calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

प्रेस युनियनले बस्नेतको घरमा ग¥यो शोकसभा

दाङ,१५ असोज । मातृ शोकमा परेका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देबेन्द्र बस्नेतको घरमा पुगेर नेपाल प्रेस युनियनले शोक सभा गरेको छ ।

युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षता र केन्द्रीय अध्यक्ष शिब लम्सालको प्रमुख आथित्यमा शोकसभा भएको हो ।

केन्द्रीय अध्यक्ष लम्सालले आमाको निधनवाट केन्द्रीय सदस्य बस्नेत र उनको परिवारमाथि बर्जपात परेपनि धैर्यधारण गर्न आग्रह गरेका थिए । काजकिरियाको कार्य सकेपछि पुनः पत्रकार बस्नेत आफ्नो पेशामा पहिले जस्तै क्रियाशिल हुनेमा विश्वास ब्यक्त गरेका थिए । युनियनका दाङ जिल्ला अध्यक्ष नारायण खड्काले आमाको निधनवाट शोकाकुल बस्नेत परिवार प्रति जिल्ला र केन्द्रको तर्फवाट श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

शोकसभामा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, युनियनका नेता तथा रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, युनियनका सदस्यहरु खेमराज रिजाल, बिमल गौतम, बालाराम खड्का पुगेका थिए ।

त्यस्तै प्रेस चौतारी नेपालका सुर्दशन रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, तुलसीपुर सिटी हस्पिटलका प्रबन्धक हेमराज बस्नेत लगाएत शोकसभामा पुगेका थिए । युनियन केन्द्रीय सदस्य देबेन्द्र र साधारण सदस्य भानुभक्त तथा शुभचिन्तकहरु घनश्याम र नारायण बस्नेकी ६३ बर्षीया ममतामयी आमा नौलीकुमारी बस्नेतको असोज ६ गते क्यान्सरका कारण मृत्यु भएको थियो ।

बस्नेतको मृत्यु भएको ९औं दिनका दिन निवासमै पुगेर युनियनले शोक सभा गरेको हो । शोक सभा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमको सहजीकरण युनियनका जिल्ला सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।