Goraksha

National Daily

जलवायु परिवर्तन र जैविक विविधता सम्वन्धी सचेतना

दुःखहरण यादव

देउखुरी,२० भदौ । जलबायु परिबर्तन अनुकुलन तथा जैबिक बिबिधता विषयक समुदाय तहको अन्तरक्रिया कार्यक्रम गढवामा सम्पन्न भएको छ ।मानब कल्याण तथा बातावरण संरक्षण केन्द्र दाङको आयोजना र सामुहिक अभियान काठमाडौको सहकार्य र युएसएआइडिको आर्थिक सहयोगमा जल जंगल कार्यक्रमअन्तर्गत बुधवार जलबायु परिबर्तन अनुकुलन तथा जैबिक बिबिधता सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।

गढवा गाउपालिका वडा नं ६ का अध्यक्ष बिरबहादुर आलेको सभापतित्व तथा सामुहिक अभियान काठमाडौका सदस्य सुदिल गोपाल आचार्यको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जलबायु परिबर्तन अनुकुलन र जैबिक बिबिधता बिसय मानब जीवनसंग प्रत्यक्ष सम्बन्धित रहेको बताएका थिए । जलबायु परिबर्तन अनुकुलन तथा न्युनिकरणको साथै जैबिक बिबिधतामा देखिएको असरलाई न्युनिकरण गर्न बस्ती तहमा योजना तथा नीति निर्माण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मानवकल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङकी सहसचिब सरस्वती सुबेदीले बताइन ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले मानवजन्य क्रियाकलापले दिन प्रतिदिन पृथ्वीको तापक्रम बढ्दै गएकोले यस्लाई न्युनीकरण र अनुकुलनका लागि प्रयास गर्नुपर्ने बताए । जलबायु परिबर्तनको असरले अनावृष्टि, अतिवृष्टि,सुख्खा बाढी पहिरो, महामारी जस्ता क्रियाकलाप बढ्दै गएकोले साथै पशुपंक्षीको वास्थान र प्रजाति लोप हुँदै गएको उनको भनाई थियो । राज्यले नीति निर्माण गरेर अनुकुलनाका गतिबिधि संचालन गर्नुपर्ने बताए ।

जलबायु परिबर्तन अनुकुलन र जैबिक बिबिधताको संरक्षणको लागि समुदाय तथा स्थानीय सरकारको भुमिका,जलबायु परिबर्तनको कारणहरु,अनुकुलनका उपाय,यसको असर तथा पार्ने प्रभावको बारेमा गढवा गाउपालिका वडानं ६ का ५० जना दलित जनजाति बिपन्न तथा सीमान्तकृत समुदायलाइ कार्यक्रम मार्फत सचेतिकरण गराइएको थियो ।

कार्यक्रममा स्थानीय बन समुह,वडा समिति,बाल क्लब,महिला समुह आमा समुह,टोल बिकास संस्था,स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधि,शिक्षक,बिपन्न महिला दलित समुदायको सहभागिता रहेको थियो । मानव कल्याणले जलवायु परिवर्तन र जैविक विविधता संरक्षण सम्वन्धी सचेतना कार्यक्रममा देउखुरीका १२ स्थानमा ६ सय बढिलाई सहभागी गराएर जानकारी दिने कार्यक्रम रहेको प्रशिक्षक कमल गौतमले बताएका छन् ।

कार्यक्रममा गढवा गाउपालिका वडानं ६ का सदस्य दिनमणि आचार्य,देउखुरी सामुदायिक पुस्तकालयजा अध्यक्ष ओभा पाठक,रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादव,पत्रकार शिवराज पन्थी,रेड्क्रस गढवाका युवराज आचार्य,गिरिराज पोख्रेल,मनिषा चौधरीलगायतले बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षक कमल गौतमले विषय प्रबेश गरिएको कार्यक्रमको सन्चालन सहसचिव सरस्वती सुबेदीले गरेकी थिइन ।