अतिबुद्धिमानका कूतर्क र सन्तानको प्रेम

बिनोद पोख्रेल
२०७६ माघ ७ गते
नेपालको राजनीतिको बारेमा पटक्कै बोल्दैन भनेर धेरै पटक सोचेको छु । तर सम्भव भएको छैन । बोलन पनि परेको छ । लेख्न पनि परेको छ । सोच त्यही बनेपछि म वाध्य हुन्छु । एक लाइन आज पनि लेख्छु, यति फोहर र गैरजिम्मेवार राजनीति नेपालमा कहिल्यै पनि भएको थिएन होला । त्यस्तै भविष्यमा पनि यो सुध्रिएछ भने फेरि यस्तो स्थिति नदोहोरियोस् । कशिलेकाहीँ त यहाँ विज्ञहरु, विद्वान्, विश्लेषकहरु पनि चाहिनेभन्दा बढी भएजस्तो लाग्छ । त्यस्तै नेताहरु पनि चाहिनेभन्दा धेरै नै भए । यी तत्वहरु जति धेरै हुन्छन् त्यति धेरै पद, सुविधा र बौद्धिकताहरु भोग्नुपछृ । त्यसैले यस्तो स्थितिमा द्वन्द्व बढ्नु स्वभाविक हुन्छ । म आफै पनि द्वन्द्वमा फस्दै छु । चाहँदा नचाहँदै पनि राजनीतिबो लेख्दै छु । कूतर्कहरु गर्नेहरुले सधैं राजनीति र समाजलाई द्वन्द्वमा फसाइरहेका हुन्छन् ।

छाउपडी प्रथाबारे मैले जहिले थाहा पाएँ त्यहीबेलाबाट म त्यस्तो चलनसँग डराएको छु । कमसेकम हाम्रो यता त्यस्तो गलत चलन छैन भनेर चित्त बुझाएको छु । मैले थाहा पाएको पनि अलि धेरै समय भयो । अब आएर त्यो चलन गलत हो भनेर राजनीतिक चेतनाले स्वीकारेको जस्तो देखिन्छ । अझै सामाजिक चेतनाले पूर्णरुपमा स्वीकार गरेको जस्तो लाग्दैन । त्यसैले अझै पनि त्यसको विरोधमा भएको, देउता रिसाउने सोचका आधारमा तर्क गरिउको कतै–कतै सुन्नु परिरहेको छ ।

समाजलाई पूर्ण सचेत गराउन शिक्षा पहिलो आधार र पहिलो शर्त हो । व्यक्ति आफू सचेत भएन भने कानुन जति बनाए पनि अथवा जति भाषण गरे पनि त्यो लक्षित परिणामदायी हुन सक्देन । त्यसकारण त्यो स.स्कार गलत हो भनेर बुझ्ने चेतनाको विकास गर्न सबै लागिपर्ने बेलामा काठमाडौंका कोठामा सुविधापूर्वक सुत्ने संस्कारलाई पनि छाउपडी जस्तै भनेर तुलना गरेको तर्कहरु सुन्दा हाँसो पनि उठ्ने गर्छ । दिक्क पनि लाग्ने गर्छ । कमसेकम छाउपडीको स.स्कार र सोचलाई काठमाडौंकी महिलाको स्तरसम्म त पु¥याऔँ ।

यसको लागि सबैको प्रयास आवश्यक छ । परिवर्तन भनेकै सकारात्मक सुधारहरु हुँदै वा गर्दै जाने हो । तर यहाँ त छाउपडी गोठमा बस्ने महिलाको त्यस बेलाको स्थिति र काठमाडौंमा बस्ने महिलाको त्यसबेलाको स्थिति एकै हो भनेर व्याख्या गर्ने अतिबुद्धिमानहरुका (कू)तर्कले समस्यालाई गम्भीर हुन नै दिँदैन । यो मानसिक फतुरको प्रमाण नि हुनसक्छ । अथवा नियोजित रुपमा उस्तै हो भनेर समाजका समस्या समाधान नगर्ने अनि यिनै समस्याको भरमा आफ्नो स्वार्थ पूरा गर्ने सोच पनि हुनसक्छ । यस्तै सोचले समाजमा आवश्यक, अपेक्षित परिवर्तन हुनमा बाधा पु¥याउँछन् ।

२०७६ माघ ८ गते

एकपल्ट एकजनाले भनेको सम्झन्छु । केही न केही ग्रह सबैमा हुन्छ । सबै ग्रहले छोड्ने हो भने मनिस मर्छ । त्यही विचारमा पनि जागेको हो कि ? अथवा मैले पनि त्यही तरिकाले सोच्न थालेको हो कि ? तयो मलाई थाहा छैन । तर साना वा ठूला चिन्ताले मलाई पनि छोइरहेकै हुन्छ । यसो गर्नुपर्ने त्यसो गर्नुपर्ने अथवा यस्तो भए सजिलो हुन्थ्यो, आदि । मैले आफूले काम केही गर्दैन तर पनि उपरोक्त सोच हुन्छन् । त्योभन्दा पनि नजानिदो रुपमा एउटा बानी बढ्दै जान लागेको जस्तो लाग्छ ।

घरमा हामी बूढाबुढी वाहेक छोराबुहारीहरु सके सबै नभए पनि एकसेट हुनै पर्छ जस्तो लाग्न थालेको छ । आजका मितिमा भन्ने हो भने हामी दुईजना छौँ । साने छ तर विहानै स्कूल जान्छ । उसको समयमा उठेर उसलाई चिया पकाएर खान दिन पनि शारीरिक वाध्यताले हामीबाट हुँदैन । भन्न त केही तातो पिएर जान्नु भन्छ । तर के ग¥यो, चिसो मान्छ कि आदि कुराले तानिरहन्छ । अरु कतिको परिस्थिति हेरेर तुलना नगर्ने हो भने हमीसँग एउटा छोराको परिवार छ । बुहारी घरभित्रको बाहिरको सबै कम गर्न सक्षम छ । उसलाई हतारो, चिन्ता वा दुःख हुन्छ त्यो नि थाहा छ । यसका लागि आफूले कुरा बुझिदिने र सकेसम्म परिवेश अनुकूल भइदिने हो । त्यो पनि हाम्रो तर्फबाट सबै प्रयास हुन्छ ।
तर प्रष्टसँग भन्छु काम मात्रैको लागि आफ्नो सन्त्रास चाहिने होइनरहेछ । यो मनोविज्ञानको विषय पनि रहेछ । आफू जति कमजोर हुँदै गयो उति आवश्यकता महशुस गरिन्छ, त्यसबाहेक मायाले पनि तान्ने रहेछ । फेरि आफ्नो सन्तानको कुनै विकल्प पनि हुँदैन, सायद । अरुको सहयोग, संवेदना आदि कहिल्यै पनि सन्तानको महत्वलाई वैकल्पिक रुपमै पनि कम गर्न सक्दैन । यो शारीरिक सुखको लागि मात्रै पटक्कै होइन । यहाँ भावना छ । मानसिक आवश्यकता पनि छ । हामी एउटा छोरोसँगै छ भन्नेमध्येमै पर्छौं, तर पनि विपुल बाहिर नै अलि व्यस्त हुने गर्छ र त मेरो यस्तो अनुभव छ । जसको जीवन छोराछोरी वा भएकै सबै सन्तान टाढा वा विदेशमा छन् उनीहरुको अनुभव कस्तो होला ? आफ्नो अनुभवको भरमा मूल्यांकन गर्दा ठीक लाग्छ ।

तर कुनै कुनैले हलुकरी वा निश्चिन्त भएर यस्तो परिवेशको प्रशंसा गरेको देख्दा वा सुन्दा या त उसले झुठ बोलेर चित्त बुझाएको छ जस्तो लाग्छ या त ऊ शारीरिक, मानसिक रुपले मभन्दा धेरै सक्षम, धेरै उच्च छ जस्तो लाग्छ । सन्तान वास्तवमा जैविक प्रक्रिया मात्रै होइन रैछ । यो जीवनको आवश्यकता पनि हो जस्तो समेत लाग्छ, मलाई । मैले अपेक्षा त केही गरेको जस्तो लाग्दैन । हुन त मेरो सामान्य अपेक्षाहरु पूरा भएर पनि यस्तो भएको होला । तर पनि जोड दिएर भन्न सक्छु कुनै छोराले मेरो व्यक्तिगत जीवनको लागि वा व्यक्तिगत आवश्यकता पूर्तिका लागि यस्तो गरिदिएन भन्ने न त अपेक्षा नै छ न त गुनासो नै । तर पनि यिनीहरु मेरो वा हाम्रो नजिक भए हुन्थ्यो भन्ने लाग्छ । कतै आफू असक्षम भएपछिको डर पो हो कि ?