Goraksha

National Daily

विकृति र विसंगतिकाविरुद्द कलम चलाउनुपर्छ’

गोरक्ष समाचारता

दाङ, १६ भदौ । विकृति र विसंगतिका विरुद्ध कलम चलाउनु पर्ने सहभागीले बताएका थिए । नेपाल प्रेस युनियन दाङ शाखाको महिला विभागले आयोजना गरेको तिज मिलन कार्यक्रका सहभागीले यस्तो बताएका हुन् । सिद्धार्थ बैंक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा तिज मिलन कार्यक्रमसँगै संस्कृति संरक्षणमा सरोकारवालाको भूमिका तथा वित्तीय साक्षरता पनि भएको थियो ।

महिला विभागका सह संयोजक उमा भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवम् नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले तिज पर्व महिला दिदीबहिनीले दर्दलाई खुसीमा परिणत गर्ने पर्व रहेको बताए । कुनै पनि संस्कार बिनाको जिन्दगी नहुँने बताउँदै तिज सहित हिन्दुहरूले मनाउने हरेक पर्वले समाजलाई सुसूचित बनाउने काम गरेको बउनले बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमले महिलाहरूले पुरुषलाई बेवास्ता गरेर कुनै काम नगरेको बताइन् । पछिल्लो समय तिज भड्किलो भयो भन्ने कुरा आइरहेको प्रति उनले दुःख व्यक्त गरिन् । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष जनक खराल, चेम्वर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीलगायतले संस्कृति संरक्षको पक्षमा पत्रकारहरूलाई कलम चलाउँदै आग्रह गर्दै विकृतिलाई प्राथमिकता दिन नहुने बताए ।

कार्यक्रममा अधिकारकर्मीहरू शुशिल बस्नेत, अधिकारकर्मी शुष्मा गिरी, देवा डाँगी, रासस दाङ प्रमुख नारायणी रजौरे अक्षयकोषदाता तथा अधिकारकर्मी यमुना शाह, नेपाली कांग्रेसकी नेतृत्व देवका नेपाली, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य शान्ता पाण्डे, पवित्रा धिताल, पत्रकार शरद रेग्मी, प्रेम राम्जा, हेमन्त प्रकाश वलीलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुरका शाखा प्रवन्धक किरण आचार्यले बैंक, वित्तीय संस्थाको बारेमा जानकारी गराएका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन सुशीला वलीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण जयन्ती चौधरीले गरेकी थिइन् ।