बहुदलीय व्यवस्था र सैनिक शासन

सुभाष न्यौपाने
तन्त्रमा सुगन्ध भन्छन् बहुदलीय प्रजातन्त्र ।
निरकुंसतामा पनि निरकुंस हुन्छ सैनिक शासन ।।
राष्ट्रको रक्षा गर्दै राष्ट्रियता जोगाउन ।
गरिएको संगठन हो त्यो हैन शासन चलाउन ।।
बहुदलको प्रतिस्पर्धा हुनुपथ्र्यो स्वस्थ रुपले ।
त्यही नभएर व्यवस्था बन्दैछ कुरुप रे ।।
प्रभु पनि त्यसैमा बक्र दृष्टि लगाउँछन् ।
सिपाही उकासेर शासन गर्न लगाउँछन् ।।

राजनैतिक शासन व्यवस्थामा सुवर्ण व्यवस्थाको रुपमा परिचित बहुदलीय व्यवस्था राजनैतिक दलले अड्याउन नसक्ने हो भने त्यही पद्धति सैनिक शासनको रुपमा परिणत हुनसक्छ । सेना हरेक देशको रक्षक र राष्ट्रियताको संरक्षक हो, यसमा कसैले पनि प्रश्न गर्ने र औंला ठड्याउने ठाउँ छैन । यदि राज्यका हरेक शासन पद्धतिमा सरकारले सेनासँग हारगुहार ग¥यो र सहयोगको याचना गर्दै अघि बढ्न खोज्यो भने सैनिक कमाण्डरहरु शासन पद्धतितिर आकर्षण बढाउँछन् भने शासन पद्धतितिर अगाडि बढ्न थाल्छन् ।

सैनिक शासन जति नै जनपक्षीयभए पनि सैन्य स्वभाव स्वभाविकै आउँछ । त्यसमा केही सैन्य शासकहरु आफूलाई तानाशाहको रुपमा प्रस्तुत गर्न पनि चाहन्छन् किनभने उनीहरु एउटा सिंगो शक्ति कै नेतृत्वकर्ता हुन् । बहुदलीय व्यवस्थाका निमित्त आन्दोलन र नेतृत्व गरेका शक्तिहरुले सेनालाई राज्यसत्ता बुझाउने खालको हरकत गर्छन् र बुझाउँछन् भने त्यो मुलुक र जनताको लागि दुर्भाग्य हो । बंगलादेशको सैनिकको घटनाले छिमेकी देशका सेना पनि उत्साहित भइहाल्छन् भन्ने पनि छैन भने राष्ट्रको पहिलो शक्ति बहुदलीय प्रजातन्त्रको नाममा जनतामाथि भएको थिचो, मिचो र अत्याचारको मुकदर्शक मात्रै बनेर बस्छ भन्ने सोच्नु पनि मुर्खता हो ।

सेनामा कमाण्डरहरु प्रत्यक्ष राजनीतिमा संलग्न नभए पनि उनीहरुले राजनीतिका धेरै पाठ पढिसकेका छन् । त्यसैले राजनति गर्ने जुनसुकै दल होस् वा नेता होस् हरेक विषयमा सैन्य सुझाव र सल्लाहमा सैन्य कमाण्डहरुलाई गुहार्न हुँदैन, जसको कारण उनीहरुको राजनीतिमा प्रत्यक्ष महत्व बढ्दै जान्छ । १९७१ मा पाकिस्तानबाट छुटिएर बनेको बंगलादेश महा शेख हसिना लगातार पाँच पटक प्रधानमन्त्री बनेकी थिइन् । जुन सत्ता सहिदकै साहदतको कारण प्राप्त भएको होरे ।

बंगलादेशका राष्ट्रपिता शेख मुजिवुर रहमानको छोरी हुन् । बंगलादेशका जनताले शेख हसिनालाई विश्वास गरेरै पाँच पटकसम्म प्रधानमन्त्री बनाएका थिए । त्यो कुरालाई जनताले भन्छन् हसिनाले वास्ता नगरेर मनपरि ढंगले अगाडि बढ्न खोजेको आरोप लागेको छ । सैनिक कुम मारिएका शेख मुजिकर रहमानकी छोरी शेख हसिनाको शासनकाल सेनाकै कारण बहुदलीय पद्धति अनुसार सत्तामा पुगेकी शेख हसिको शासन सत्ता पनि सेनाकै तागतले अपदस्त गरेको बुझिन्छ ।

तत्रो जनविश्वास प्राप्त गरेकी हसिना आसेपासेहरु र आफ्ना भरौटेहरुको सुख, सुविधातर्फ मात्र केन्द्रित रहे । राज्यले सहिद परिवारका नाममा प्रदान गरेको कोटाको दुरुपयोग भएको छ भनेर युवाहरु विरोत्रमा आए, करिब तीनसय नागरिकको ज्यान पनि गयो भने भारी मतको अन्तरले विजयी हसिनाको सत्ता पनि गयो । उनी युरोपको फिनल्याण्ड जानेगरी भारतको प्रयासमा गइन् । सन् १९४७ मा भारत स्वतन्त्र भएसँगै भारतबाट अलग भएको पूर्व पाकिस्तानबाट अलग भएर बंगलादेशको अस्तित्वमा आएको हो । सन् १९७५ मा सैनिक कुमा परेको बंगलादेश ुनः सैन्य कब्जाबाट सन् १९९० मा मुक्त हुन पुग्यो । त्योभन्दा पहिले परवारमा रहेकी हसिना सन् १९८१ मा स्वदेश फर्किइन् ।

१०८६ मा बंगलादेशमा सेनाले निर्वाचन गरायो शेख हसिनाले पराजय भोगिन्, त्यसपछि १९९६ को आम निर्वाचनमा हसिनाले भारी मतले निर्वाचित भइन् भने क्रमशः सन् २००१ मा पनि भारी मतका साथ विजयी भइन् भने नागरिकको उनीप्रतिको विश्वास पनि बढेर गयो त्यस्तै सन् २००९ को निर्वाचनमा पनि उनी भारी मतले निर्वाचित भएर सरकार चलाउने अवसर प्राप्त गरिन्, त्यतिन्जेलसम्म सायद उनी जनताप्रति इमान्दार नै थिइन् होला । सन् २०१४ को निर्वाचनमा पनि प्रधानमन्त्रीमा निर्वाचित भइन्, त्यसपछि सायद उनको मति भ्रम भएको हुनसक्छ ।

सन् चौधको निर्वाचनबाट शासन सत्तामा पुगेपछि सायद उनको मति भ्रम भएर गएको हुनसक्छ । त्यसपछि उनी सहिदको कोटामा सहिदको नाममा राज्यले दिएको आरक्षण आफ्ना आसेपासे र कार्यकर्ताहरुको नाममा गरेको भ्रष्टाचार र ज्यादतिल आफ्नो कद घटाएको र आफ्नो पोल खुलेको भन्नेबारे थाहा पाएनन् कि वास्ता गरेनन् त्यो चाही एकीन भएन तर नागरिक वृत्तमा न्याय दिने आशाका साथ सरकार गठन गरेर नेतृत्व गरेको हसिना सन् २०१८ पश्चात अलि कुर बन्दै गएकोघटनाले बताउँछ । उनी आफ्ना आसेपासे माझ मात्र खुल्े र भुल्ने गरेको आरोप लाग्दा लाग्दै पनि सन् २०२४ को लागि पनि बंगलादेशी जनताले उनलाई प्रत्रानमन्त्री बनाए तर त्यो विडम्बना बन्न पुग्यो । सन् २४ को आम निर्वाचनमा शेख हसिनाको पार्टी अवामीलीग र गठबन्धन पक्षले सदनको तीनसय सिट संख्यामा दुई सय त्याइस स्थानमा विजय हासिल गरेको थियो भने शेख हसिना प्रधानमन्त्री बन्न पुगेको थिइन् । त्यो निर्वाचन त्यो हवस्था नै बंगलादेशको बहुदलीय शासन पद्धतिमा विडम्बना पूर्ण रह्यो, किनधने त्यसरी आन्दोलन र परिवर्तनको त्यागमार्फत् जनताको विश्वासको प्रतिनिधको रुपमा बंगलादेशमा स्थापित हुन लागेको बेलामा सहिद परिवारको सदस्य समेत रहेकी शेख हसिनाके पछिल्लो शासन काल विडम्बना पूर्ण रह्यो ।

अर्थात् जसरी सेनाको हातको शासन सत्ता बहुदलीय प्रजातान्त्रिक व्यवस्थाले ल्याएको थियो । त्यसैगरी फेरि सैन्य शक्तिले उनकै हातबाट शासन शक्ति हत्याउन सफ भयो, अर्थात् सन् ७५ बाट सुरु भएको क्रान्ति जसरी सन् १९९६ मा अवामीलीगको शेख हसिनाले नै हत्याउन सेनाको हातबाटै सफल भएको थिइन् त्यसैगरी सन् २०२४ मा आएर शेख हसिनाकै हातबाट सेनाले शासन सत्ता खोस्न सफल भयो । हसिनाको भागाभाग भयो, केही समय दिल्लीमा शरण लिएर अहिले युरोपको फिनलेउमा शरणलिन पुगेकी छिन् रे । त्यस्तो अवस्था नेपालमा पनि नआओस् भन्ने चाहना नेपाली जनताले राख्छन् ।

बंगलादेशमा घटेको शेख हसिना प्रकरणलाई कति आफूलाई सर्वाङ्ग विज्ञ भन्नेहरुले भूम.डलीय दाउपेच पनि भन्ने गरेका छन् । महोदय भाइ फुटे गवाँर लुटे भन्ने थाहा छैन ? जहाँ घरभित्र कलह र द्वन्द्वले आक्रान्त पार्छ त्यहाँ छिमेकी र इष्टमित्र लगाय ओरपर सबै तिरकाहरु सर्त सहितका आफन्त बन्न आइपुग्छन् । सायद बंगलादेशमा पनि त्यस्तै भयो होला । सम्वाद भए सहमति हुन्छ र हुनुपर्छ, वागेृनिङ भएर किनमेल हुन्छ भन्ने एउटा सास्वात मान्यता सबैतिर लागु हुन्छ । सम्वाद भएर सहमति हुँदैन भने पनि अर्थ छैन, तकले कुरा काट्न त बहस गर्नुपर्छ, वार्गेनिङ गरेर गरेर किनमेल भएन भने पनि अर्थ छैन, सायद बंगलादेशमा त्यस्ते अवस्था आएको हुनसक्छ ।

नेपालमा पनि राजनैतिक दलहरु राजनीतिको कोर्षमा असम्भव पाठहरु भन्ने कुरुा बिर्सीहाल । हामीले पनि आन्दोलन र क्रान्तिबाट मुलुकमा बहुदलीय व्यवस्था स्थापना गरेका हौँ, जसको जगमा गणतन्त्र लोकतन्त्रसम्म आइपुग्यौँ, त्यसैलाई आफू त निर्वीकल्प भन्न खोज्यौ र अलि मातमा मातिन थाल्यौ भने थाहा छनि त्यो सत्ता जनताले तिम्रो हातबाट खोसेर फेरि जसको हातबाट खोेिर तिम्रो हातमा राखि दिएका थिए उनैलाई फिर्ता दिन सक्छन्, चाहे राजाले राजाले कब्जा गरे मन चाहे सेनाले कु ग¥यो भने । बंगलादेश कै जस्तो घटना घट्यो भने तिमीहरुले पनि भनौला हामीलाई भारतले यसो ग¥यो ।

अमेरिकाले उसो ग¥यो भनेर तर तिम्रा ती कुनै प्रतिक्रियाहरु तर्क पूर्ण मानिने छैनन् । त्यसैले देश जोगाएर तिमीहरु जोगिन खोज्यौ भने जनताले तिमीहरुलाई जोगाउलान् हैन देश भाँडमा जाए भनेर भागेर आफ्नो मात्र ज्यान र धन जोगाउन थाल्यौ भने जनताले न त तिमीहरुको ज्यान सुरक्षित रहन देलान् न त त्यो धन तिमीहरुको पोको पलाए, तिमीहरुलाई त नास्पातिको बोटमा स्याउ फलाएर चाउचेस्को बनाउन सक्छन् । अब भन तिमीहरु कलाई दोष लगाउँछो । नेपालका राजनेतिक दलका नेताहरु पनि भोलि शेख हसिनाकै घटनामा परे भने यिनीहरुले पनि भूमण्डलीय दाउपेच भन्न कत्ति पनि पछि पर्ने छैनन् । त्यसपछि दोष कसलाई लगाउने भन्ने कुरामा चाही यिनी दुविधामा रहनेछन् ।

किनभने यिनीहरुका आरध्य देव भनौ या प्रभु भनौ तिनीहरु त बाहिरकै हुन् नेपाली जनता त यिनीहरुका रैति हुन् । उपाय नलागेपछि यिनले दोष नेपाली जनतालाई लगाउँछन् । किनभने नेपाली जनताको विरोध र आन्दोलनले नै आज हामी हाम्रो देशको शासन सत्ताबाट बाहिरिनु प¥यो । अनि भाग्नु प¥यो । तिमीहरुलाई थाहा छ ? सन् नब्बेको दशकमा बहुदलीय व्यवस्था लागु भएसँग सैनिक शासन सत्ता उनीहरुकै निगरानीमा थियो जसको कारण कुनै रंग र रुप नबदली कुनै सेनाले आन्दोलन र सत्ता आफ्नो नियन्त्रणमा लिन सक्यो । अहिलेसम्म पनि बंगलादेशको सेनाले आफ्नो अनुकुलको व्यक्तिलाई राष्ट्र प्रमुख बनाएर सैनिक शासनको घोषणा भने गरेका छैनन् ।

जसको कारण त्यस देशमा क्रियाशील बाम, प्रजातान्त्रिक सबै राजनैतिक दलहरुमा नैतिक प्रभाव पारेको छ । विशेषगरी कम्युनिष्ट पार्टीको शासन सत्ताको शैली झ्वाट्ट हेर्दा सैन्य शासन पद्धति जस्तो देखिए पनि सैन्य शासन व्यवस्था कम्युनिष्ट शासन पद्धतिभन्दा केही खुकुलो र प्रजातान्त्रिक हुनसक्छ भने कम्युनिष्ट शासन पद्धति भनेर क्रुर र बढी अघि नायकवादी हुने भएकोले पनि विश्व राजनीतिमा कम्युनिष्ट शासन पद्धति नै सैनिक शासनभन्दा बढी क्रुर र अत्याचारी हुने भएकोले पनि ती देशका नागरिक कम्ुनिष्ट शासन पद्धतिभन्दा सैन्य शासन पद्धतिलाई नै रोज्न चाहन्छन् ।

कम्युनिष्ट शासन पद्धतिभन्दा सैन्य शासन पद्धति नै अलि उदार हुने भएकोले पनि नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले बंगलादेशको घटनालाई भूमण्डलीय दाउपेच पनि भन्ने गरिरहेका छन् । प्रतिस्पर्धामा सक्नेले कसलाई पछारेको छैन र ? आफूले जनताले दिएको विश्वासलाई इमान्दारितामा बदल्न नसक्ने शासन सत्तामा पुगेपछि आफूलाई सर्वसर्वा ठान्ने अनि फलनाले यसो ग¥यो र उसो ग¥यो भनेर आरोप लगाउन पाइन्छ ? तिमीहरुले राम्रो काम गर्दा गर्दै विदेशीले आफ्नो स्वार्थ सिद्ध हुन पाएन भनेर तिमीहरुको शासन सत्तामाथि बक्रदृष्टि लगाउँथे । भने जनता स्वयम् ती विदेीहरुको विरुद्धमा सडकमा आउँथे, तर तिमीहरुको गतिमति देखेर पनि जनताले बल्ल खायौ खुच्चिङ भन्ने अवस्था आइसकेको छ ।

तिमीहरुले जनताबाट समर्थन र सहयोग प्राप्त गर्ने आशा नगर । बंगलादेशमा पनि त्यस्तै भएको हो । जनताले दिएो साथ समर्थन र विश्वासको मतलाई शेख हसिनाले अब मूल्याङ्कन गरेर आफूलाई नै जनताको मतको आधारमा सर्वोपरि बनाउन खोजेकोले पनि शासन सत्ता कुमा परेको हो । कुनै पनि मुलुकको आवधिक निर्वाचनबाट शासन सत्तँ परिवर्तन स्वधाविक माननीय पनि त्यसपछि बिच बिचमा हुने र फेरिने गठबन्धन सुशासनका सूचक हैनन् । त्यसैले नेपाल पनि बंगलादेशको शैली र ढाँचामा जान सक्दैन र हुँदैन भने चाही नसोचे हुन्छ ।

त्यसैले नेपाली शासकहरु सच्च्नि सक्छौ या सक्दैनौ । तिमीहरु भागिहाल । तिमीहरुले पनि बंगलादेश फेरि भोग्नै पर्छ, शेख हसिना कन्नै पर्छ । हैन यदि हसिना बन्न इन्कार गरेउ भने तिमीहरु निकोलाई चाउचेस्को बन्नु पर्ने हुन्छ । हामीले नेपाललाई रुमानीयाा बन्न भने दिने छैनौँ । तिमीहरुलाई के उपयुक्त लाग्छ यी दुईमध्ये एक रोज्नलाई अब सोच्ने बेला आयो तर सोच्ने समय सकिसक्यो । आफै विचार गर । घटना पढ्दै र केलाउँदै जाँदा ओली वा नेतृत्वकै सरकार नै अपदस्तमा पर्ने बढी समवना बढ्दे गएको देखिन्छ । त्यसपछिको सरकारको रुप र आकार बारे पनि यिनीहरुलाई कुनै शंकाको समेत आधार उपलब्ध हुन सकेको छैन । त्यसपछि म प्रधानमन्त्री बन्ने भनेर शेरबहादुर पन्ध्रौँ महाधिवेशनका तानावाना बुन्दै छन् ।