गोरक्ष समाचारदाता
दाङ, ३ भदौ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको स्थापना दिवसको अवसर पारेर रक्तदान गरिएको छ । केन्द्रको ३१औँ स्थापना दिवसको अवसर पारेर आइतवार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रगतको अभावमा कसैले पनि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । यो अवसरमा अनिल अधिकारी, चतुरमान चौधरी, किराबराज शर्मा, गगन योगी, मनिश थापा मगर, जतमत चौधरी, दीपक खनाल, राजन परियार, विवेक चौधरी, समिर भण्डारी, प्रज्वल डिसी, खिमराज चौधरी, रमेश गौतम, समिर भुसाल, हिमाल गोराथोकी, तुलसीराम वली, छिता खड्का, चिजमाली थकाली, आकाश योगी, पवन योगी, रोशनी खनाल, अनु नेपाली, शीला पुरी, युवराज गौरी, निमा योगी, उर्मिला ओझा, किरण गौतम, शरद महतरा, प्रयुसनाथ योगी, भोला रिजाल, सम्भव बुढाथोकीले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताले नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । उनीहरूले महिलाले नेतृत्व गरेको संस्थाले समाज परिवर्तनमा सहयोग गरेको उनीहरूको भनाइ थियो । गैरसहकारी संस्थाहरूले राज्यलाई सहयोग गदै आएको सहभागीहरूको भनाइ थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले राज्यको आँखा नपुगेको स्थानमा संघसंस्थाले सहयोग गदै आएको बताइन् । राज्यसँग सहकार्य गरेर संघसंस्थाले सहयोग गदै आएको उनले बताइन् ।

सामाज विकासमा आफू सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उपप्रमुख डिसीले बताइन् । महिलालाई आर्थिक रूपमा सक्षम बनाउन केन्द्रले सहयोग गर्दै आएको समेत उनले बताइन् । पछिल्लो समय युवा बिदेसिने गरेको भन्दै बिदेसिनु युवालाई स्वदेशमा राख्ने वातावरण सिर्जना गर्नु पर्ने उनले बताइन् । यसका लागि सबैले आ–आफनो स्थानबाट सहयोग गर्न आग्रह गरिन् । नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले महिलालाई शिक्षामा प्राथमिकता दिनु पर्ने बताइन् । शिक्षाले मानिसलाई अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
सबैको सहयोगले नै केन्द्रलाई यससम्म पु¥याउन सकिएको उनले बताइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष वसुन्धरा गौतम, नेपाल प्रेस युनिका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्य, नेपाल जनजाति महासंघका केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला अध्यक्ष अनिता पोख्रेले, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्मला गौतम रेग्मी लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा केन्द्रले गर्दै आएका कार्यक्रम तथा परियोजनाबारे दिनेश सुवेदीले जानकारी गराएका थिए । केन्द्रका सचिव शिवा योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण परियोजना प्रमुख दीपा धितालले गरेकी थिइन् । स्थापना दिवसको अवसरमा १५ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको केन्द्रले जनाएको छ ।