युवराज शर्मा
नेपाल सानो मुलुक भए पनि तीन तहका सरकार छन् । त्यहाँ भएका जनप्रतिनिधिहरुमध्ये आधिकांश व्यक्ति निजी स्वार्थमा छन् । उनीहरुमा दलीय सिद्धन्त र भावना हुँदैन । धेरैजसो व्यक्ति मा आर्थिक लाभ हुने काममा महत्व दिएको पाउँछौँ । नागरिकले अनुभूति गर्ने काम गर्दैनन् । भनिन्छ– विकास बजेटको अभावमा विकासका काम गर्न सकिएन ।
सांसदहरु चाहे प्रदेशका होउन्, चाहे सङ्घीय सभाका सांसदहरु होउन्, उनीहरुमा नागरिकप्रति मम ता भएको पाइन्न । त्यस्ता सांसदहरु पनि छन्, जसले कागजमा लेखेको लेख्य भाषा पनि शुद्ध बोल्न सक्दैनन्, त्यस्ता सांसदहरु प्रायः दलगत रुपमा आएका समावेशी टिके सांसदहरुको बाहुल्यता छ । सांसदहरुमध्येबाट प्रधानमन्त्री छान्ने चलन संविधानमा व्यवस्था छ । जनताको प्रधानमन्त्री नभएर सांसदहरुको प्रधानमन्त्री जनताले मान्छन् । प्रधानमन्त्रीले जनताको भलो हुने कामभन्दा सांसदहरुको भलो हुने काम र आफ्नो दलीय झोले, चम्चे र हनुमानहरुको काममा दत्तचित्त भएको देखिन्छ । यसले के देखाउँछ भने जनताका लागि कौवालाई बेल पाके सरह विकास भएको छ ।
नेपालमा सहरभन्दा गाउँहरु धेरै छन् । गाउँको विकासका लागि स्थानीय सरकारको संरचनाहरु भएका छन् । त्यहाँ प्रतिपक्ष र सत्तापइा हुँदैन । स्थानीय तहको सरकार स्वतन्त्र छ तर समय–समयमा सङ्घीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरुबाट दमन हुने गर्छ । यस्ता कार्यले सङ्घीय सरकार तानाशाही प्रवृतिमा छ भन्न सकिन्छ । भनिन्छ–नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । २०७२ साल आश्विन ३ गते प्रकाशित नेपाल अधिराज्यको संविधानले देखाएको छ तर दलका नेतृत्व प्रमुखको तानाशाही, नोकरशाही, दमनकारी प्रवृतिहरुलाई हेर्दा लोकतान्त्रात्मक वातावरण बन्न सकेको छैन ।
यसको दोष दलको हो । जनताको होइन । जनतालाई विकासे बजेटको खर्च पनि कमिशनले गर्दा दिगो कार्य बन्न सकेको छैन । देशको लागि विकासको मेरुदण्ड सडकको विस्तार स्तरोन्नती र सुधारलाई महत्व दिएको पाइन्न । सहरबजारभित्र केन्द्रित छन् । जबकी गाउँ केन्द्रित बन्नु पर्दथ्यो । अहिले नेपालमा भ्रष्टाचार बढेको छ । भ्रष्टाचारको वृद्धि गर्नेहरु नै दलगतका नेता छन् । जनताले भ्रष्टाचार बढाएका छैनन् । उनीहरुका लागि सरकार एउटा धन कमाउने माध्यम भएको छ । जो जस्तो देशमा परिवर्तन भयो, भने जनताका लागि कौवालाई बेल पाके सरह भएको छ ।
नेपालीहरुको जीवनस्तर गाउँले प्रवृतिको छ । चाहे त्यो सहरमा घर बनाएर बसोबास वा बजार क्षेत्रमा घर बनाएको होस्, त्यसको बंशजहरु गाउँबाट सहरबजार आएर बसेका हुन् । उनीहरुमा सहरबजार बसेपछि विश्वासघात, घृणा, तिरस्कार, लालचीपन र स्वार्थी भावना दिमागमा हुन्छ । यो सबै मनोवैज्ञानिक आधारबाट विज्ञहरुले अध्ययन गरेका विषयहरु हुन् । यसबाट स्पष्ट हुन्छ कि मान्छेले धन कमाउने वा नवधनाख्य भयो भने उसमा घमण्डीपन बढ्छ । त्यस्तै दलको अगुवा नेताले उचाल्यो भने मान्छेमा उन्मात चढ्छ । अझ भनौ भने दलको झोले, चम्चे र हनुमानहरुमध्ये कुनैले स्थानमान पायो, उसमा उतसाह हुँदैन त्यसमा उन्मात चढ्छ । जनतालाई गाली गलौज गनए पछि पर्दैनन् । त्यस्ता व्यक्तिहरु प्रायः पालिकाहरुमा वडा अध्यक्ष धेरै छन् । वडा अध्यक्षदेखि सांसदहरुसम्म उन्मात बढेको चढेको पाउँछौ तर जनतालाई भने कौवालाई बेल पाके सरह भएको छ ।
नेपालको राज्य व्यवस्था स्थानीय तह, प्रदेश र सङ्घीय सर।कार भए पनि नागरिकका बालबालिका लागि शिक्षा हासिल गर्नु दिवास्वप्न भएको छ । हुनेखाने र गरिखाने वर्गका लागि शिक्षण संस्थाहरु सामुदायिक र संस्थागत छन् । तर यिनीहरुको सञ्चालन, व्यवस्थापन र नीति नियमहरु सङ्घीय सरकारले बनाउन सकेको छैन । २०२८ सालमा बनेको शिक्षा ऐन परिमार्जन गरेर शिक्षा ऐन निर्माण गर्न नसक्ने सरकारले शिक्षालाई भिक्षामा सीमित बनाएको छ । यसले के देखाउ छ भने नेपालको शिक्षाले कक्षा १२ पास गरेपछि पढ्ने युवाहरुले धन कमाउन विदेशीनु पर्छ भन्ने विकास गरेको छ ।
यसमा सांसदहरुमध्ये सत्तापक्षमा रमइरहेका छन् । उनीहरु भन्छन्–धेरै युवा विदेशीएपछि रेमिटेन्स बढ्छ । सत्तामा बसेर भ्रष्टाचार बढाउन सकिन्छ । युवावर्गको अभावमा विरोधी कार्य हुँदैनन् । हामीहरुलाई सत्तामा रमाउन सजिलो हुन्छ । यस्तो भन्ने सांसदहरुले युवाको भलो हुने कार्य गर्दैनन् । युवालाई धन कमाउने धन्धामा विदेहमा भुल्न प्रेरणा दिन्छन् । यसैमा तिमीहरुको भलो छ पनि भन्छन् । धन पैसा घरमा भित्रिएको देख्दा युवाका बाबुआमा भाइबन्धु पनि प्रशन्न हुन्छन् । उमेर पुगेका छोराछोरीलाई विदेश पठाइदिन सांसदसँग आग्रह पनि गर्छन् ।
मानव समाजमा के देखिन्छ भने स्वार्थमा रायज्य चलेको पाइन्छ । यसले के देखाउँछ भने नागरिकलाई बेल पाके सरह भयो । वर्गीयहित भन्दा स्वार्थनीतिमा कार्य हुन्छ भन्ने सन्देशहरु भएका छन् । नेपालको विकास नहुनु भूपरिवेगिडत देश भएर मात्र होइन । विश्वमा भूपरिवेष्डिठत देश धेरै छन् तर उनीहरु धेरै विकसित छन् । दुई धनी देशहरु बिचमा भएको नेपाल किन धेरै गरिबीको रेखामुनी छ ? यो प्रश्नको उत्तर नै राजनीतिक नेताको दुरदृष्टि नुहनु, राष्ट्रियता कमजोर बन्नु र स्वार्थी भावना बढ्नु नै हो भन्न सकिन्छ, भन्छन् बुद्धिजिवीहरु ।
विशवमा सफल लोकतान्त्रिक देश बेलायत हो । देशको प्रणाली, व्यवस्थापन र नीति नियमहरु अद्यापी निरन्तर छन् । त्यहाँको संसदमा चर्चिलले भनेका थिए–म सँग दिने छैन, केवल रगत, पसिना, आँसु र परिश्रम मात्र छ । उनले त्यसलाई व्यवहारमा उतारेर आजसम्म बेलायतले उनलाई राजनेताका रुपमा जनताले धेरै सम्झन्छन् । नेपाल पनि बेलायतभन्दा सानो छ । सुन्दर र शान्त छ तर राजेनेताको अभाव छ । कुनै पनि राजनेता बन्न सकेनन् । भ्रष्टाचार आरोप लागेका धेरै छन् । आफूहरु सत्तामा भएकोले उनीहरुलाई केही नहुने भएको छ । सत्तामा असक्षमहरुको बाुहल्यता छ ।
राज्य नागरिक पूर्ण जीवन बाच्न समस्यामा छन् । आत्महत्याले देश बरबाद नागरिकले कौवालाई बेल पाक्यो भन्ने कथामा भएको मान्छन् । वास्तवमा, राज्यमा परिवर्तन भए पनि नागरिक अवस्थामा कुनै परिवर्तन भएको पाइन्न । उनीहरुलाई कौवालाई बेल पाके सरह भएको छ तर देशमा बेल पाके सरह नागरिक दिनचर्या बितिरहेको छ ।