कविता डिसी
दाङ,२० असोज । घोराही उपमहानगरपालिका–१७ मा रहेको पद्मोदय क्याम्पसमा अध्ययनरत व्यवस्थापन र विज्ञान संकायमा अध्ययन विद्यार्थीले प्रकाशन गरेको पुस्तक ‘वाणिज्य दर्पण’ को बिमोचन गरिएको छ ।
पद्मोदय क्याम्पसमा बिबिएस र बिएस्सि चौथो बर्षमा अध्ययन विद्यार्थीले अनुसन्धानमुलक, व्यवसायिक लेख तथा रचनाहरुको संगालो वाणिज्य दर्पण बार्षिक मुखपत्रका रुपमा प्रकाशित गर्दै आएका छन् । यो बर्षको वाणिज्य दर्पणको छैठौं अंक हो ।
पद्मोदय क्याम्पस वाणिज्य दर्पण प्रकाशन समिति अध्यक्ष नारायणी डाँगीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुस्तकको बिमोचन गरिएको थियो । पुस्तक बिमोचन कार्यक्रममा क्याम्पस प्रमुख किरण पौडेल, पद्मोदय क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष गोविन्दप्रसाद न्यौपाने, पूर्व क्याम्पस प्रमुख निश्चल आचार्य, शिक्षक प्रतिनिधि निशान्त आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पसमा अध्ययनरत व्यवस्थापन र विज्ञान संकायमा चौथो बर्षमा अध्ययन विद्यार्थीले प्रयोगात्मक अभ्यासअन्तर्गत प्रत्येक बर्ष बाणिज्य दर्पण पुस्तक प्रकाशन गर्दै आएका छन् । बाणिज्य दर्पण प्रकाशन समितिका उपाध्यक्ष उषासिंह कौशलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिकी सचिव कविता डिसीले कार्य प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा बिजयादशमी, दिपावली तथा छठ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रकमको सहजीकरण सदस्य नारायण न्यौपानेले गरेका थिए । कार्यक्रममा उत्कृष्ठ काम गर्ने विद्यार्थी लक्ष्मण भण्डारी र शिरिष रेग्मी र विज्ञापनदाता राज ग्रार्मेन्ट एण्ड टेलरिङ सेन्टर र जुवी कलेक्सनलाई सम्मान गरिएको थियो ।