तुलसीपुर, १५ भदौ । तुलसीपुरमा रहेको ग्रेट अरनिको इंग्लिस सेकेण्डरी स्कूलले कक्षा ११ का विद्यार्थीहरूको स्वागत र सम्मान गरेको छ ।
विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद देवकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि संयोजक रावतले शिक्षालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । उनले पढेको कुरा व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमात्रै सफलता मिल्ने भएकाले त्यसतर्फ ध्यानदिन आग्रह गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका–१८ का वडा अध्यक्ष माधव ओलीले विद्यार्थीको शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख सलाहकार विष्णुप्रसाद आचार्य र विद्यालयका संस्थापक अध्यक्ष महेशप्रसाद आचार्य बोलेका थिए । कार्यक्रममा एक हजार जना विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीहरूले गीत, कविता, गजल, मुक्तक, र नृत्य प्रस्तुत गरेर आफ्नो प्रतिभा देखाएका हुन् । राष्ट्रिय लोक दोहोरी गायक शक्ति चन्द लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए ।
शिक्षक कमल डाँगीले गीतमार्फत विद्यार्थीलाई पठन पाठनमा जोड दिन सुझाव दिए । भाइस प्रिन्सिपल कमलप्रकाश शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक नारायण भट्टराईले गरेका थिए ।