देशको राजनीतिक अवस्था
1 min readगुरुप्रसाद शर्मा रेग्मी
कुनै पनि विषयको उद्देश्य शुभ छ भने पाप पनि धर्म बन्न जाद छ । यदि उद्देश्य अशुभ छ भने ज्ञान पनि पाय बन्न जाद छ । वर्तमानको राजनीतिक शुभ नभएकाले राजनीतिक ज्ञान पनि पाप बन्न गएको हुन्छ । वर्तमानको अशुभ राजनीतिकले गर्दा राजनीतिक संस्कार, संस्कृतिm आदर्श, मर्यादा, मौलिक कलाको अभाव हुन गएकाले राजनीति सप्रेषणीय बन्न सक्दैन ।
सरोकारवालाहरुलाई सम्बोधन गर्न पनि सक्दैन । कुनै नेताहरुलाई समाजप्रतिको दायित्वबोध पनि हुन सक्दैन । विगतमा आस्था र निष्ठा, आदर्श र सम्मानका शब्दहरुले सम्मान गरिने नेताहरु आज अपमान र अमर्यादित शब्दहरुले सम्बोधित हुन गइरहेका छन् भन्ने सामान्य अनुभूति भएको पनि कहीँ कतै कसैलाई भएको पाइँदैन । यो भन्दा ठुलो राजनीतिक विडम्बना अरु के हुन सक्दछ । यही कारणले गर्दा आजका राजनीति दलका नेता जनताको घरदैलोमा एक्लै जान सक्दैनन् । कही जानुप¥यो भने प्रहरी फोर्स र झोलेहरुको सोर्सबाट मात्र जान सक्ने नेता हुन सक्दैन जस्तो लाग्दछ ।
चाहे महाभारतको विनासकारी युद्ध होस् या वर्तमानको सत्तासिनहरुको सत्तँ र सम्पन्नतामा पुग्ने षड्यंत्रले गर्दा राजनीतिको जटिलता, परिस्थिति र त्यो परिस्थिति उत्पन्न गराएको मनोवैज्ञानिक जटिलताको व्याख्या हुनै नसक्ने अवस्थामा पुगेको छ । सद्भावको कुरा जगाऊ भनेर जगाउन पनि सकिँदो रहेन छ । एकले अर्को माथि गरेको अपमान दुव्र्यवहारको घाउ पनि कसैको कसैगरी निको हुँदो रहेन छ ।
सधै आलो रही रहने भएकाले नेताहरु जहाँ भए पनि, जहाँ गए पनि आफूभित्र रहेको जे जति दोष, घृणा, अपमानकोबोध, असहिष्णुता, अहंकार, अतृप्ति, कुण्ठा, अभिमान छन् । ती सबै दुगुर्णहरुलाई आफ्ना विशेष कार्यकर्ताहरुमा सार्ने काम मात्र नै रहेको नभएर कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रमा उचाल्ने, उकास्ने, सुरक्षा र संरक्षण दिने जो गलत काम भइरहेको छ । जसले गर्दा कार्यकर्ताहरु क्रुर, चरम अभिमानी, षड्यंत्रकारी, भ्रष्टाचारी, बलात्कारी, इष्र्यालु, हेपाहा र उद्दण्डकारी बन्दै गएकाले आज राजनीति यति बढी प्रदुषित र विकृत हुन गएको कुरामा शंका गर्ने कुनै ठाउँ भएजस्तो लाग्दैन ।
वर्तमानको अवस्था र व्यवस्थाको विशुद्ध रुपमा अवलोकनर मूल्याङ्कन गर्ने हो भने महाभारतमा दुर्योधनलाई कपटी, क्रुर, अहंकारी र षड्यंत्रकारी बनाउने सकुनी भए झै वर्तमानको समयमा सकुनीको काम गर्ने विभिन्न देशका राजनीतिक नेताहरुले मित्रताको नाममा यो देशका राजनीतिक दलका नेताहरुलाई गलत प्रशिक्षण दिइरहेका छन् । जसले गर्दा देशको राजनीति नै षडयंत्रकारी बन्न गएको छ । दलका नेतृत्वहरु सत्ता र सम्पन्नताको लागि धृत राष्ट्र झै अन्धा भएर राजनीतिको रथ घुमाउने दुस्प्रयास गरिरहेको अवस्था छ । यहाँका राजनीतिक दलको कुनै नेता अन्यायमा परेको छ भन्ने सोच नै मूर्खताको प्रतिक हो ।
किनभने यहाँका नेताहरुको न कुनै दिृतोपयोगी जनभिजन छ । न देशको विकास र समृद्धिको अवधारणा नै छ । यिनीहरुसँग केवल सत्ता र सम्पन्नता बाहेक अरु कुनै भिजन नै हुँदैन । त्यसैले यतिबेलाका नेताहरु जनताबाट आफ्नै दलका कार्यकर्ता घाट नै अपहेलित र एक्लिँदै गएको छन् । यिनीहरु गणतन्त्रका नेता नभएर षड्यंत्रका नेता सिद्ध भएका छन् ।
त्यसैले त यिनीहरुले गर्ने र दिने भाषणमा एकअर्को दललाई गालीगलौज, भ्रष्टाचारी, आतंककारी भन्ने बाहेक अरु कुनै देशको विकास र समृद्धिको बारेमा कहीँ कुनै नेताहरुले भनेको कसैले सुनेको छ जस्तो लाग्दैन । यी नेताहरु सकुनीको निर्देशनमा रहँदासम्म यो देशको अवस्थामा कुनै सुधार हुन सक्दैन । बंगलादेशबाट पाठ सिक्नु पर्ने बेला भइसकेको छ ।