दाङ,१२ बैशाख । रोटरी क्लब अफ दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाच थान पिपिई र २ वटा थर्मल गन सहयोग गरेको छ । क्लब शुक्रबार अस्पताल पुगेर पिपिई र थर्मल गन हस्तान्तरण गरेको हो ।
क्लबका महासचिब प्रदिप मजँगैयाले प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी, अस्पताल निर्देशक डा. सागर पन्थीलाई सयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
उपकुलपति भण्डारीले अस्पतालको इमरजेन्सीका चिकित्सकलार्इ पाँच थान पिपिर्इ आबश्यक्ता अनुसार प्रयोग गर्ने गरि प्रदान गरेकी छिन । सहयोग गरेकोमा उपकुलपति भण्डारीले रोटरी क्लबलार्इ धन्यवाद दिएकी थिइन ।