मलेसियाको राजधानी क्वालालम्पुरमा दाहाललाई अवार्ड

दाङ,९ भदौ । डिएन असाधारण अन्तर्राष्ट्रिय अवार्ड–२०२४ संगीतकार राजेन्द्र दाहालले प्राप्त गरेका छन् ।

धुन नेपालको आयोजनामा आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अवार्ड वितरण समारोहमा कार्यक्रममा डिएन असाधारण अन्तर्राष्ट्रिय पुरस्कार–२०२४ बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दाङ शाखा अध्यक्ष समेत रहेका दाहाल सम्मानित भएका हुन ।

दाङको घोराही उपमहानगरपालिका–१२ हापुर निवासी दाहाल लामो समयदेखि लोक गीत संगीतका क्षेत्रमा संक्रिय रहेका छन् । उनी नेपालको तर्फबाट सम्मानित भएका हुन ।