Goraksha

National Daily

पत्र साहित्य : भाइलाई चिठी

श्रीयुत भाइ रमेश
शुभाशीष

भाइ रमेश, यहाँ हामी सबै आराम छौ साथै त्यहा अमेरिकामा अध्ययनार्थ बसेका तिमी र तिम्रा साथीहरुको कुशलताको कामना गर्दछौ । यस पटक तिमीले पठाएको पत्र समयमै प्राप्त भयो । पत्रमा नेपालभित्र के कस्ता गतिविधि भइरहेका छन् भनी चासो राखेकोमा बधाई दिन चाहन्छु साथै तिम्रो जिज्ञासा मेटाउने प्रयास गर्नेछु ।

भाइ रमेश, नेपालमा प्राचिनकालदेखि ऋषिमुनिका सद्भावले ज्ञानले उनले दिएका विचारले हाम्रो समाजको संरक्षण र सम्वर्धन हुँदै आएको कुरा इतिहासमा उल्लेख छ । हाम्रा धर्म शास्त्रले उपकारी बन्न सिकाएका छन् । विषेश परिरस्थतिमा त्याग गर्न सिकाएका छन् । हाम्रा पूर्वजहरुले पनि यिनै कुराको आधारमा समाज र राष्ट्रलाई सञ्चालन गरेको देखिन्छ । सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि सम्पूर्ण वैभव त्याग गरेको इतिहास हाम्रा सामु छर्लङ्ग छ । चाणक्यले पनि अन्यायको विरुद्ध अत्याचारको विरुद्ध आफ्नो जीवन दाउमा लगाएर नन्दवंशको अन्त्य गरेको कुरा इतिहासमा आउँछ ।

यी सबै कुराबाट पाठ सिकेर देशको शासन सञ्चालन गर्न सके कति जाति हुन्थ्यो तर के गर्नु हाम्रा नेता यस्ता महान् विचारबाट कोसौ टाढा छन् । राष्ट्र बनाउने हैन, आफू बन्ने आफूले मनग्य कमाउने र आफ्नालाई मोट्याउने कुवेर बनाउने मात्र सोच छ । यसले कसरी राष्ट्र बन्छ त ? त्याग तपस्या र समर्पणका भाव, देशभक्ति नैतिकता दायित्वबोध कतै छैन । त्यसैले त राष्ट्र ओरालो लागिरहेछ । यहाँ पार्टी छन् तर ती पार्टी जस्ता छैनन् । पार्टीका आफ्ना सिद्धान्त छैनन् । नेताहरु पनि त्यस्तै छन् । बोलेको कुरा थाहा पाउँदैनन् । बिहान एक थोक बोल्छन् । साँझ ठिक त्यसको उल्टो बोल्छन् । कसैसँग बाँझन लागे त त र म म गरेर

तल्लो स्तरमा उत्रिएर भाषण गर्छन् । राम्रो काम गरौ जनतालाई सुख शान्ति दिने कुरा गरौ । उद्योग खोलौ । जनहितलाई ख्याल गरेर नियम कानुन बनाउ भन्ने सोचै छैन । करको मात्रामा वृद्धि गरेर आफूले कसरी मस्ति गर्ने भन्ने सोच मात्र छ । अपराधीको संरक्षण गर्ने, आफूले पनि अपराध गर्ने प्रवृत्तिको विकास भइरहेको छ । पहँुच भएका तर खेती नगर्ने नेता र उनका आफन्तले कृषिमा अनुदान पाइरहेका छन् । खास किसानले राहत पाइराखेका छैनन् । धन पैसा पार्टीलाई बुझाउन सक्ने भए जस्तै अपराधीलाई पनि पार्टीले टिकट दिइहाल्छ ।

अनि कसरी देशको उत्थान हुन्छ । नेताले गठबन्धन मात्र भन्छन् । सधैभरी गठबन्धन गर्ने भए पार्टी किन चाहिए । सहकारीलाई सिध्याउने काम भइराखेको छ । सहकारीको पैसा अपचलन गर्ने व्यक्तिलाई पनि कारबाही नहुने रहेछ । हामी जनताका नेता हौँ, हामी जनताको सेवा गर्छाै भन्छन् । काम हेर्दा जनता मार्ने काम मात्र गरेकाछ न् । मिटर व्याजको कारणले लाखौँ किसान मरिरहेका छन् । सरकारले देख्या न देख्यै ग¥या छ । दुध बेच्ने किसानको हाल त त्यस्तै छ किसानको दुधको अरबौँ रकम दुग्ध संस्थानले तिर्न सक्या छैन । सहकारीको रकम फिर्ता न पाएर जनता मरिरहेका छन् ।

कतै भूकम्प आयो भने उच्चपदस्थ नेता मन्त्री प्रधानमन्त्री हेलिकेप्टर रिजर्भ गरेर जान्छन् । सम्बन्धित सिडिओलाई राम्ररी हेर्नु भने त भई हाल्थ्यो । किन हेलिकेप्टर रिजर्भ गरेर हेर्न गइरहनु । त्यो हेलिकप्टरको खर्च भूकम्प पीडितलाई दिएका भए कमसेकम आवास त बनाउँथे । विचरा भूकम्प पीडितले अहिलेसम्म पनि राहत पाउन सकेका छैनन् । कत्रो बिचल्ली हो । आजभोलि विचरा प्रचण्डको त्यो बिचल्ली सुन्दा टीठ लागेर आउँछ ।

२०६४ को चुबाबमा सबैभन्दा ठूलो पार्टी खिएर समानुपातिक समेत गर्दा जम्मा ३२ सिट छ । किन घट्दै गयो भनेर सोच्ने फुर्सतै छैन । आफै सत्तामा हुँदा त घाइते अपाङ्गलाई हेरेनन् । अब फोस्रा गफ लाएर के हुन्छर ? भाइ रमेश, समष्टिमा भन्नु पर्दा पार्टी जनताप्रति उत्तरदायी हुन सकेनन् । आफू मोटाउने काम मात्र गरे । यसैले जनता आजित छन् । हालको गठबन्धन पनि त्यति भरपर्दो होला जस्तो छैन तै पनि हेरै कस्तो गर्छ । अपराधीलाई दण्ड दिने प्रवृतिको विकास नहुँदासम्म केही हुने वाला छैन । भाई रमेश, यो पत्रमा तिम्रा केही जिज्ञासा मेटाउने प्रयास गरेको छु । बाँकी कुरा अर्को पत्रमा ।

तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने