calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

गोरक्ष समाचारदाता
दाङ, १९ भदौ । गोरखा इन्टरनेशनल सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा सर्वाधिक ३.९६ जिपिए प्राप्त गर्ने छात्र उत्सव घिमिरेलाई सम्मान गरेको छ । स्कुलले मङ्गलवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।
गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्तीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले शिक्षा क्षेत्रमा पछिल्लो समय धेरै परिवर्तन भएको भन्दै विद्यार्थीलाई विशेष गरेर बढाइमा ध्यान दिन आग्रह गरेका थिए । अध्ययनमा मिहिनेत गर्ने लगनशील विद्यार्थीका लागि पढ्नकै लागि काठमाडौं जानु पर्ने बाध्यता नभएको भन्दै जिल्लामै बसेर राम्रो नजिता ल्याउन सकिने बताएका थिए ।

पहिले राम्रो शिक्षा अध्ययनका लागि लाखौँ रुपैयाँ खर्च गरेर काठमाडौ लगायतका ठाउँसम्म पुग्नु पर्ने बाध्यता रहेको भन्दै उनीहरूले अहिले जिल्लामै त्यो सुविधा पाउने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख डिसीले विद्यार्थीले पढ्दै गर्दा आफूसँगै देशका लागि केही गर्छु भन्ने अठोट लिनु पर्ने बताइन् । पढाइमा राम्रो गर्ने विद्यार्थीका लागि स्वदेशमै अवसर रहेको भन्दै सिपसहितको शिक्षा आवश्यक रहेको बताइन् । कार्यक्रममा सम्मानित छात्र घिमिरेले आफ्नो अनुभव बाँडेका थिए ।

परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्दै सफल भएको भन्दै उनले विद्यार्थीलाई अध्ययनमा ध्यान दिन आग्रह गरेका थिए । उनले विद्यार्थीलाई पढाइमा राम्रो गर्न मोबाइल र समाजिक सञ्जालको प्रयोग कम गर्न आग्रह गर्दै प्रयोग गर्नै पर्ने अवस्था आए शिक्षासँग सम्बन्धित सामग्री खोजी गर्न लगाउनु पर्ने कुरामा जोड दिएका थिए । घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष भानसिंह बुढा, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, शिक्षा महाशाखाका निमित्त प्रमुख नारायणप्रसाद पौडेल, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका प्रधानाध्यापक मानसिङ बुढाको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक एचम पाण्डेले गरेका थिए ।