देउखुरी,५ भदौ। लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले प्रदेशबासीलाई बिकासको प्रत्याभुत हुने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन ।
मन्त्रालयको बार्षिक समीक्षा कार्यक्रममा मन्त्री न्यौपानेले आम नागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुने गरि काम गर्न निर्देशन दिएका हुन । कार्यक्रममा सहभागी मन्त्रालय मातहतका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई प्रदेशमा उद्योग संचालनको उचित वातावरण निर्माण गरिनु पर्ने र यसले समग्र प्रदेशको आर्थिक स्तरवृद्धि हुने भएकाले स्वरोजगारको बाटो पहिल्याउने गरि काम गर्न निर्देशन दिए ।
उद्योग कार्यालयमार्फत सीप बिकासका कार्यक्रमलाइ जोड दिइनु पर्ने भन्दै मन्त्री न्यौपानेले भने “सीप बिकासका कार्यक्रम संचालन गरेर नगारिकलाई स्वरोजगार बनाउन सकिन्छ, फलतः यस्ता कार्यक्रमलाइ जोड दिइनु पर्छ ।” सिपमुलक कार्यक्रमले नागरिकलाइ दक्षता प्रदान गर्ने र रोजगारको सृजना समेत गर्ने भन्दै मन्त्री न्यौपानेले नागरिकलाइ रोजगारमा जोड्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरे ।
नयाँ योजना र कार्यक्रम संचालनका लागि नियमित छलफल र संवाद अपरिहार्य रहने भन्दै मन्त्री न्यौपानेले नयाँ नया योजना वनाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । प्रदेशमा अहिले नया उद्योग खुल्ने भन्दा बन्द हुने संख्या बढ्दै जानु दुखद रहेको भन्दै मन्त्री न्यौपानेले उद्योगलाइ चलायमान कसरी बनाउन सकिन्छ भन्ने बिषयमा कार्ययोजना बनाइनु पर्ने बताए । कार्यक्रममा प्रदेशका उद्योग कार्यालयका प्रमुख हरुले कार्य प्रगती बिवरण प्रस्तुत गरेका थिए ।