका सभापती ताराप्रसाद खनाल, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोखरेल, सामुदायिक बन उपभोक्ता महासंघ लमही नगर अध्यक्ष पुर्णबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीका लमही नगर अध्यक्ष केपी गैरे, नेकपा माओबादी केन्द्रका नगर सदस्य प्रेम पुलामी, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुवेदी सागरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अबसरमा विभिन्न क्षेत्रमा योगदान तथा सहयोग गरेको भन्दै समितिले विभिन्न संघसँस्था तथा ब्यक्तिलाई कदरपत्रले सम्मान गरेको छ । डिभिजन बन कार्यालय देउखुरीका बरिष्ठ फरिस्टर तथा बन्यजन्तु संरक्षक एबम् अनुसन्धानकर्ता चिरञ्जीवी खनाल, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषाल, गौमुखी बचत तथा ऋण सहकारी सँस्था लमही, सिद्धार्थ बैँक लमही, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुनखोला, रणसिंह दल गण नेपाली सेना लमही, हरियाली बचत तथा ऋण सहकारी सँस्था र पत्रकार भानुजोशी सम्मानित भएका थिए ।

कार्यक्रममा बार्षिक प्रगती प्रतिबेदन समितीकि सचिम गोमा भण्डारीले प्रस्तुत गरेकी थिईन भने कोषाध्यक्ष तेजबहादुर बिकले आर्थिकबर्ष २०८०र०८२ को ६३ लाख, ३१ हजार, ८ सय ५४ रुपैया २४ पैसाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन समितिका प्रेस संयोजक शिबु खनालले गरेका थिए ।