Goraksha

National Daily

स्वर्गीय यादवको योगदानबारे चर्चा

दुःखहरण यादव
देउखुरी, २१ भदौ । नेपाली कांग्रेस गढवा गाउँपालिका क्रियाशील सदस्य तथा पूर्व सल्लाहकार स्वर्गीय हरिराम यादवको १३औँ दिनको पुण्यतिथिमा शोक तथा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गढवाका सभापति किरण पौडेलको सभापतित्व तथा नेपाली कांग्रेस दाङला सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको शोकसभामा नेपाली कांग्रेसका खम्बा तथा यादव समुदायको धरोहर स्वर्गीय यादवको दिवाङ्गत आत्मको चीरशान्तिको कामना गर्दै उनले समाजमा पु¥याएको योगदानबारे चर्चा गरिएको थियो । शोक मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस दाङका सभापति डाँगीले जीवनको उत्पत्तिसँगै मृत्यु हुनु स्वाभाविक भएको भन्दै उनले समाजमा पु¥याएको योगदानले सधैँ जीवित राख्ने बताएका थिए । समाजको कला, संस्कृति र संस्कारलाई जोगाउँदै राजनीतिक परिवर्तनका लागि महत्वूर्ण योगदान रहेको बताएका थिए ।

परशुनारायण चौधरीको पालामा देउखुरीमा राप्रपाको युग चल्दै गरेको समयमा हरिरामजीले कांग्रेस निर्माणमा गरेको योगदानको विषयको जति वर्णन गरे पनि कम हुने बताउँदै यादव समुदायमा राजनीतिक चेतना ल्याउने पञ्चायति कालमा कांग्रेसको नारा लगाएर समाजलाई कांग्रेसीकरणमा पु¥याएको योगदानको सधैँ सम्मान गर्नु पर्ने बताए ।

शोकसभामा नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेय, नेपाली कांग्रेसका प्रदेश १ ‘क’ का सभापति श्रीपत चौधरी, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, अनुराग यादव, गिरिजादेवी न्यौपाने, हिरालाल चौधरी, कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्साल, जिल्ला सदस्य टिपुर यादव, उमाकान्त पन्त, गढवा गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, राजपुरकी उपाध्यक्ष धनपतिदेवी यादव, क्षेत्रीय सहसचिव प्रकाश जिसी, सदस्य ओभा पाठक, बालचन्द्र हमाललगायतले शोक मन्तव्य व्यक्त गरेका थिए । दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै माल्यर्पण गरेर सुरु गरिएको शोकसभाको सहजीकरण सचिव पोषणराज शर्मा र पुरण चौधरीले गरहेका थिए ।